सौरभ ग्रुपको गैरकानूनी लगानीको खुलासा

-


     सुचनाको हक     
     माघ २३ गते २०७८ मा प्रकाशित


नेपालमा उदाउँदो रुपमा रहेका व्यावसायिक घरानाहरूले सिमेन्ट उद्योग, सुपारी, गुट्खाव्यापारदेखि होटल सञ्चालनमा समेत अवैध रुपमा आर्जन गरेको रकम लगानी गरी कालोधनलाई बैधानीक बनाउने काममा लगाएको पाईएको छ । नेपालमा सिमेन्ट उद्योग, सुपारी र गुट्खा व्यापार अनि सेवा क्षेत्र होटल व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी आइरहेको छ । तर, त्यस्तो लगानीको स्रोत सन्देहास्पद छ ।

गैरकानूनी रुपमा आर्जन गरेको धन लुकाउन वा राख्न सजिलो हुनेभएपछि पछिल्लो समयमा यस्ता क्षेत्रमा लगानी गरेको भेटिएको छ । २०७५ जेठमा उद्योग विभागबाट नेपालमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको विवरण अनुसार विष्णुप्रसाद न्यौपाने अध्यक्ष रहेको सौरभ ग्रुप र यो ग्रुपको लगानी रहेका १२ कम्पनीमध्ये दुुई वटा कम्पनी ‘ट्याक्स हेवन’ मुलुकहरू ब्रिटिश भर्जिन आइल्यान्डस्, युएई र हङकङबाट विदेशी लगानी भित्रिएको पाईएको छ ।

न्यौपानेले ब्रिटिश भर्जिन आइल्यान्डबाट नेपालमा विदेशी लगानी ल्याएको होटल सम्बन्धी परियोजना अलपत्र अवस्थामा रहेको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा रहेको राधेराधेमा अलपत्र परेको १७ तले भवनको विवाद अहिलेसम्म कायम रहेको छ । मध्यपुर थिमी नगरपालिकाका अनुसार, २०६७/२०६८ मा न्यौपानेको सौरभ ग्रुपले राधेराधेमा पाँच तलाको भवन बनाउन अनुमति माग गरेको जनाएको छ । तर, मापदण्ड भन्दा बाहिर गई १७ तलाको भवन बनाएपछि विवादमा मुछिएको हो ।

यसरी भवन बनाएपछि नगरपालिकाले यसको निर्माण कार्य रोकिदिएको थियो । उद्योग विभागबाट प्राप्त विवरण अनुसार, न्यौपानेले ट्याक्स हेवन मुलुक ब्रिटिश भर्जिन आइल्यान्डस्को‘ग्लोबल टेक्नोलोजी एन्ड ट्रेडमार्क’ कम्पनीबाट विदेशी लगानी भित्राई यो होटल खोल्ने योजना बनाएको खुलेको देखिन्छ । १ अर्ब ९४ करोड रुपैया“ विदेशी लगानी गर्ने अनुमति पाएको समेत विभागले जनाएको छ । ग्लोबल टेक्नोलोजी एन्ड ट्रेडमार्क लिमिटेडले भक्तपुरको कटुुन्जेमा ‘जिटी एन्ड टी’ होटल स्थापना गर्न २०७० बैशाखमा अनुमति पाएको उल्लेख गरिएको छ ।

होटल भने मध्यपुर थिमीस्थित राधेराधेमा बनाएपछि विबादमा तानीन पुगेको हो । औद्योगिक व्यवसाय ऐन–२०७३ अनुसार अनुमति लिएकै स्थानमा उद्योग स्थापना गर्नुपर्ने, कारणवश सार्नुपरेमा अर्को अनुमति लिनुपर्ने उल्लेख छ । न्यौपानेले भने सो ऐन विपरित आफुखुशी स्थान परिवर्तन गरेर होटल बनाउन सुरु गरेका थिए । विदेशी लगानीको अनुमति पाउनुभन्दा दुई वर्षअघि अर्थात २०६८ सालबाटै सो भवन बनाउन थालिएको समेत पाइएको छ ।

पाँच तलाको भवनसँग जोडेर १७ तले अर्को संरचना निर्माण गर्न पनि सो ग्रुपले अनुमति लिइएको पाइएको छैन । मापदण्ड समेत पूरा नगरि खुला ठाउँ छाड्नुपर्ने भन्दा बढी क्षेत्रफलमा भवन निर्माण गरेपछि नगरपालीकाले बनाउन रोक लगाएको जनाइएको छ । न्यौपानेले नगरपालिकालाई बेवास्ता गर्दै भाईकाजी तिवारी नेतृत्वको काठमाडौं उपत्यका विकास प्राधिकरणबाट भवन बनेको क्षेत्रमा प्लानिङको अनुमति लिएपछि भने पूर्णरुपमा सो संरचना निर्माणमा रोक लगाएको नगरपालिकाले जनाएको छ । न्यौपानेलाई सो सम्बन्धमा प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा पनि उनी सम्र्पकमा आउन चाहेनन् ।

