सेबोनद्वारा रिलायन्सको आईपीओको बारेमा सूचना दिन आनाकानी, सूचना आयोगद्वारा कारण देखाउ आदेश

-


     सुचनाको हक     
     भाद्र १५ गते २०८१ मा प्रकाशित


राष्ट्रिय सूचना आयोगले नेपाल धितोपत्र बोर्डलाई रिलायन्स स्पिनिङ मिल्सका विषयमा कागजात उपलब्ध गराउन आदेश दिएको छ । निवेदक हरिबहादुर केसीद्वारा राष्ट्रिय सूचना आयोगमा दिएको उजूरीको आधारमा धितोपत्र बोर्डलाई यस्तो आदेश दिइएको हो ।  

निवेदक केसीले रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति माग्दा पेश गरेको सम्पूण कागजपत्र माग गर्दै धितोपत्र बोर्डमा सूचना माग गरेका थिए । उनले सबैभन्दा पहिले सूचना अधिकारी तेज प्रसाद देबकोटा र बोर्ड अध्यक्ष महेश बरालसँग सूचना माग गरेको र दुबैबाट सूचना उपलब्ध नभए पछि उनले राष्ट्रिय सूचना आयोगमा पुनराबेदन दिएका थिए ।  

उक्त पुनराबेदनमा धितोपत्र बोर्डका अध्यक्षलाई सूचना उपलब्ध नगराउनुको कारण देखाउन आदेश दिएको छ । धितोपत्र बोर्डले लागनीकर्ता तथा आम सञ्चारकमीलाई पनि सुचना दिन आनाकानी गरेको पाइन्छ ।