रिब्दिकोट गाउँपालिकाले ल्यायो किसानलाई प्रोत्साहन भत्ता
गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका-१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ । गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । उनका अनुसार नयाँ किन्नेलाई पाँच हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरुपमा दुई हजार पाँच सय भत्ता दिइनेछ ।…
पुरा पढौ
सिंगो गाउँ नै ‘भूमाफिया’को कब्जामा
सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका— ७ का अधिकांश नागरिक घरजग्गाविहीन बन्न पुगेका छन्। केही समय जग्गा धितो राख्न मञ्जुरीनामा दिएबापत पैसा पनि पाइने र जग्गा पनि फिर्ता पाइने प्रलोभनमा पर्दा उनीहरू घरजग्गाविहीन बनेका हुन् । तत्काल केही रकम पनि दिने र जग्गा पनि आफ्नै भइरहने भन्दै दलालले फकाएपछि क्षणिक प्रलोभनमा पारेर लाखौंको जग्गा भूमाफियाको कब्जामा पुगेको हो। यस्तै समस्यामा पर्ने एक हुन्, चौतारा साँगाचोकगढी नगरपालिका—७ नेपानेका आइतराम तामाङ। उनका पाँच छोरा छन्। पाँच छोराका पाँच बुहारी र ११ नातिनातिनीसहित तीन…
पुरा पढौ
रमेश शेर्पा र सुनिल गोयलको सेटिङमा तातोपानीबाट मल तस्करी : बालुवाटारकै संरक्षण
सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेपछि कृषकहरु तस्करीको मल बढी मूल्य तिरेर खरिद गर्न बाध्य हुँदैआएका छन् । ३ बर्षदेखि सरकारले मल खरिद गर्नसकेको छैन । ३ बर्षअघि तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले मल खरिदको टेण्डर पाएको शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेजले ल्याउन नसकेपछि कालोसूचीमा राखेका थिए । उनले बंगलादेशबाट जीटुजी प्रक्रियाबाट मल ल्याउन खोज्दा पनि भारतको असहयोगका कारण सम्भव भएको थिएन । भुसाल मन्त्रीबाट बिदा भएपछि ४ जना कृषि मन्त्री फेरिइसकेका छन्, तर मल खरिद गर्न सकेका छैनन् । सरकारले…
पुरा पढौ
पाण्डेलाई जबर्जस्ती चोख्याएपछि अख्तियार क्रुद्ध
राप्रपा नेता एवम् सांसद विक्रम पाण्डे प्रमुख रहेको सिटिसिई कालिका कन्ट्रक्शन जेभीले सिक्टा सिंचाई आयोजना सात वर्षमा सम्पन्न गर्ने गरी २०६१ सालमा ठेक्का पायो । ४५ किलोमिटर मध्ये ४२ किमी नहर निर्माणको ठेक्का ६ अर्ब रुपैयाँमा जेभीले लिएको थियो । तर चरम भ्रष्टाचारका कारण नहर निर्माणमा गरिएको लगानी शुन्य अवस्थामा पुगेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलायो । अख्तियारले पूर्वमन्त्री समेत रहेका पाण्डेसहितका व्यक्तिले दुई अर्ब १३ करोड ७६ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको माग दाबी…
पुरा पढौ
२०२३/०२४ सालताका घरसारमा राजीनामा गरी किनेको जमिनलाई सर्वोच्च अदालतले सरकारी कायम गरिदियो
अन्ततः भूमाफियाको हातमा पुगेको अर्बाैं मूल्य पर्ने ९३ रोपनी जमिनलाई सर्वोच्च अदालतले सरकारी नै कायम गरिदिएको छ भने कानुनले चिहानमा पुगे पनि छाड्दैन भनेझैँ यस प्रकरणमा संलग्न रही हाल दिवंगत भइसकेका ८१–८२ वर्षको उमेर पुगिसकेका पात्रहरूलाई समेत भ्रष्टाचारमा दोषी ठहर्याइएको छ । प्रधानन्यायाधीशसमेत भइसकेका ओमप्रकाश मिश्र र अदालती स्वच्छताको वकालत गर्ने गौरीबहादुर कार्कीले व्यक्तिको नाममा सदर गरिदिएको त्यही जमिन अहिले सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलाशले सरकारको नाममा ल्याइदिएको हो । भरतपुरको नारायणी पुल पारी, गैंडाकोट, बगरमाथिको जमिनलाई व्यक्तिको…
