छोटकरीमा भन्नुपर्दा सुचनाको सृजन, वितरण, उपयोग, एकिकरण वा यो सम्वन्धी कामहरु जुन समाजमा आर्थिक, राजनैतिक र साँस्कृतिक कृयाकलाप वन्छ त्यो समाजलाइ सुचना समाज भनिन्छ ।
सुचना समाज को व्याख्या विभिन्न समयमा विभिन्न समाज वैज्ञानिक हरुले आ–आफ्नै हिसावले गरीरहेका छन । विस्वमा सन १९६२ मा यसको आहट सुनिएको थियो । डेनियल वेलको पोस्ट इन्डस्ट्रिएल सोसाईटी सम्वन्धी लेखनमा सुचना समाज सम्वन्धी देखिएको झल्को नै पहिलो झल्कोको रुपमा आज विस्वले मान्यता पाएको छ । तर ९० को दशक पछि मात्र सुचना समाज विस्वव्यापी रुपमा विकसीत भयो । हामी सुचना दिवस मनाँउछौ किनकी सुचना र सुचना समाज को सम्वन्ध कमवेशी त्यस्तै छ जस्तो की उघोग र औघोगीक युग को विचमा छ । १९ औं शताव्दी भन्दा पहीला पनी उघोगहरु थिए ति उघोग हरुको अवस्था हालका नेपालका मिडीयाका अवस्था जस्तै थिए । तर औघोगीक युगमा तिनको केन्द्रियता यस्तो प्रकारले वढ्यो की मानिसहरुको जिवन र आधारभुत दृस्टिकोण नै परिवर्तन भयो
सुचनाको कुरा गनुपर्दा यो सधै अस्तित्वमा थियो, छ, र रहिरहनेछ तर पछिल्लो तिन दशक यता खास टेक्नोलोजीको कारण मानव समाजको अभिन्न अंग वनेको छ । र सामाजिक संगठनको विशिष्ट रुप उत्पन्न हुन पुगेको छ । हिजोका कटुवाल हरुलाइ समाजले सम्मान गर्दैन्थ्यो तर आज कटुवाल को रुप परिवर्तन भएको छ । जसलाइ सम्मानजनक नाम प्राप्त भएको छ पत्रकार तर कटुवाल प्रति जुन सामाजिक दायित्व समाज ले निभाउँथ्यो आजको समाज ले त्यो दायित्व वाट आफुलाइ टाढा राख्न खोजेको पाइएको यो अवस्थामा नव मुखियाहरुले कटुवाल वन्नको लागी मापदण्ड वनाउने कुरा गरीरहँदा कटुवाल लाइ चलाएमान वनाउनमा मुखियाको र समाजको कर्तव्य को विषयमा भने मौन छन । अव राज्यले पत्रकारीता कर भनेर १ प्रतिशत कर लिइ समानुपातिक वितरण गर्नु आवस्यक छ यसो गर्न सकीयो भने हामी छिट्टै सामूदायिक सुचना समाज निर्माण गर्न सक्छौ । सुचना समाज को वहसमा ध्रुविकरण भएको विस्वले नेपालवाट सामूदायिक सूचना समाज को नयाँ अवधारणा पाउनेछ ।
अव वादका नारा लगाउने यो उपयुक्त समय होइन । अवको समय त विस्वले उत्कृष्ट मानेको सुचना समाज को वहस मा ध्रुविकरण भएको अवस्थामा नेपाल वाट समूदायवेसको सुचना समाज सामुदायिक सुचना समाज को खाका विस्व लाइ दिने समय हो । संधै अमेरीका युरोप जापान वाट मात्र हामिले लिनुपर्छ भन्ने केही छ ??? कहिलेकाँही हामी वाट पनि विस्वले केही सिक्न हुन्न र??? सीक्न हुन्छ नी ।
सुचना समाज का सवैभन्दा चर्चित सिदान्तकार चाहीँ म्यानुयल क्यासेल्स हुन ।
साठीको दशकमा म्याकलुहम को मिडिया संग संवन्धीत सिदान्त लगाएत अन्य शास्त्रको परिभाषा अनुसार सुचनाको आधारमा ज्ञानको रचना हुन्छ । जसको संरचनालाइ चाँही टेक्नोलोजिकल स्थितीले गहिरो संग प्रभावित गर्दछ । सन १९७९ मा प्रकाशित ज्याँ फ्रास्वाँ ल्योतरको रचना पोस्टमोर्डन कण्डीशनमा कम्पयुटरकृत पुँजीवादको जमानामा ज्ञान परीवर्तन नभइ रहन सक्दैन भनीएको छ । अहिलेको नेपालको परीवेशमा संविधानसभाले मान्यता पाएको छ । संविधान सभाको नारालाइ पुँजीवादि नारा भनिन्छ तसर्थ ल्योतरको भनाइको आधारमा हेर्दा हामी कम्पयुटरकृत पुँजीवाद मा छौ । र यो अवस्थामा ज्ञान परीवर्तन नभइ रहन सक्दैन ।