सशस्त्र प्रहरीपनि घुसलेनदेनमा

-


     सुचनाको हक     
     वैशाख ३ गते २०८० मा प्रकाशित


सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुरा, रुपन्देहीका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनले सेवाग्राहीसँग टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रममा घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई सेवाग्राहीबाट रु. २०,०००।- (बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।११।२१ गते नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनले सेवाग्राहीसँग सडक निर्माण गर्ने क्रममा माटो ओसारपसार गर्दा सहजीकरण गरिदिने भनी घुस/रिसवत माग गरी रु.२०,०००।– लिएको पुष्टि हुन आएको हुँदा निज नगेन्द्र सेनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रु.२०,०००।–(बीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन,  २०५९ को दफा ३ को उपदफा (१) बमोजिम विगो बमोजिम जरिवाना सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय हुनसमेत मागदावी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।