सुशासन त्यो शासकीय पद्धति हो जसले न्याय र शान्तिमा (Justice and Peace) आधारित शासकीय प्रणाली प्रतिवद्द सरकारको वकालत गर्दछ जसअनुरुप नागरिक अधिकार र स्वतन्त्रताको प्रवर्धन / रक्षा (Human Rights and Civil Liberties) सम्भब छ ।
राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ ।
सुशासनले राज्यका हरेक क्षेत्रमा दण्डहीनताको अन्त्य गर्दै कानुनी राज्यको वकालत, भ्रष्टाचारमा शुन्य सहनशीलता सहितको आर्थिक विकास, कानूनको पुर्णपालनाको सुनिश्चितता, जनमुखी एवं पारदर्शी सरकारको अपेक्षा गरेको हुन्छ ।
संयुक्त राष्ट्र संघका अनुसार सुशासनको मापन ८ वटा तत्वहरुद्वारा गरिन्छ : जनसहभागिता, विधिको शासन, पारदर्शिता, जवाफदेहिता, सहमति उन्मुख, समता र समावेशिता, कुशलता र प्रभावकारिता, र उत्तरदायित्व ।
सुशासनका मुख्य विशेषताहरु/प्रमुख तत्वहरु
सुशासनका मुख्य विशेषताहरु
१. जनसहभागिता (Participation) : नारी र पुरुष दुवैको सक्रिय सहभागिता सुशासनको आधारशिला हो । निर्णय प्रक्रियामा सबै जनताको आवाज सोझै अथवा बैधानिक माध्यम/ प्रतिनिधित्वद्वारा मुखरित हुनु पर्दछ । प्रतिनिधित्वपूर्ण लोकतन्त्रले मात्र सिमान्तकृत समुदायको चासो सम्बोधन गर्ने गरी निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित हुदैन । यसका लागि सहभागिता शिक्षित (Informed) र व्यवस्थित (Organized) हुनु पर्दछ । यसले एकातर्फ संगति एवं वाक स्वतन्त्रता (Freedom of Association and Expression) हुनु पर्ने तथ्य उजागर गर्दछ भने अर्को तर्फ व्यवस्थित नागरिक समाज (Organized Civil Society) हुनु पर्ने तथ्य वकालत गर्दछ ।
२. विधिको शासन (Rule of Law) :सुशासनमा कानूनी रुपरेखा/संरचना (fair legal frameworks) बिशेष गरी मानवाधिकार सम्वन्धि नीति नियमहरु स्पष्ट र भेदभावरहित रुपमा लागू हुनुपर्दछ । यसले मानवाधिकारको, बिशेष गरेर अल्पसंख्यकहरुको अधिकारको पूर्ण रक्षाको सुनिश्चितता गर्दछ ।
सुशासनका प्रमुख तत्त्वहरू
पारदर्शिता
कानूनको शासन
सहभागिता
जवाफदेहिता
उतरदायित्व
समानता
संयुक्त राष्ट्रसंघका अनुसार सुशासनका निम्नलिखित आठ विशेषताहरू रहेका छन् :
- विधिको शासन (rule of law)
- समता एवं समावेशी (equity and inclusiveness)
- सहभागिता (participation)
- अनुक्रियता (responsiveness)
- बहुमत (consensus oriented)
- प्रभावशीलता दक्षता (effectiveness and efficiency)
- पारदर्शिता (transparency)
- उत्तरदायित्व (accountability)
- निष्पक्ष आवधिक निर्वाचन(Fair Election )