सूचनाको हक कार्यान्वयन गरौं

-


     दीपक आचार्य     
     माघ २१ गते २०७८ मा प्रकाशित



नेपालमा सूचनाको हकको कानुन लागु भएको डेढ दशक भइसकेको छ । र पनी कार्यन्वयन हुन सकीरहेको छैन सरकारी कार्यलय वाहेकका सार्वजनिक निकायमा त सूचनाको हक कुन चराको नाम हो भनी सोध्नु परेको अवस्था छ । राजनितिक दल हरुले यसलाइ पुर्ण रुपमा वेवास्ता गरेको पाइन्छ । सामान्य सुचना अधिकारी मात्र तोकेको पनी हामी पाँउदैनौ । यस्तो अवस्थामा सूचना अभियन्ता हरुले देशव्यापी रुपमा कार्यक्रम हरु गरीरहेका छन जसवाट जर्वजस्त सूचनाको हक कार्यन्वयन मा बल पुगेको छ ।
सरकारी कर्मचारी को तलव वढ्ने वित्तिकै सो कार्यन्वयन हुन्छ तर सूचनाको हकको कानुन र आफ्नो दायित्व आज को मिती सम्म सरकारी कर्मचारी लाइ थाहा नभएको जस्तो अवस्थावाट हामी गुज्रिरहेका छौ
सुक्ष्म रुपले हेर्ने हो भने मानव शरीर पुर्ण सुचना सञ्जालको संसार हो । मानिसको पञ्चइन्द्रिय तथा अतिन्द्रीयहरुले अनुभव गरेका सुचनाहरुलाई हाम्रो मानव मस्तीस्कले ग्रहण गरी तीनीहरुलाई आवश्यकता अनुसार उपयोग गर्ने गर्दछ । जस्तो कि, कुनै व्यक्तिको हात काटेर रगत निस्कीयो भने सो काटेको स्थानबाट सुचना संप्रेशण भई मानव मस्तीस्कले काटेको स्थानको रगत रोक्नको लागि सुचना सञ्चार गर्छ तथा सो बगेको रगत रोक्न प्रति सक्रियता बढछ् । अथवा शरीरको अन्य भागमा कुनै समस्या भयो भने त्यस स्थानबाट दुखाई तथा अन्य सुचनाहरु मस्तीस्कले ग्रहण गर्छ र सो को समस्या लागि सुचना उपलब्ध हुन्छ । यसरी हेर्ने हो भने एउटा मानव शरीर र यसका ईन्द्रियहरु, इस्नाईहरु एउटा सुचना सञ्जालको उत्कृष्ट नमुना हो ।
एउटा सही सुचना समाजको परीकल्पना गर्दा सुचना सञ्जालको अवस्था मानव शरीरको सुचना सञ्जालसँग तुलना गर्नुपर्ने हुन्छ । एउटा पूर्ण सुचना समाजको परिकल्पना गर्दा समाजका हरेक तप्काहरुले सुचनाको सहज प्रशारण आदान–प्रदान पब्लिकेशन आदि गर्न पाउको हुनुपर्छ । विज्ञान तथा प्रविधिको यो युगमा यो सारा संसार एउटा गोबल भिलेज जस्तै बनेको छ । एउटा हजारौ हजार माइल तढा रहेको कुनै देशमा सानो एउटा घटना घट्ने बितिकै इन्टरनेटको माध्यमले क्षण सेकेण्डमै सारा संसारमा खबर पुग्छ । तर के हामी यो ठोकुवा गरेर भन्न सक्छौ कि विश्वका शक्तिशाली राष्ट्रहरु तथा सुचना सञ्जालका महारथी खेलाडीहरुले सुचनाहरुलाई आफ्नो हकमा मात्रै उपयोग गरेका त छैनन् !
