काभ्रेमा कर छल्ने र बेरुजु बढाउने को–को ?
काभ्रेपलाञ्चोकस्थित सरकारी कार्यालयहरूको लेखापरीक्षण सकिएको छ । ०७८र७९ को लेखापरीक्षण सम्पन्न गरी सम्बन्धित कार्यालयमा प्रतिवेदन बुझाइएको छ । जिल्लामा रहेका १३ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरुजु हुने पालिका पनौती हो । कम बेरुजु हुने पालिकाको रूपमा फेरि पनि महाभारत गाउँपालिकाले बाजी मारेको छ । उसको कूल कारोबारमा ०.२६ प्रतिशत बेरुजु देखिएको छ । महाभारतपछि कम बेरुजु भएको पालिका तेमाल हो । उसको ०.७६ प्रतिशत बेरुजु छ । पनौती नगरपालिकाको सबैभन्दा धेरै ११.२९ प्रतिशत बेरुजु छ । पनौतीमा संघ सरकारले…
पुरा पढौ
ग्राभेल उत्खननमा रोक लगाएको भन्दै प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात
सिरहामा ग्राभेल उत्खननमा रोक लगाएको भन्दै ग्राभेल माफियाहरुले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । पछिल्लो समय ग्राभेलको हवको रूपमा परिचित रहेको जिल्लाको धनगढीमाइ नगरपालिकामा अबैध रुपमा संचालनमा रहेको ग्राभेल खानी उत्खननमा रोक लगाएको भन्दै ग्राभेल माफियाहरुले प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेमाथि हातपात गरेका हुन । अधिकृतसहित अन्य कर्मचारीहरुलाई गालीगलौज गर्नेहरुमाथि कार्वाहीको माँगगर्दै कर्मचारीहरुले अनिश्चितकालको लागी कामकाज ठप्प गर्ने घोषणा गरेका छन्। कमलामाई सप्लायर्स धनुषका संचालक वेचन शर्माको नेतृत्वमा आएका ५/७ जनाको समूहले २०८० वैशाख १५ गते शुक्रवार अपरान्ह…
पुरा पढौ
सिंगो गाउँ नै ‘भूमाफिया’को कब्जामा
सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका— ७ का अधिकांश नागरिक घरजग्गाविहीन बन्न पुगेका छन्। केही समय जग्गा धितो राख्न मञ्जुरीनामा दिएबापत पैसा पनि पाइने र जग्गा पनि फिर्ता पाइने प्रलोभनमा पर्दा उनीहरू घरजग्गाविहीन बनेका हुन् । तत्काल केही रकम पनि दिने र जग्गा पनि आफ्नै भइरहने भन्दै दलालले फकाएपछि क्षणिक प्रलोभनमा पारेर लाखौंको जग्गा भूमाफियाको कब्जामा पुगेको हो। यस्तै समस्यामा पर्ने एक हुन्, चौतारा साँगाचोकगढी नगरपालिका—७ नेपानेका आइतराम तामाङ। उनका पाँच छोरा छन्। पाँच छोराका पाँच बुहारी र ११ नातिनातिनीसहित तीन…
पुरा पढौ
पालिकाका अध्यक्ष उपाध्यक्ष नै भ्रस्टाचारी
जिल्ला सिरहा, लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कलभर्ट निर्माणका लागि आ.व. २०७५/०७६ र २०७६/०७७ मा विनियोजन भएको रकमवाट सामान्य रुपमा निर्माण कार्य गरी ठुलो रकम भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ४ स्थित धन्छवारको पश्चिम कटनिया नयाँ नदीमा पुल निर्माणको लागि आ.व. २०७५/०७६ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत रकम स्वीकृत भई लक्ष्मीपुर पतारी गाउँपालिकाको पुल निर्माण योजनाको जिम्मा गाउँपालिकावाट विस्नुदेव यादव अध्यक्ष रहेको उपभोक्ता…
पुरा पढौ
नासु रामकृष्ण पंडित र लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाइ भ्रष्टाचार सम्बन्धि मुद्धा
भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पंडित र भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज नायब सुब्बा रामकृष्ण पंडित र लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाई सेवाग्राहीबाट रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।११।१८ गते नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर महोत्तरीका नायब सुब्बा…
पुरा पढौ
विद्वान हरु नेताको झोले बन्दै देश डुबाउदै
नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त कुलपति भूपाल राईको अध्यक्षतामा बैठक बसी अख्तियारको चरम दुरुपयोग गरी विभिन्न गलत निर्णयहरु गरेको आरोप लागेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका विभिन्न ११ ओटा विभागमा आफूखुसी भाग पु¥याउन र कार्यकर्ता र भजनमण्डलीलाई भत्ता खुवाउने दुरासयपूर्ण निर्णय गरी झन्डै दुई तिहाई सदस्य सल्लाहकारको मनोनयन गरेको पाइएको छ । यसबाट प्रतिष्ठानलाई ठुलो आर्थिक व्ययभार पर्ने देखिन्छ । यसअघि प्रतिष्ठानको विभागमा प्रमुख बाहेक बढीमा ५ जना सदस्य १ जना सल्लाहबार मनोनयन गर्ने परम्परा र नियम रहे पनि यस परिषद्ले राज्य स्रोतको…
पुरा पढौ
अबैध क्रसर उद्योगको संरक्षणमा सरकार र दलका नेता !!!
