सुकुम्वासी वस्तिमा प्रभावकारी बन्दै पूर्वाधार विकास योजना

- दलित जनजाति र सुकुम्बासी बस्तीमा माओबादीको गुणगान

-


     सुचनाको हक     
     चैत्र १६ गते २०७८ मा प्रकाशित


सानो रकमले पनि जनताका साझा आवश्यकता पुरा गर्न सकिन्छ भन्ने यहाँको एक सुकुम्वासी वस्तीका वासिन्दा उदाहरणीय बनेका छन् ।
पोखरा महानगरपालिका वडा नं. १५ पट्नेरीस्थित सुकुम्वासी वस्ती बीचको बाटो ढलान गरेपछि सो क्षेत्रका वासिन्दाले यतिखेर केही हदसम्म भएपनि सुविधा सहित सुरक्षाको अनुभूति गरेका हुन ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना गण्डकी प्रदेशको तीन लाख रुपैया सहित साढे पाँच लाख रुपैयाको लागतमा नाला र सात मिटर चौढाईको ६० मिटर लम्वाई बाटो ढलान गरेको योजनाको स्थलगत अनुगममा पुग्नु भएका गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा समक्ष स्थानीय वसिन्दाले बताए ।
पूर्वाधार विकास योजना अन्तर्गतका २९ लाख रुपैया बराबरका बिभिन्न सातवटा योजनाको स्थलगत अनुगमन गर्दै उहाँले उपभोक्ताको सकृयतामा भएका विकास निर्माण तोकिएको समय र गुणस्तरीय हुने विश्वास व्यक्त गर्नुभयो ।
यस क्षेत्रमा खानेपानी, सडक निर्माणसंगै अन्य आवश्यकता परिपूर्तिका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उपसभामुख शर्माले भन्नुभयो त्यसका लागि स्थानीय वासिन्दाहरु संगठित भएर लाग्नु अपरिहार्य छ ।
प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास योजनाको आठ लाख रुपैयाबाट उक्त योजना सहित ढुङ्गेसाँघुचोक सडकमा कल्भर्ड र टुटुङगामा नाला निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष मुक्तिलाल गुरुङले जानकारी दिनुभयो ।
टुटुङगादेखि परोपकार महासंघको आश्रम हुँदै पटनेरीको वस्तिसम्म पुग्ने बाटो र ढल निर्माण नहुँदा प्रत्येक बर्षाको मौसममा वस्ती उच्च जोखिममा पर्दै गरेको बताउँदै उहाँले प्राकृतिक श्रोत भएर पनि कतिपय घरमा अहिलेसम्म खानेपानीको सुविधा पुग्न नसकेको गुनासो गर्नुभयो ।

फोटो हरि बास्तोला


भेलामा उपस्थित स्थानीय वासिन्दाले खुशी हुँदै भने जोखिमपूर्ण कच्चि भिरालो बाटो ढलान भएपछि आवतजावतमा सुविधा पुग्नुको साथै दुर्घटनामा समेत कमी आएको छ । हिजो पचास हजार को योजना पार्न पनि एमाले र माओबादी का नेताको दैला दैला मा लौन हजुर भन्दै गुहार्न जाने समय माओबादीले अन्त्य गरिदिएको स्थानीय हरु बताउछन संघियता नभएको भए यो बाटो ढलान हुने कल्पना पनि गर्न नसकिने कुराको जानकारी सहित आज माओबादीको कारण बिकाश को मूल फुटेको महिला सहभागिताको अवसर लागु भएको दलित जनजाति र सुकुम्बासिहरुको लागि त माओबादी भगवान नै बहेको चर्चा समेत् सुनिन थालेको छ ।

संघियता को मर्म नबुझ्ने कांग्रेश एमालेको कारण नागरिक लाइ केहि दुख पनि भएको छ कहिँ कतै संघियता को दुरुपयोग पनि भएको छ सोहि स्थानमा सुकुम्बासी बस्तीले बृद्दाश्रमले ओशोले र लामातराका आम नागरिकले खानेपानी मुहान थियो एमाले नेता कृष्ण थापाले केहिओ रकम बिनियोजन गरि हचुवाको भरमा त्यहा डोजर लगाइदा पानीको मुहान सुक्ने अबस्थामा पुगेको छ संघियता सहि व्यक्तिको हातमा रहेमा बिकाश पनि हुने र गलत व्यक्तिको हातमा परेमा अभिशाप पनि हुने रहेछ