सूचना माग्नुहोस १० हजार पाउनुहोस अभियान सूचनाको हक मिडिया प्रा.लि. ले शुरु गरेको छ ।
www.suchanakohak.com ले सूचना माग कर्ता को संख्या बध्जाउने बढाउने उदेस्य का साथ सूचना माग्नुहोस १० हजार कमाउनुहोस भन्ने अभियान शुरु गरेको छ । सबै पालिका मा यो अभियान शुरु गर्ने सोच का साथ अहिले मधेश प्रदेश बारा जिल्लाको सुबर्ण गाउपालिका बाट यो अभियान शुरु गरेको छ । यो अभियान अन्तर्गत सूचना माग कर्ताले २०७४ साल देखि २०७८ साल सम्मको आफ्नो जन्म दिनमा त्यो पालिकाले गरेको खर्च को बिल माग गर्नुपर्नेछ येसरी प्राप्त भएको बिल मध्य सबै भन्दा कम खर्च जस्को जन्म दिनमा भएको रहेछ उहीँ सूचना माग कर्तालाइ रु १०,००० अक्षरुपी दस हजार पुरस्कार दिइनेछ ।
एस्लाई एउटा खेल जस्तै गरि प्लानिंग गरिनेछ एसको मुख्य उदेस्य भनेको आम नागरिक लाइ सूचना माग गर्न लगाउनु र सार्बजनिक निकायलाई नागरिक प्रति जिम्मेवार बनाउनु रहेको छ । भनि संचालक दीपक आचार्य ले जानकारी गराएका छन् सो पुरस्कार रकम को ब्यबस्था सूचनाको हक मिडिया प्रा.लि. गर्नेछ जानकारी अनुसार घोषणा भएको पुरस्कार पाउनको लागि निम्न तरिका रहेका छन् ।अहिले पहिलो चरण अन्तर्गत बाराको सुबर्ण गाउपालिका को [email protected] मेल मा इमेल मार्फत सूचना माग गर्न सकिन्छ । नजान्ने लाइ सूचना माग गर्न सिकाउनको लागि मधेश प्रदेश कै कैलाश माझि को नम्बर ९८१९९३४१२६ सार्बजनिक गरिएको छ इच्छुक ले उक्त नम्बर को भाइबर सम्पर्क गरेर नि:शुल्क सिकेर पनि सूचना माग गर्न सक्नेछन।
जस्तै तपाइको जन्म दिन बैशाख ५ गते छ भने २०७४ साल देखि २०७८ साल सम्म को बैशाख ५ गतेको सबै भन्दा बढी खर्च भएको एक एक वटा बिल र सबै भन्दा कम खर्च गरेको एक एक वटा बिल माग गर्नुपर्नेछ सो प्राप्त बिल मध्य बढी खर्च भएको मिति को सबै भन्दा कम र कम खर्च भएको मिति को सबै भन्दा बढी जस्को जन्म दिनको दिनमा भएको हुन्छ उहीँ पुरस्कृत हुन्छ ।
क को जन्म दिन २०३९ बैशाख ५ गते रहेछ
ख को जन्म दिन २०५० कार्तिक २९ गते रहेछ
ग को जन्म दिन २०५६ माघ १७ गते रहेछ
तिनै जनाले मागेको सूचना अनुसार
बैशाख ५ गते सबै भन्दा बढी रकम खर्च हुंदा २०७४ मा २० हजार ७५ मा ३० हजार ७६ मा ५० हजार ७७ मा ४० हजार र २०७८ मा २५ हजार गरि जम्मा १ लाख ६५ हजार खर्च भएछ जुन सबै भन्दा बढी थियो भने यो टोटल रकम कार्तिक २९ गते र माघ १७ गतेको भन्दा कम हुन पर्यो तेस्तै बैशाख ५ गते सबै भन्दा कम रकम खर्च हुंदा २०७४ मा ५ हजार ७५ मा ४ हजार ७६ मा ६ हजार ७७ मा ११ हजार र २०७८ मा ९ हजार गरि जम्मा ३५ हजार खर्च भएको रहेछ भने यो रकम कार्तिक २९ गते र माघ १७ गतेको खर्च भन्दा बढी हुन पर्यो । सूचना माग गरेको शुरुकै प्रमाण [email protected] मा पठाउनुपर्नेछ ।
१०० जना ब्यक्तीले सूचना माग गरे पछि र १०० जनाले बिल पेश गरेपछी पुरस्कार घोषणा गरिनेछ ।
एउटै जन्म दिन दुई वा दुई भन्दा बढिको परेमा पहिला सूचना माग गर्ने र पहिला बिल पेश गर्ने लाई पहिलो प्राथमिकता दिइनेछ । एकै दिन माग गरेको पाइएम इमेल मा माग समय हेरेर पहिलो लाई पुरस्कार दिइनेछ ।
सूचना माग सम्बन्धी अन्य बिस्तृत बुझ्न चाहेमा सूचनाको हक का मधेश प्रदेश संयोजक Kailash Majhi 9819934126
संग सम्पर्क गर्नुहोला
सूचना माग गर्ने तरिका
मिती २०७८-………..-……..
श्री सूचना अधिकारी ज्यू
सुबर्ण गांउपालिका
बारा जिल्ला
मधेश omg प्रदेश
विषय – सूचना पाँउ
महोदय,
उपयूक्त सम्वन्धमा
नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ३ वमोजिम अध्ययन प्रयोजन, www.suchanakohak.com ले शुरु गरेको सूचना मागौ पुरस्कार जितौ भन्ने अभियानमा पुरस्कार जित्ने प्रयोजन लगाएत बिबिध प्रयोजन को लागि उपलव्ध गराइदिनुहुन सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ७ को उपदफा १ अनुसार निबेदन गरेको छु ।
तपशिलः
१) मिति २०७५ ……… गते को सबै भन्दा बढी भुक्तानी दिएको एउटा बिल र सबै भन्दा कम भुक्तानी भएको एउटा बिल को प्रमाणित प्रतिलिपि ।
२) मिति २०७६ ……… गते को सबै भन्दा बढी भुक्तानी दिएको एउटा बिल र सबै भन्दा कम भुक्तानी भएको एउटा बिल को प्रमाणित प्रतिलिपि ।
३) मिति २०७७ ……… गते को सबै भन्दा बढी भुक्तानी दिएको एउटा बिल र सबै भन्दा कम भुक्तानी भएको एउटा बिल को प्रमाणित प्रतिलिपि ।
४) मिति २०७८ ……… गते को सबै भन्दा बढी भुक्तानी दिएको एउटा बिल र सबै भन्दा कम भुक्तानी भएको एउटा बिल को प्रमाणित प्रतिलिपि ।
माग गरेको सूचना १० पृष्ठ भित्र उपलब्ध गराइदिनुहोला ।
सूचना उपलब्ध गराउदा सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उपदफा ५ र दफा ९ को उपदफा ३ लाइ ध्यान दिनुहुन पनि अनुरोध छ, सूचना दिंदा सबै मेरो माग बमोजिम नै दिनुहोला गलत सूचना पाएको कारण म पुरस्कार बाट बन्चित हुन नपरोस ।
निवेदक
नाम :
ठेगाना :
नम्बर :