२०७९ साउन २० गते हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका यात्रुहरुको गतिविधि शंकास्पद देखिएकोले निजहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट (Welcome Gate) बाट प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रहरीले चेकजाँच गर्दा निजहरुकाे साथबाट सुनको बेरुवा औठी र iPhone हरु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारेको प्रहरीले बताएकाे छ ।
सल्यान जिल्ला कालिमाटी गा.पा.वडा नं. ३ का भुपेन्द्र घर्ती मगरको साथबाट आइफाेन सेभेन प्लस तीन थान र २५ ग्रामकाे सुनको बेरुवा औंठी एक थान, सिन्धुपाल्चोक ठुलोपाखर गा.पा.वडा नं. ८ का भिम बहादुर तामाङको साथबाट iPhone 8 Plus २ थान र आइफाेन सेभेन प्लस एक थान फेला पारेकाे थियाे ।
सुनको बेरुवा औठी (अन्दाजी तौल २५ ग्राम) एक थान र आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले बताएकाे छ ।
iPhone 8 Plus र आइफाेन सेभेन प्लसलाई बजारमा चाहिं डेट एक्स्पाएर फाेन सेटकाे रूपमा लिइन्छ । विदेशबाट आएका व्यक्तिहरूले आफन्तका लागि काेसेलीका रूपमा १/२ थान माेवाइल सेट ल्याएका पनि हुन सक्छन् ।
भंसारले विदेशबाट आउने व्यक्तिहरूले भन्सार डिक्लिएर गर्नुपर्ने विषयमा जानकारी नदिंदा, कति वर्ष विदेशमा बस्दा के कति सामानहरू भन्सार तिर्नेगरी र नतिर्नेगरी सुविधामा ल्याउन पाउछन् अनि भन्ने बारेमा स्पष्ट सूचना नदिंदा र जानकारी नगराउँदा पनि विदेशमा पसिना बगाएर स्वदेश फर्किदा प्रहरी र भन्सारले दुख दिने गरेकाे गुनासाे सुन्ने गरिन्छ ।