स्रोत नखुलेको साँढे ४१ लाख नगदसहित पक्राउ

-


     सुचनाको हक     
     श्रावण ४ गते २०७९ मा प्रकाशित


पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ४१ लाख ५५ हजार रुपैयाँसहित भारत विहार पूर्वी चम्पारण थाना रक्सौल-११ बस्ने २५ वर्षीय राकेश कुमारलाई २०७९ साउन ४ गते बुधबार विहान प्रहरीले पक्राउ गरेको छ ।

भारतको रक्सौलबाट वीरगंजतर्फ बीआर ०५ एन ०२३८ नम्बरको मोटरसाईकललाई प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी तथा ट्याङ्कीमा लुकाई राखेको अवस्थामा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

 उनी उपर बैंक तथा वित्तीय संस्था ऐन, २०७३ विरूद्धको कसूरमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।