रोशन कार्की राजनीतिक दलका नेतादेखि सरकारकै संरक्षणमा अहिले देशभर प्राकृतिक स्रोत साधानको अत्याधिक दोहन हुदै आएको छ । सो दोहनबाट सरकारी ढुकुटीमा जम्मा हुनु पर्ने कर राजश्व समेत छली गर्दै आफुखुसी मुल्य निर्धारण गरी खुलेआम बिक्री हुदै आएपनि कारबाही नहुदाँ सो अबैधधन्दाले उग्र रुप लिदै गएको छ । यसरी प्राकृतिक स्रोत साधानको खुलेआम दोहन गर्ने कार्यमा देशभर सञ्चालनमा रहेका क्रसर उद्योगहरु रहेका छन् । क्रसर उद्योगका लगानीकर्ताहरुको दादागिरी यतिसम्म रहेको छ की सो बारे मानिसले प्रश्न सोध्न त परको कुरा…
पुरा पढौ
घुस खान सुब्बा हुन् नपर्ने ठग्न जाने ओउगने
पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीका लागि अन्य मुलुक जानेको संख्या हवात्तै बढेको छ । मुलुकमा एकातिर बेरोजगारी र अर्कातिर आर्थिक संकट निम्तिँदा वैदेशिक रोजगारीका लागि विदेशिनेको क्रम बढ्दै गएको छ । वैदेशिक रोजगारीका लागि विदेशिनु अहिलेका युवाहरुको रहर नभई बाध्यता हो । तर, सीमित व्यक्तिहरुले यसको फाइदा उठाएर आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक पठाइदिने नाममा ठगी गर्दै आएका छन् । यसरी बाध्यतामा वैदेशिक रोजगारीका लागि विदेश जान बैंक तथा वित्तीय संस्था वा व्यक्तिहरुबाटै मिटरब्याजमा ऋण लिएकाहरु प्रलोभनमा…
पुरा पढौ
३१ अरबको घोटाला राज्यको अर्बौं रुपैयाँ जोखिममा
एनसेल प्रकरणमा मुछिएका सञ्चालक सतिसलाल आचार्यले स्मार्टको लाइसेन्स जोगाउन अनेक प्रपञ्च गरिरहेका छन् । एनसेललाई सहयोग पुग्नेगरी दुरसञ्चार ऐन २०७९ को मस्यौदा तयार पार्ने मुख्य व्यक्तिको भूमिका रहेका उनले स्मार्ट टेलिकमले आफ्नो लाइसेन्स जोगाइदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएका छन् । ३० अर्ब नविकरण शुल्क नबुझाए नेपाल सरकारको स्वामित्वमा आउन लागेको स्मार्ट टेलिकमको लाइसेन्स जोगाउनका लागि मन्त्रालयमा केही दिनअघि मात्रै निवेदन परेको छ । आवश्यक दस्तुर र बक्यौता रकम चुक्ता गरी नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाटै नवीकरणको फाइल अगाडि…
पुरा पढौ
अर्थ मन्त्रालयले खर्च कटौति गर्न पठाएको १४ बुँदे परिपत्रको मजाक उडाउदै सडक बिभाग
सरकारी राजस्व लक्ष्य अनुसार नउठेको भन्दै अर्थ मन्त्रालयले तालिम, गोष्ठी, सेमिनारको बजेट कटौती गरेको छ । २०७९ माघ १७ गते मन्त्रालयले सबै मन्त्रालयहरू, संवैधानिक निकाय र सरकारी संघ–संस्थाहरूमा पत्राचार गरे पनि भौतिक मन्त्रालय मातहतको सडक विभागले भने त्यसलाई परिपालना नगरी अटेरी अघिल्लो हप्ता सम्पन्न भएको कार्यक्रमले पुष्टि गरेको छ । यसरी अर्थ मन्त्रालयले खर्च कटौति गर्न पठाएको १४ बुँदे परिपत्रको एक नम्बरमै तालिम, गोष्ठी र सेमिनार नगर्न भनिए पनि मन्त्रालयले सुनुवाइ नगरेको पाइएको छ । विभागस्रोतका अनुसार सडक विभागले वार्षिक…
पुरा पढौ