बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आय ठेक्काको बक्यौता रकम बुझाउन ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएको छ । आज सूचना प्रकाशित गर्दै उपमहानगरपालिकाले ३५ दिने म्याद दिएर विभिन्न आर्थिक वर्षमा आय ठेक्का लिएका तर बक्यौता नबुझाएका दश ठेकेदार कम्पनीलाई रकम दाखिला गर्न भनेको हो ।
यसरी बक्यौता नबुझाउने ठेकेदार कम्पनीहरुमा श्री रविशंकर प्रसाद कलवार, श्री सुमन निर्माण सेवा र विक्रान्त इम्पेक्स, न्यू पाथिभरा सप्लायर्स, श्रेष्ठ विल्डर्स प्रालि, ओम सप्लायर्स, विनोद साह निर्माण सेवा, न्यू गुप्ता सप्लायर्स, सिमरा कन्स्ट्रक्सन, जितेन्द्रप्रसाद यादव र रुट्स एड्भटाइजिङ रहेको छ ।
उनीहरुलाई यसअघि पनि रकम दाखिला गर्न बारम्बार पत्राचार गर्दासमेत अटेरी गरेको भन्दै उपमहानगरले सो समयावधिभित्र भुक्तानी नगरे आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ को दफा ४७ (३) बमोजिम आवश्यक प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
जीतपुरसिमराले हाटबजारदेखि पाडाभैंसी बजार, कवाडी कर, विज्ञापन करलगायत बक्यौता उठाउन सकेको छैन ।