न्यौपानेले ब्रिटिश भर्जिन आइल्यान्डस्को ग्लोबल टेक्नोलोजी एण्ड ट्रेडमार्क कम्पनीबाट लगानी ल्याएको नेपालको सौरभ ग्रुप नेपालमा कर छलीदेखि सुपारीको कारोबारमा समेत मुछिएको समुह हो । सौरभ ग्रुपले विदेशी लगानी ल्याएको एउटा कम्पनीले नेपालमा साबुन र सुपारी उत्पादन गर्ने लक्ष्य राखेको विभागमा दर्ता गराएको विवरणबाट खुलेको छ ।

तर उसले‘ट्याक्स हेवन’ मुलुक युएईबाट समेत सोही नामको कम्पनीबाट नेपालमा विदेशी लगानी ल्याएको र त्यसको उद्देश्य पनि‘साबुन र सुपारी उत्पादन गर्ने’ नै उल्लेख गरेको भेटिएको छ । न्यौपानेको सौरभ ग्रुपअन्तर्गतका चार कम्पनीका डाइरेक्टर सुलभ अग्रवाल साबुन र सुपारी उत्पादन गर्ने कम्पनीका साझेदार हुन् । न्यौपानेको कम्पनीमा सहित गरेर ‘ग्लोबल टेक्नोलोजी ट्रेडमार्क लिमिटेड’ले नेपालमा चार पटक विदेशी लगानी गर्ने अनुमति लिएको देखिएको छ ।

२०६८ सालमा विदेशी लगानी गर्ने अनुमति पाएपछि पर्साको रामगढमा पान मसला, गुट्खा, स्विट सुपारी उत्पादन गर्नश्री मीनाक्षी प्रडक्ट नेपाल प्रालि दर्ता गरेको पाइएको छ । साढे ४ करोड रुपैया“ लगानी गरी स्थापना भएको यो कम्पनी पनि विवादमा मुछिएको पाइएको छ । २०७४ साउनमा फोहोरमैला गरेको भनेर स्थानीयले चर्को विरोध गरेका थिए भने कर छली विवादमा यो कम्पनी पनि मुछिएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो कम्पनीले ५४ लाख ९६ हजार २ सय रुपैयाँ कर छली गरेको फेला परेको थियो ।

उद्योग स्थापनाका लागि पर्साको रामगढ भन्ने ठाउ“मा अनुमति लिएपनि वीरगञ्ज पावर हाउस नजिकैको बस्तीको बीचमा उद्योग सञ्चालन गरेको छ । कानूनको उल्लंघन गरेको र दुुर्गन्ध फैलाएर सर्वसाधारणलाई सास्ती दिएको भनेर स्थानीयले चर्को विरोध गरेका थिए । प्राप्त कागजात अनुसार, सन् २०१४ अप्रिलमा नेपालको यो कम्पनी र भारतको विहार सरकारबीच पटना उच्च अदालतमाकर सम्बन्धी विवादमा मुद्दा चलेको पाइएको छ ।

ब्रिटिश भर्जिन आइल्यान्डस्को ग्लोबल टेक्नोलोजी ट्रेडमार्क लिमिटेड कम्पनीले भारतमा पनि पान–सूर्तीमा साम्राज्य कायम गरेको छ । ब्रिटिश भर्जिन आइल्यान्डस्को ग्लोबल टेक्नोलोजी ट्रेडमार्क लिमिटेडमा सन् २००२ देखि जितेन्द्र एस मन्दोतले म्यानेजरको रूपमा काम गरिरहेका छन् ।

नेपाल र भारतबीच हुने सुपारीको कारोबारमा यो कम्पनीकै वर्चस्व रहेको छ । वीरगञ्ज भन्सारबाट सबैभन्दा बढी सुपारी निर्यात गर्नेमा श्री मीनाक्षी प्रडक्टप्रालि कम्पनी पर्ने गरेको छ । भारतको ग्लोबल टेक्नोलोजी र नेपालको श्री मीनाक्षीकै म्यानेजर मन्दोत यस क्षेत्रका पनि इन्चार्ज हुन् । श्री मीनाक्षी प्रडक्ट प्रालिका डाइरेक्टर विनोद खेतान रहेका छन् । उद्योग विभागको वैदेशिक लगानीको सूची अनुसार, न्यौपानेको लगानीमा नवलपरासीमा सञ्चालित सर्वोत्तम सिमेन्ट प्रालिमा हङकङको कृष्ण होल्डिङ्स लिमिटेडको ४५ प्रतिशत शेयर रहेको समेत खुलेको छ ।

