मिति : २०७८।०९।१० गते साझ ७ बजे देखि बसेको आरटिआई संजालको केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ ।
बैठक मा केहि महत्वपूर्ण छलफलहरु भएका छन् ।
क) प्रदेशगत भेलाको आयोजना गर्ने (यसको लागि कार्ययोजना बनाएर अगाडी बढ्ने)
ख) अभियन्ताहरु अन्य विभिन्न संघ संस्था वा नेटवर्कहरुमा रहेको हुँदा विभिन्न नेटवर्क र संस्थाहरुसँगको सहकार्य र समन्वयमा स्थानिय तह, प्रदेश तह र केन्द्रिय तहमा सूचनाको हकको प्रबद्र्धन गर्ने गराउने ।
ग) रष्ट्यि सूचना आयोगले आयोजना गर्ने कार्यक्रममा अभियन्ताहरुलाई सक्रिय सहभागी गराउने र सूचनाको हकको प्रबद्र्धनमा उठेका सवालहरु निर्धक्क आयोग समक्ष राख्ने र आवश्यकताको आधारमा समन्वय र सहकार्य गरेर अगाडी बढ्ने ।
घ) संजालको कानुनी खाका तयार गरेर राष्ट्यि भेला मार्फत पारित गरि अगाडी बढ्ने ।
अजयकुमार साहन ले यो कुरा जानकारी गराउनुभएको छ उहाँ सूचनाको हकका लागि राष्ट्यि संजाल, नेपालको सदस्य सचिव (केन्द्रिय समिति) हुनुहुन्छ ।