पुरा पढौ
जनकल्याण प्रतिष्ठानद्वारा सूचनाको हककि सूचना अधिकारि सम्मानित
हल्दिबारी वडा नं. ३ की सामाजिक अभियन्ता www.suchanakohak.com कि सूचना अधिकारि ईश्वरा तिवारीले १५ लाख रुपैयाँ मूल्यको एक कठ्ठा जग्गा बाल संस्कार केन्द्र सञ्चालनका लागि दान गर्नुभएको छ । जनकल्याण प्रतिस्ठान एकल अभियान नेपाल, बाल संस्कार केन्द्र जिल्ला समिति झापा लाई हल्दिबारि निवासी श्री खडग तिवारी र इस्वरा कडेल तिवारी( यस संस्था कि उपाध्यक्ष ) ले करिब १५ लाख मुल्य बराबर को एक कठ्ठा जमिन दान गर्नु भएको छ । हल्दि बारी डडुवा स्थित शिवालय मन्दिरमा संस्था का अध्यक्ष शंकर…
पुरा पढौ
सामुदायिक वन महासंघ रुपाको अध्यक्षमा खड्का
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रुपा गाउँपालिको दोश्रो अधिवेशनले तिल बहादुर खड्काको अध्यक्षतामा १४ सदस्य नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।समितिको उपाध्यक्षमा गोपिनाथ सुवेदी, सचिव देवी सुवेदी न्यौपाने, कोषाध्यक्ष वन्दना पोख्रेल एवम् सदस्यहरुमा प्रज्वल शर्मा,सोम सुनारी, वद्री ओझा,सृजना ओझा,पवित्रा पुरी, रामराज घिमिरे, राजमी दर्जी,मोनिमाया गुरुङ,पुर्णिमा गुरुङ र सितादेवी पौडेल निर्वाचित हुनु भएको छ ।त्यसैगरि जिल्ला अधिवेशन प्रतिनिधि अप्सरा पगेनी, विमना खनाल, शिवदेवी भुजेल, आरती भुजेल, बुद्धिबहादुर घिमिरे, तिर्थराज पौडेल, प्रेमबहादुर गुरुङ र यदुराज सिं र प्रदेश प्रतिनिधिमा पवित्रा…
पुरा पढौ
वीरगञ्जमा गुठीको जग्गामा पोखरी खनेपछि विवाद
गुठी संस्थानले कृषि बाली लगाउन भाडामा लगाएको जग्गा माछा पालन गर्न पोखरी खनेको पाइएपछि वीरगञ्जमा विवाद भएको छ । वीरगञ्ज महानगरपालिका–२८ दर्दवास्थित ३० विघा १२ कठ्ठा १० धुर जमिनमा माछापोखरी बनाउन माटो खनेपछि विवाद भएको हो । स्थानीय वासिन्दाले नदी छेउको जमिनमा पोखरी खन्दा वर्षायाममा गाउँ नै डुबान हुने खतरा बढेको बताएका छन् । बाली लगाउने शर्तमा ०७२ वैशाख २४ गते मदनप्रसाद यादवले उक्त जमिन ठेक्कामा लिएका थिए । सम्झौतामा बार्षिक १० मन प्रतिविघा धान वा सो बराबरको रकम बुझाउने…
पुरा पढौ
गलत सिफारिसमा हस्ताक्षर गर्ने वडा अध्यक्ष लाइ मुद्धा
जिल्ला सर्लाही, साविक हरिवन गाउँ विकास समिति वडा नं. २(ग) हाल हरिवन नगरपालिका वडा नं. १० नयाँरोड बजार अन्तर्गतको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको मुल्य न्यूनतम मूल्याङ्कन पुस्तिकामा उल्लेख भएको न्यूनतम मुल्यभन्दा कम राखी रजिस्ट्रेशन पास गराई राजस्व हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हरिवन नगरपालिका वडा नं. १० का तत्कालीनका तथा हाल समेतका वडा अध्यक्ष शम्भु प्रसाद मैनालीले जिल्ला सर्लाही साविक हरिवन गाउँ विकास समिति वडा नं. २(ग) हाल हरिवन नगरपालिका वडा नं.…
पुरा पढौ
सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगिता
गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो । सुन्तला खानेमा ६ जना सहभागी भएका थिए । यसमा सबैभन्दा बढी खाएर प्रथम सुशील खनाल भएका छन् । उनले तोकिएको पाँच मिनेटमा एक किलोग्राम सात सय ६५ ग्राम सुन्तला खाएको थियो । उनले एक हजार नगद पुरस्कार पाएका छन् । त्यस्तै प्रतियोगितामा सहभागी मनोज अर्यालले एक किलो चार सय ६० ग्राम, प्रेम पन्थले एक…
पुरा पढौ