सूचना मांगेपछि,  पहिलोपटक ” स्वत: प्रकाशन सार्वजनिक “

-


     सुचनाको हक     
     वैशाख १७ गते २०८१ मा प्रकाशित


सिरहाको नवराजपुर गाउँपालिकाले पहिलो पटक वेबसाईट मार्फत स्वत: प्रकाशन सार्वजनिक गरेको छ ।  सूचनाका अभियन्ता परशुराम साह लगायत का अभियन्ताहरुले स्वत: प्रकाशन संग सम्बन्धित सूचना र अन्य सूचना हरु मांग गरेपछि पालिकाले वेबसाईट मार्फत २०८० माघ,फागुन र चैत्र महिनाको स्वत: प्रकाशन सार्वजनिक गरेको हो ।    

   

मधेश प्रदेशमा अझ बिशेस गरि स्थानीय तहमा सूचना अधिकारी तोकाउन ,” सूचना मांग  अभियान ” नै  संचालन गरेका साह लगायतका अभियन्ताहरुले सूचनाको हक सम्बन्धि ऐन २०६४को दफा ६ बमोजिम सूचना अधिकारीको ब्यबस्था गर्न कार्यालयलाई झकझकाउने   र तोकिएका  सूचना अधिकारीको फ्लेक्स बोर्ड राख्न लगाउने अभियानमा  सफलता  प्राप्त             गरिसकेपछि केही दिन यता  स्वत: प्रकाशन गराउन  सार्वजनिक निकायमा दवाव सृजना गरेका छन् । स्वत: प्रकाशन संग सम्बन्धित सूचना मांग गर्न थालेपछि मधेश प्रदेशका सार्वजनिक निकाय स्वत: प्रकाशन गर्न बाध्य भएका हुन । यस अघि सिरहाका बिष्णुपुर गाउँपालिकाले स्वत: प्रकाशन वेबसाईट मार्फत सार्वजनिक गरेको कुरा अभियन्ता शाह बताउछन ।

सिरहाको जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय ,लहान, आन्तरिक राजस्व कार्यालय ,लहान , कृषि ज्ञान केन्द्र ,सिरहा ,प्रादेशिक अस्पताल ,सिरहा, भुमिगत जल सिंचाई डिभिजन कार्यालय,लहान , कोष तथा लेखा नियन्त्रण कार्यालय ,लहान , बन कार्यालय ,लहान , लगायतका कार्यालयले स्वत: प्रकाशन सार्वजनिक गरेका हुन ।  नागरिकले सूचना मांग नगरेपनि सार्वजनिक निकायले प्रत्येक ३/३ महिनामा नागरिकको जानकारीको लागी स्वत: सूचना सार्वजनिक गर्नुपर्ने कानूनी ब्यवस्था छ । सूचनाको हक सम्बन्धि ऐन,२०६४ र नियमावली २०६५ बमोजिम २० वटा शीर्षकमा आफ्नो निकायसँग सम्बन्धित बिबरण ३ महिना पूरा भएको १५ दिन भित्र सार्वजनिक गर्नुपर्ने कानूनी ब्यवस्था रहेको छ । पोखरा १७ का अभियन्ता रबि भण्डारीले जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयलाई अनुगमन गर्न दबाब सिर्जना गरेका छन् जिल्ला स्थित कार्यलयले स्वत प्रकाशन नगर्नुको कारण मात्र जिल्ला प्रशासन मौन बस्नु र हुलाकले अनुगमन कडाइका साथ् नगर्नुको समेत कारण रबि भण्डारी अन्जु आचार्य लगायतले खोजि गर्न शुरु गरेका छन्

नबराजपुर गाउँपालिकाका सूचना अधिकारि मुकेश कुमार यादवका अनुसार पालिकाले पहिलो पटक स्वत प्रकाशन गरेको कुरा स्वीकार गर्दै सिरहाका अभियन्ता परशुराम साह लगायतले सूचना माग गरेको र जिलाको बैठकमा समेत कुरा उठेको हुँदा पालिकाले स्वत प्रकाशन गरेको कुरा बताउनुहुन्छ

स्वत-प्रकासन-आ.व.-२०८०-८१-चैत-मसान्त-साम्म-final