सूचनाको पुरष्कार दाबि गर्ने २० जना मध्य १ मात्र महिला

-


     सुचनाको हक     
     चैत्र ७ गते २०८० मा प्रकाशित


सूचनाको हक सम्बन्धि कानुन बनेको लामो समय बितिसकेको अवस्था छ यसरि हेर्दा नेपालमा सूचना माग्ने महिला हरुमा शारदा भुसाल झा, इस्वरा तिवारी कंडेल, दुर्गा आचार्य, सरस्वति आचार्य, इन्दिरा बस्नेत, सम्झना पौडेल, संगीता पौडेल, प्रमिला पाठक, रुक्सना कपाली, अन्जु आचार्य लगायत सिमित हरुमात्र सूचना माग अभियान मा लागेको भेटिन्छ यी मध्ये शारदा भुसाल झा, इस्वरा तिवारी कंडेल, र दुर्गा आचार्य पुरष्कृत भइसकेका छन् भने अहिले अन्जु आचार्य बाहेक अरुले सूचनाको हकको पुरस्कारको लागि दाबि समेत गरेनन उनिहरुलाइ किन दाबि नगरेको भनेर सोध्दा पुरस्कारको लागि सिफारिस गरिदेउ न भनेर अरुलाई भन्न मन नलागेर आफुहरुको नाम आयोग सम्म नपुगेको भनाइ छ । सूचना माग कर्ताको अनुसार आयोग आफैले जानेर पुरस्कार दिनुपर्नेमा सिफारिस गर्न अरुको मा ज्यु हजुर गर्न जाने बातावरण अन्त्य हुनुपर्दछ । जे होस् यो पटक अन्जु आचार्य ले मात्र आफुलाई यो पुरस्कारको दाबीमा उभ्याउनुभएको छ । नेपालका सबै स्थानीय तह सबै हुलाक कार्यालय सबै जिल्ला प्रशासन कार्यालय प्रदेस स्तरका ९५ प्रतिशत कार्यालय लगायत अन्य कार्यालय गरि करिब १५०० वटा कार्यालयमा सूचना माग गर्ने व्यक्ति मध्ये शारदा भुसाल झा पछी अन्जु आचार्य पर्नुहुन्छ हाल सम्म नेपालमा अधिक सूचना माग गर्नेमा तारानाथ दाहाल, शारादा भुसाल झा, अन्जु आचार्य, दुर्गा आचार्य, दीपक आचार्य को नाम आउछ उहाहरुले ४ डिजिट को अंक छुने गरि सूचना माग गरेको देखिन्छ अन्य अभियन्ताहरुको भने ३ डिजिट काटेको खासै भेटिएको देखिएको सुनिएको छैन

२०८१ बैशाख २२ गते आयोगले सूचनाको लागि नाम सिफारिस गर्न र आबेदन दिन ३० दिनको म्याद दिएर सूचना प्रकाशन गरेको थियो सो मध्ये सो मध्ये समय भित्र डिमाण्ड साइडको तर्फ बाट ९ जना र सप्लाई साइड को तर्फबाट ११ जना गरि जम्मा २० जनाको नाम आयोग समक्ष पुगेको छ । अचम्म को कुरा २० जना मध्ये १ जना मात्र महिला हुनुहुन्छ २० जनाको नाम यसप्रकार रहेको छ

डिमाण्ड साइड को तर्फबाट

अन्जु आचार्य

यदुनाथ बन्जरा

इन्द्र प्रसाद बन्जरा

परशुराम साह

हरिराम कोण्डा

आदित्य दाहाल

अजयकुमार साह

तुलसी प्रसाद कोइराला र

पूर्ण प्रसाद मिश्र

अर्को अचम्म सप्लाई साइड को तर्फ बाट दुइ जना बाहेक सबै जना स्थानीय तहबाट रहेका छन् निजहरुको नाम यसप्रकार रहेको छ

गुणराज अधिकारी

लक्ष्मण घिमिरे

अर्जुन खनाल

दिपेन्द्र कुमार राइ

पंख थापा

ललितबहादुर बुढा

धर्मबहादुर रोकाया

टेक बहादुर खत्री

किशोर कुमार वाइवा

डम्बर रोगु

तुल बहादुर बि.क.

अब यी नाम मध्ये बाट आयोगले बढीमा सूचना अभियन्ता ५ जना र सूचना अधिकारी ५ जनालाई पुरष्कृत गर्नेछ

आयोगले प्रकाशन गरेको नामावली