आज नेपालको इतिहासको जुन कालखण्डमा हामी छौ एउटा खुल्ला सुचना समाजको परिकल्पना एउटा पुरा नहुने सपना जस्तो मात्र देखिन्छ । हरेक क्षेत्रमा राजनिती घुसेको हाम्रो देश सुचना प्रविधिको हिसाबले पनि राजनितिक मार्गमा परेको छ । हाम्रो देशका समाचार पत्रका प्रमुख पृष्ठहरु पनि राजनिति र राजनितिक नेताहरु कै चरीतार्थले भरिएका हुन्छन् । कार्मचारी तन्त्र पनि राजनितिक नेताहरुकै मुख ताक्ने संस्कारमा विकसीत भएकाले निजहरुबाट पनि राजनिति बाहेक फरक कार्यको आशा त्यति गर्न सक्दिैन् । सुचना प्रविधिको सामान्यता विकास देखिए पनि देशको गरिबीले गर्दा राजनितिका खेलाडिहरुले हामीलाई दाश बनाईराखेको छ । एउटा बिकासिल देशका नागरिकहरुले पाउने सामान्य सुचनाको हकबाट पनि हामी नेपालीहरु बन्चित छौ । चाहे विकाश माथिका अधिकारका कुराहरु हुन, चाहे सामान्य नागरिक अधिकारका कुराहरु हुन, चाहे स्वाथ्य सम्बन्धी कुराहरु हुन नेपाली समाजमा ती सजिलै उपलब्ध हुनसक्ने अवस्था देख्न सकिदैन् । चाहे सामान्य सुरक्षा अधिकारका कुराहरु हुन, चाहे सरकारी कार्यलय तथा निकायहरुबाट पाउने सामान्य सेवाका विषय होस गरिब नेपालीहरु सु–सुचित तथा क्षमतावान हुने अवसर कहिल्यै पाएनन् ।
यहि परिपेक्षमा सामुदायिक सुचना समाज नेपाली जन–मानसको बीचमा एउटा नयाँ आशाको केन्द्र बनेर आएको छ । सुचना जस्तो सामान्य नैषर्गीक अधिकारबाट बन्चित सामुदायलाई सुचनाले श–शक्तिकरण गर्ने हाम्रो सामुदायिक सुचना समाजको उद्देश्य हो नै ! साथ–साथै समाजमा आफ्नो आवाज पुर्‍याउन नसक्ने समाज र देश व्यवस्थाको सञ्चालनको चावी बोकेर बसेका वर्गहरुको कानसम्म सामान्य जनताको आवाज पुर्‍याउने लक्ष्य सामुदायिक सुचना समाजको छ । यहि लक्ष्यका साथ विगत केही समय देखि हामी सक्रिय छौ । दबिएका आवजहरुको आवज बनेर यस समयमा सुचना समाजले पोखरा कास्कीका विभिन्न क्षेत्रहरुमा सामुदायिक सुरक्षा, खानेपानी लगायतका विभित विषयहरुमा सामुदाय तथा सम्बन्धित निकायहरु बीच समन्वयकारी भूमिका खेल्ने कोसिस गरेको छ । हाम्रो प्रयासको फल स्वरुप कास्की जिल्लाका हरेक सरकारी निकायहरुमा अनिवार्य सुचना अधिकारीको व्यवस्था गर्न थालिएको छ । सरकारी विकाश तथा निमार्णका कार्यहरमा पनि सामुदायिक सुचना समाजले जनताका पक्षमा सु–सुचित हुने अधिकारको लागि पखेटा फिजाउँदै छ । नागरिक सुरक्षाको लागि समुदाय र प्रहरी प्रशासन बीचको संयन्नकारी भुमिका पनि सामुदायिक सुचना समाजले निभाउदै छ । समुदायिक दुर्घटना तथा सुरक्षाका उपायहरु सम्बन्धित कार्यहरुमा समेत समुदायिक सुचना समाज संयन्नकारी भुमिका निभाएको छ ।
सामुदायिक सुचना समाजको कार्य क्षेत्र कुनै एक समाजको कुनामा मात्रै सिमित छैन । जसरी एउटा स्वस्थ मानव शरीर एक सहज तथा स्वभाविक सुचना सञ्जालले सञ्चालित हुन्छ । हाम्रो समुदायलाई पनि एउटा स्वस्थ प्रगतिशिल र स्वतन्त्र सुचना प्रणालिले सु–सजित गर्नु सामुदायिक सुचना समाजको मुख्य उद्देश्य हो । र यस लक्ष्यको लागि हामी अढिग भएर हामी अगाडि बढ्दै जाने छौ ।