स्वत: प्रकाशन गर्न सिरहाका सिडियोको निर्देशन

- कल्याणपुर नगरपालिका द्वारा कानुन पालना नगर्ने खुलेआम जानकारी

-


     सुचनाको हक     
     चैत्र १८ गते २०७९ मा प्रकाशित


फाल्गुन महिनाको मासिक प्रतिबेदन र तेस्रो त्रैमासिकको स्वत: प्रकाशन गर्न सिरहाका सिडियोले निर्देशन जारी गरेका छन । सिरहा जिल्ला स्थित कार्यालयहरुको सूचना अधिकारीहरुको तेस्रो त्रैमासिक बैठकवाट निर्णय गराइ सिरहाका सिडियो भोजराज खतिवडाले त्यस्तो निर्देशन जारी गरेका हुन् ।

२०६४ सालमा बनेको सूचनाको हक सम्बन्धी ऐन यतिबेला सिरहामा कार्यान्वयन हुन लागेको र ती कानूनको कार्यान्वयनमा सूचना हकका लागी अभियानमा लागेका अभियानकर्ताहरुको कारण सम्भव भएकोले मांग बमोजिमको सूचना उपलब्ध गराउन सिरहाका सहायक सिडियोले बैठकमा सहभागी सूचना अधिकारीहरुलाइ निर्देशन जारी गर्नुभएको छ । फाल्गुन महिनाको मासिक प्रतिबेदन र तेस्रो त्रैमासिकको स्वत: प्रकाशन , सूचना अधिकारीहरुको फ्लेक्स बोर्ड झुण्ड्याउने,कार्यालय प्रमुख आफै सूचना अधिकारी नभइ स्थायी कर्मचारीलाइ तोकी जानकारी गराउने ,कार्यालय प्रमुख,लेखाप्रमुख र प्राबिधिक प्रमुखले कार्यालयको सूचना सूचना अधिकारीलाई उपलब्ध गराउने ,सूचना अधिकारीलाई सीमकार्ड र सोमा लाग्ने रिचार्जका लागी खर्च उपलब्ध गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिराहाका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी भवेश झाले बताउनुभयो।

कार्यालय प्रमुखद्वारा सूचनाको कानून उल्लंघन

यसरी सूचनाको हक कार्यन्वयन मा भोजराज चिच्याय पनि कल्याणपुर नगरपालिकाले भने उहाको आदेश र चिच्याहट लाइ धोति लगाईदेको छ l

कल्याणपुर नगरपालिका ,सिराहाका कार्यालय प्रमुखले आफैलाइ सूचना अधिकारी तोकेको छ । सूचना हकका अभियन्ता परशुराम साहले कल्याणपुर नगरपालिकाका सूचना अधिकारीको विवरण मांग गरेपछि कार्यालय प्रमुख बिष्णुरंजन बरालले आफु नै सूचना अधिकारी रहेको ब्यहोरा लिखित रुपमा उपलब्ध गराएका हुन् । जबकी सूचनाको हक सम्बन्धि नियमावली २०६५को २४ का मा स्पस्ट रुपमा कार्यालय प्रमुख पछिको दोश्रो वा तेस्रो व्यक्ति सूचना अधिकारि रहने भनि ब्यबस्था गरेको छ सूचना हकका अभियन्ता साहका अनुसार, कार्यालय प्रमुख बरालले चैत्र १ गते उपलब्ध गराएको सूचनामा आफुले आफैलाइ सूचना अधिकारी तोकेको , बिद्यालयहरुको सूचना अधिकारीको विवरण प्राप्त न भएको र कर्मचारी अभावका कारण स्वत: प्रकाशन नगरेको लिखित जवाफ दिएको बताए । कार्यालयले,२०७९ सालमा शितलहरको प्रकोपबाट जोगाउन दाउरा र कम्बल खरीदमा नगरपालिकाको बजेटबाट २३ लाख ३६ हजार ४२ र वडा कार्यालयको बजेटवाट १८ लाख ५१ हजार ३ सय ३६ खर्चेको बिबरण उपलब्ध गराएको छ । सूचना मांगको तयारी सूचना हकका अभियन्ता साहले सिराहाका सूचना अधिकारीहरुको बैठकवाट भएको निर्णय कार्यान्वयन भए नभएको बुझ्न सूचना मांग गर्ने जानकारी गराउनुभएको छ । साहले दिएको जानकारी अनुसार ,सिरहाका सिडियोले गरेको निर्णय पालिकाहरुले पालना गर्यो कि गरेन ? कार्तिक महिनाको मासिक प्रतिबेदन र स्वत: प्रकाशनको काम भयो कि भएन ? करारका कर्मचारीहरुको सट्टा स्थायी कर्मचारीलाइ सूचना अधिकारी तोक्यो कि तोकेन ? सूचना अधिकारीलाइ सूचना सम्पन्न सूचना अधिकारी बनाउन र उनीहरुले पाउने सुबिधा पायो कि पाएन? सो सम्बन्धि सूचना सिरहाका १७ वटै पालिकासंग बैशाखको पहिलो हप्तामा सूचना मांग गर्ने योजना रहेको साहले बताए ।

यसरि खुलेआम रुपमा कानुन पालना नगरेको जानकारी सूचना अभियन्तालाई दिने र कानुन पालना नगर्ने कर्मचारीलाई लाइ अहिले सम्म आयोग बाट कारबाही भएको छैन नेपाल टेलिभिजनको सूचना मेरो हक नामक कार्यक्रममा स्वत् प्रकाशन नगर्नेलाई अरन लगाउने र नगरे कारबाही गरिने कुरा आयुक्त ले बताए पनि अधिकांश स्थानीय तहले यो काम नगरेको प्रस्ट देखिन्छ