सूचनाको हक कार्यान्वयनमा लामो समय देखि शुरुवातबाट तारानाथ दाहाल निरन्तर लागिपर्नुभएको छ l लडीरहनुभएको छ l
तारानाथ दाहाल,टंक जी, काशीराज दाहाल हरुको सोच बाट स्थापित सूचनाको हकलाइ माओबादी आन्दोलन र दोश्रो जनान्दोलनले स्थापित गर्यो २०६३ को अन्तरिम संबिधानमा समेटिएर २०६४ मा ऐन बनेको यो हकले २०७२ को संबिधानमा समेत स्थान पायो र अहिले यो सूचनाको हक संबैधानिक हक हो तर ऐन बनेको १७ वर्ष सम्म पनि यो हक खासै कार्यान्वयनमा आउन सकेको छैन तारानाथ दाहाल, टंक जी, शारदा भुषाल झा र दीपक आचार्यले उत्पादन गरेका हजारौ अभियन्ता हरु आज यो हक कार्यान्वयनमा एक जुट भएर लागेका छन l आज जे जति अभियन्ता छन् सबैको केन्द्रमा सबैको मनमा तारानाथ दाहाल हुनुहुन्छ सायद उहा नहुने हो भने कुनै पनि बेला यो हक बिस्थापित हुन्छ कि भन्ने डर अभियन्ता र बौद्धिक वर्गहरुमा देखिएको छ l यस्तो डर यस्तो चिन्ता बढिरहेको बेला बिद्यार्थी नेताहरुले अब यो हकलाई बोक्न शुरु गरेका छन् ति बिद्यार्थी नेता मध्ये एक हुन् किशोर भण्डारी भण्डारी जस्ता बिद्यार्थी नेताहरुले यो हक लाइ स्थापित गर्न अग्रसर भएको देख्दा भोलिको तारानाथ दाहाल ले झै समग्र अभियान धान्न सक्ने व्यक्ति जन्मदै छन् भनेर आम अभियन्ताहरुमा एउटा खुसि छाएको छ l सूचनाको हकलाई प्रयोग गरि दोकान थाप्ने दोकाने अभियन्ता हरु पनि छन् नेपालमा जसले गफ दिन्छन तर काम दोकान बाहेक केहि गर्दैनन् l बिभिन्न संस्थाको नाममा मागिखाने हरुले केहि बदनाम भएको यो हक अब बिद्यार्थी नेताहरुको नेतृत्वमा एउटा उचाइमा पुग्ने विश्वास गरिएको छ l
हाल सालै मात्र टि यु का स्ववियु सदस्य किशोर भण्डारीले त्रिभुवन बिस्वबिद्यालयका सूचना अधिकारिलाई लिखित रुपमा केन्द्रिय बिभाग र आंगिक कलेजहरुमा दफा ६ अनुसार सूचना अधिकारि तोक्न र सूचना अधिकारि तोक्दा नियम २५ को क बमोजिम गर्न भनि लिखित अनुरोध गर्नुभएको छ भने परिक्षा नियन्त्रण कार्यालयलाई पनि सोहि ब्योहरा बमोजिम सूचना अधिकारि तोक्न परिपत्र गर्न निबेदन दिनुभएको छ
यस बिषयमा सूचनाकोहक डट कम ले त्रिभुवन बिस्वबिद्यालयका सूचना अधिकारि योगेन्द्र दाहाललाई ९८५२६७८९९८ मा सम्पर्क गरि यो बिषयमा बुझ्दा उहाले बिद्यार्थी नेताहरुले यसरि झकझकाउनु अति राम्रो कुरा भएको बताउदै पहिला पनि पत्राचार गरिएको तर धेरै स्थानमा कार्यान्वयन नभएको रहेछ यो कुरा अहिले थाहा भयो l आजै सबै कलेज हरुलाई सात दिन भित्र सूचना अधिकारीको ब्यबस्था गरि फ्लेक्स टाँस गरि सो को जानकारी दिनुहुन भनि पत्राचार हुनेछ भन्ने जानकारी सहित किशोर जस्ता विद्यार्थीको यो देश र कलेजलाई आबशय्क रहने कुरा बताउनुभयो
कुनै पनि बिद्यार्थी नेताको ध्यान नगएको यो बिषयलाई यसरि उठान गर्नुको कारण के हो किन यता लाग्नुभयो भनि किशोर भण्डारीलाई सम्पर्क गरि सोध्दा सूचना अभियन्ता दीपक आचार्यको घर र आफ्नो घर एकैतिर रहेको लामो समय देखि दीपक आचार्य दाइ यो अभियान मा लागेर समाज सुशासन् कायम गर्न निरन्तर खटेको देखेको र युबा हरुमा एउटा फरक इनर्जी यो हकले दिएको महशुस गरेको थिए l करिब ५ बर्ष अगाडी राष्ट्रिय सूचना आयोग बाट उहा उत्कृस्ट सूचना अभियन्ता बाट पुरष्कृत हुने दिनमा सूचना आयोग गएको र त्यहा बाट धेरै कुरा जान्ने बुझ्ने अवसर मिलेकोले यो हक जानेमा विद्यार्थीले जीवनका धेरै चुनौतीलाइ सहज तरिकाले ट्याकल गर्न सक्न सक्षम हुने बुझाईका साथ् यो हकको सुनिस्चतता को लागि आफुले यो शुरुवात गरेको र निरन्तर यसमा लागिरहने बताउनुभयो l उहाको अनुसार यो हक बिध्यार्थिलाई बुझाउन सकियो भने कलेज पढ्दै गरेका बिधार्थी बीच आइपर्ने सामाजिक समस्या संग जुध्न नसकेर नजानेर आत्महत्या गर्नेहरुको कमि आउनेछ l
मानिस समस्या संग जुध्न नसकेर नजानेर आत्महत्या गर्ने हो सूचनाको हक जान्नेले समस्या संग कसरि जुध्ने कसरि हल गर्ने भन्ने समेत जान्दछ तसर्थ यो हक कार्यान्वयन हुनु भनेको आत्महत्याको दर रोकिनु पनि हो l फरक तरिकाले भन्नुपर्दा बिद्यार्थी हरुलाई समाज मा स्थापित गर्न समेत यो सूचनाको हक आबश्यक पर्छ र यो शुरुवाट कलेज मा सूचना अधिकारीको फ्लेक्स बाट शुरु गरेको किशोर बताउनुहुन्छ l अब बिस्तारै स्ववियु ले कलेज हरुसंग समन्वय गर्दै बिध्यार्थिलाई समाजमा रहन बाच्न रमाउन सक्ने गरि बिभिन्न तालिम हरुको आयोजना पनि गरिने र सूचनाको हकको तालिम बिभिन्न अभियन्ताहरु संग आयोग संग सरकार संग समन्वय गरि गरिने समेत बताउनुभयो आफुले चुनाबमा बिद्यार्थी सधै राष्ट्रको साथि भन्ने नारा उठाएको हुँदा र सोहि नारालाई आम बिधार्थिले बिस्वास गरि मत दिएर आफु माथि गरेको बिस्वास कायम गर्नु आफ्नो दायित्व पनि रहेको हुँदा पहिलो चरण यो अभियान शुरु गरेको बताउनुभयो