बा“की ५५ प्रतिशत लगानी न्यौपाने र उनका आफन्तको नाममा रहेको छ । २९ वैशाख २०६८ मा हङकङमा दर्ता भएको कृष्ण होल्डिङ्स लिमिटेडले २०६९ सालमा ६३ करोड रुपैया“ विदेशी लगानी भित्राएको छ । कृष्ण होल्डिङ्स लिमिटेड युुएईको कृष्ण इन्टरनेशनल लिमिटेडको होल्डिङ कम्पनी हो । जसका लगानीकर्ता रमेशकुमार सवर्थिया र अरुणादेवी सवर्थिया रहेका छन् ।

कृष्ण इन्टरनेशनल लिमिटेडको वेबपेजमा उल्लेख गरे अनुसार, उसले नेपाल, ट्याक्स हेवन मुलुक मौरिसस र साइप्रससहित २२ मुलुकमा लगानी गरिरहेको उल्लेख गरेको छ । रमेशकुमार सवर्थियाले ज्ञानेश्वर, काठमाडौंमा ‘कमर्सियल कम्ल्पेक्स’ निर्माण गर्ने भनेर २०६१ सालमा हङकङबाटै २ करोड ९५ लाख ५३ हजार रुपैया“ विदेशी लगानी ल्याउने अनुमती लिएको देखिन्छ । न्यौपानेको सौरभ ग्रुपअन्तर्गतको जगदम्बा सिन्थेटिक र क्वालिटी प्याकेजिङले पनि ‘प्रिन्टिङ एन्ड ल्यामिनेशन’ कै काम गर्ने गरेको छ ।

यो आधारमा न्यौपानेकै कम्पनीहरूमै यसले पनि विदेशी लगानी भित्राएको अनुमान लगाइएको छ । जगदम्बा सिन्थेटिक शंकर ग्रुप सम्बद्ध कम्पनी हो । सौरभ ग्रुपका अध्यक्ष न्यौपानेको लगानी रहेका चार वटा कम्पनीहरूले नेपालको विवादास्पद कर फछ्र्योट आयोगबाट पनि कर छूट सुविधा पाएको छ । न्यौपाने मातहतका चार कम्पनी लामो समयदेखि ८ करोड ७१ लाख ९८ हजार २४३ रुपैया“ कर बुुझाउनुपर्ने सूचीमा थियो ।

तत्कालीन अर्थमन्त्री रामशरण महतले २०७१ सालमा गठन गरेको तीन सदस्यीय कर फछ्र्योट आयोगले यो ग्रुपलाई ८ करोड ३१ लाख ८८ हजार २४३ रुपैया“ कर छूट दिएको छ । बुुझाउनुपर्ने कुल रकमको ३ दशमलव ४५ प्रतिशत अर्थात ४० लाख १० हजार रुपैया“ मात्रै बुुझाउन लगाएर बा“की रकम छूट दिएको रेकर्डबाट खुलेको छ । यसमध्ये सौरभ फोटो इन्टरनेशनलले ४ करोड ४६ लाख ६८ हजार ५३१ तिर्नुपर्नेमा १० हजार मात्रै तिरेर बा“की रकम छूट दिएको थियो ।

जगदम्बा वायरले १ करोड ४१ लाख ४६ हजार ६४४ रुपैया“ तिर्नुपर्नेमा ९ लाख रुपैया“ मात्रै बुुझाएर बा“की १ करोड ३२ लाख ४६ हजार ६४४ रुपैया“ छूट दिएको छ । सौरभ ग्रुपकै अर्को कम्पनी लक्ष्मी स्टिल्सले ७५ लाख १७ हजार ३२८ तिर्नुपर्नेमा २० लाख तिरेर ६५ लाख १७ हजार ३२८ रुपैया“ छूट पाएको थियो ।

शुुभश्री जगदम्बा सिमेन्टले १ करोड ३७ लाख ३१ हजार २७० रुपैया“ तिर्नुपर्नेमा एक लाख रुपैया“ मात्रै तिरेर १ करोड ३६ लाख ३१ हजार २७० रुपैया“ छूट पाएको थियो। सौरभ ग्रुपले ट्याक्स हेवनको शंकास्पद लगानी नेपाल ल्याउने, नेपालमा सकेसम्म कर नतिर्ने, तिर्नुपर्ने बाध्यात्मक अवस्थामा पनि राजनीतिक तथा प्रशासनिक पहुँच प्रयोग गरेर नाम मात्रको करबुुझाउने गरेको देखिन्छ ।

