सूचनाको हकमा महिला सहभागिता चुनौती र अवसर बिषयक राष्ट्रिय विचार गोष्ठी सम्पन्न

-


     सुचनाको हक     
     पौष १२ गते २०७८ मा प्रकाशित


रास्ट्रीय सूचना आयोग ले काठमाडौं को बानेस्वर स्थित अल्फा हाउस मा सूचनाको हकमा महिला सहभागिता चुनौती र अवसर बिषयक राष्ट्रिय विचार गोष्ठी सम्पन्न गरेको छ ।

बिहान ८ बजे शुरु हुने भनिएको कार्यक्रम बिना उदघाटन करिब डेढ घण्टा ढिलो गरि शुरु भएको थियो । कार्यक्रम का प्रमुख अतिथि सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय का माननीय मन्त्रि ज्ञानेन्द्र बहादुर कार्की ज्यू चुनाबी क्षेत्र बाट फर्कन समय लागेको कारण दिउसोको १२;३३ मा आइपुग्नुभएको थियो र १२:४४ मा कार्यक्रम उद्घाटन भएको थियो ।

आयोग का सचिब भागिरथ पाण्डेय ले ७५३ जना पुनराबेदक मध्ये १७ जना महिला मात्र पुनराबेदक रहेको जानकारी गराउदै स्वागत गर्नुभएको कार्यक्रम को कार्यपत्र सूचना आयुक्त कमला ओलीले प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्र मा सूचना को पुनराबेदक १० जना महिला लेखिएको थियो तेस्लाई सुधार गर्दै १३ जना महिलाले पुनराबेदन गरेको जानकारी दिनुभयो । खुल्ला छलफल मा सचिब र आयुक्त ले भनेको संख्या मेल नखाएको १३ र १७ बीच अस्पस्टता भएको आवाज उठेपछि सो संख्या १७ नै रहेको र टाइप मिस्टेक भएको ले अन्यथा हुन् गएको प्रस्ट पारिएको थियो । कार्यक्रम मा टिप्पणी कर्ताका रुपमा रुपमा रहनुभएका यु एन वोमेन कार्यक्रम प्रमुख सन्तोष आचार्य ले घुमाउरो पारामा कार्यपत्र अपुरो रहेको भन्दै भाबि रणनीति राखेको भए अझै उत्कृस्ट रहने कुरा बताउनुभयो । अर्की टिप्पणी कर्ता सूचनाको कानुन को मस्यौदाकार बबिता बस्नेत ले तेती बेला महिला आयुक्त अनिबार्यको लागि अरुले नमानेको र आफ्नो अडान ले आज उक्त कुरा सम्भब रहेको भनाइ सहित अडान कति महत्वपूर्ण हुन्छ भने जानकारी सहित अडान मा अडिग रहन सबैलाई अनुरोध पनि गर्नुभयो ।

महिलाले किन सूचना माग्दैनन भन्ने बिषयमा आफ्नो बुझाइ राख्नुभयो । १८ जना सहभागीले राखेको जिज्ञासाको जवाफ टिप्पणी कर्ता र आयुक्त हरुले दिनुभएको थियो प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ को अध्यक्षता मा भएको कार्यक्रममा महिला आयोग कि अध्यक्ष कमला पराजुलीले सूचना घर घर मा दिनुपर्छ भन्ने लगाएत महत्वपूर्ण भनाइ राख्नुभएको थियो

कानुन मा गोप्य शब्द हटाउन आयोग ले गरेको परिपत्र मा मन्त्रालय सचेत रहेको जानकारी सहित महिला सहभागिता बढाउन आयोग ले लेखि पठाएको कुरा माननीय मन्त्रि ज्यू ले बताउदै आफ्नो तर्फ बाट हुने सहयोग आफुले गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो