सूचनाको हक र पारदर्शिता एक अर्काका परिपूरक र अन्तरसम्बन्धित विषय हुन् । यी दुई बीचको अन्तरसम्बन्धलाई देहायानुसार प्रस्तुत गर्न सकिन्छ –
१) सूचनाको हकले:
– सार्वजनिक अधिकारीलाई सूचनाको नियमित सार्वजनिकरण गर्न र नागरिकले नियमपूर्वक मागेको सूचना दिन बाध्य बनाएर ,
– नागरिकको सूचना माथिको पहुँच सुनिश्चित गरेर ,
– सूचनाको सहज प्रवाहका लागि प्रवत्ता तथा सूचना अधिकारीको व्यवस्था गरेर ,
– सूचनादाता ( whistle blower ) को संरक्षण गरेर , सरकारी निकायहरूमा पारदर्शिता सूनिश्चित गर्छ ।
२) पारदर्शिताले :
– सार्वजनिक निकायको कामकारवाही खुला र सबैले थाहा पाउने बनाएर ,
– सूचना माथिको नागरिकको सहज पहुँचको वातावरण बनाएर ,
– नागरिकलाई आफ्नो जिम्मेवारी र कर्तव्यको बोध गराएर ,
– नागरिक सचेतना र शसक्तिकरणको प्रवर्दन गरेर ,र
– नागरिकलाई प्रश्न गर्न सक्ने बनाएर , सूचनाको हकको सफल कार्यान्वयन गर्न योगदान पुर्याउछ ।
अतः सुचनाको हक पारदर्शी सरकारको अवस्थामा मात्र कार्यान्वयन हुन सक्छ भने पारदर्शिताबाट सूचनाको हक कार्यान्वयनको वातावरण मिल्छ । त्यसैले यी दुईमध्ये कुनै एकको अभावमा अर्को प्राप्ति हुन सक्दैन ।