विवादास्पद कर फछ्र्योट आयोगले गैरकानूनी काम गरेको भन्दै आयोगका तत्कालीन तीन पदाधिकारीहरू अध्यक्ष लुम्बध्वज महत, उमेश ढकाल र आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा चलाई कारबाही समेत भोगी सकेको छ ।

नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा रहेको लक्ष्मी सिमेन्टका लगानीकर्ताहरूको विवरण अनुसार लक्ष्मी सिमेन्टका लगानीकर्ताहरूमा रूपन्देहीका मानव आचार्य र ट्याक्स हेवन मुलुक सेसल्स्मा दर्ता भएको अनन्त इन्टरनेशनल लिमिटेड रहेको भेटिएको छ । अनन्त इन्टरनेशनलको तर्फबाट दिल्ली, वसन्त विहारका अनिल गुप्ता र उनका छोरा अर्चित गुप्ता लक्ष्मी सिमेन्टका लगानीकर्ता रहेको पाइएको छ ।

यिनै अनिल गुप्ताले नेपालमा ट्याक्स हेवनको लगानी भित्राउने योजना बनाएको आईसीआईजेको विवरणबाट खुलेको छ । यसका लागि उनीहरूले बिचौलिया ल फर्म एप्पलबाईसँग मिलेल गुप्ता परिवारको ७० प्रतिशत र अर्का भारतीय नागरिक विनोद पोद्दारको नाममा ३० प्रतिशत शेयर हुने गरी आयल अफ म्यानमा कम्पनी खोलि सो अबैधधन्दा चलाएको समेत ढिला गरि प्राप्त कागजातबाट खुलेको छ ।

उक्त ल फर्मले ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता गर्ने, स्कटल्यान्डको रोयल बैंकमा रकम जम्मा गर्ने, बैंक बिचौलिया कम्पनी र लक्ष्मी सिमेन्टमा आबद्ध लगानीकर्ताहरूबीच इमेलमार्फत कारोबार गरेको देखिन आएको छ । ट्याक्स हेवन मुलुकहुँदै नेपालमा लगानीको प्रयास गरिरहेको गुुप्ता परिवारको नेपाल नाता भारतका सञ्चारमाध्यमहरूले समेत बेलाबखत प्रकाशन र प्रशारण गर्दै आएका छन् । भारतको अर्थ र वाणिज्य पत्रिका बिजनेश स्फेयरले प्रकाशित गरेको अन्तर्वार्तामा अनिल गुुप्ताले ‘नेपालको केपी सिमेन्टमा आफ्नो स्वामित्व रहेको’ बताएका थिए ।

ट्याक्स हेवन मुलुकबाट नेपालमा पैसा ल्याउन धेरैले एकपछि अर्को योजना बनाइरहेका पाइएको छ । भारतीय लगानीकर्ताको सम्बन्ध लक्ष्मी सिमेन्टमा मात्रै सीमित भने हैन । लक्ष्मी सिमेन्टका लगानीकर्ताहरू धादिङ, नौबिसेको केपी सिमेन्ट उद्योग, दाङको घोराही सिमेन्टमा समेत सो समुहको लगानी रहेको छ । बैंकक् बस्दै आएका मानव आचार्य र उनकी आमा सुमित्रादेवी आचार्यको लगानीमा धादिङको केपी सिमेन्ट इण्डष्ट्रिज प्रालिसञ्चालन रहेको कम्पनी रजिष्ट्रार कार्यालयको शेयर लगतमा उल्लेख छ ।

गुप्ता र आचार्य परिवारसहित २२ लगानीकर्ता रहेको केपी सिमेन्टमा राजनीतिक पृष्ठभूमिका व्यक्ति पनि रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्टका छोरा विराज विष्ट केपी सिमेन्टका शेयरधनी रहेको कम्पनी रजिष्ट्रार कार्यालयको दर्ता किताबबाट खुलेको छ ।

विराज विष्ट २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री थिए । विष्टले केपी सिमेन्टमा आफ्नो लगानी रहेको स्वीकार्दै आफु साधारण शेयर सदस्यमात्र रहेको बताएका छन् । दाङ लक्ष्मीपुरको घोराही सिमेन्टमा सुरेशकुमार अग्रवाल र उनको परिवारका सदस्यहरू लगानीकर्ता रहेका छन् ।

घोराही सिमेन्ट त्यो कम्पनी हो जसले ट्याक्स हेवनको मुलुक ब्रिटिश भर्जिन आइल्यान्डस्बाट २०७० जेठमा नेपालमा ८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्राएको देखिन्छ । घोराही सिमेन्ट कम्पनीका अध्यक्ष पुरुषोत्तमलाल संघाई रहेका छन् ।