नारायणी सिंचाई व्यवस्थापन डिभिजन पर्सा ब्लक नं. २ र १० को नहर निर्माण कार्यमा भ्रष्टाचार भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा Irrigation and Water Resources Management Program (IWRMP), Block No. 2, Hariharpur, Parsa, Canal Reshaping Work योजनामा नारायणी सिंचाई व्यवस्थापन डिभिजन नं. ५, बहुअरी, वीरगंज, पर्साले रु.५,६१,९५०।- उपभोक्ता संस्थालाई बद्नियत पूर्वक काम नै नभएको अवस्थामा पनि झुट्टा बिल बनाई गलत भुक्तानी दिई/लिई भ्रष्टाचारजन्य काम गरेको पुष्टि हुन आएकोले उक्त भ्रष्टाचार कसुरमा संलग्न देहाय बमोजिमका पदाधिकारीहरू र कर्मचारीहरूलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
xAEQbI