सुचनाको हकका लागि राष्ट्रिय महासंघका ७ वटै प्रदेशमा प्रदेश समितिले पुर्णता पाई रहँदा बागमति प्रदेशसँग उपत्यका जोडिन सकेको थिएन । सँघिय राजधानी रहेको उपत्यका नजोडिदा महासँघले पुर्णता पाउन नसकेको महसुस गरी महासँघ केन्द्रीय समितिले उपत्यकालाई छुट्टै प्रदेश बनाउने निर्णय अनुसार सुचनाको हकका लागि राष्ट्रिय महासँघका अध्यक्ष उमीद बागचन्द र र केन्द्रीय उपाध्यक्ष दीपक आचार्यको उपस्थितिमा महासँघको उपत्यका प्रदेश समिति गठन भएको हो ।
पहिलो चरणमा चैत्र २८ गते पहिलो पटक बसेको भेलाबाट बैशाख ४ गते अर्को भेला गरि सुचनाको हकका लागि राष्ट्रिय महासंघ उपत्यका प्रदेश समिति गठन गर्ने निर्णय अनुसार आज भएको भेलाले ताराबहादुर भण्डारीको अध्यक्षतामा उपत्यका प्रदेश समिति गठन गरेको हो ।
विभिन्न क्षेत्र र पेशासँग सम्बद्ध व्यक्तिहरुको प्रतिनिधित्व हुने गरी गरिएको भेलाले महासचिवमा डाक्टर विजयप्रसाद मिश्र, उपाध्यक्षमा अर्जुन लिम्बु, र तारा चापागाई, कोषाध्यक्षमा रिता बुढाथोकी, र सचिवमा हेमन्त सेडाई र गोमा परियार चयन हुनु भएको छ ।
भने सदस्यहरुमा राजेन्द्र कोईराला, कर्णबहादुर नेपाली, मच्छेनारायण श्रेष्ठ, शिवराम लम्साल, नानीबाबु खरेल, विष्णु प्रसाई, दुर्गा आचार्य र पुनम डिसी रहँनु भएको छ ।
भेलामा उपाध्यक्ष दीपक आचार्य ले समितिको अबस्था काम कर्तब्य अधिकार र अहिले सम्म को सूचनाको अबस्था र ब्यबहारिक प्रयोग को बारेमा प्रकाश पार्नु भएको थियो भने अन्य उपस्थित हरुले जिज्ञासा राख्नुभएको थियो नब निर्बाचित समितिले शपथ ग्रहण पश्चात आगामी बैठक छिट्टै बस्ने गरि योजना बनाउने बताएको छ l सूचना माग अभियान लाइ तिब्रताका साथ् अगाडी बढाउने बिस्वास समितिले लिएको छ l