भ्रष्टाचार मुद्धामा दोषी ठहर भए कांग्रेस नेता सिंह
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह भ्रष्टाचारी ठहर भएका छन । सिंहलाई सर्वाेच्च अदालतल् भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सिंहलाई दोषी ठहर गरेको हो । मंगलबार जारी गरिएको फैसलामा सिंहलाई दोषी ठहर गरिए पनि कैद र जरिवानाको सजाय भने खुल्न बाँकी रहेको छ । सिसौ काटेर भारतमा तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसका प्रभावशाली नेता सिंहविरुद्ध मुद्दा दायर गरेको थियो । यसअघि विशेष अदालतले दोषी…
पुरा पढौ
अनुसन्धान र अभियोजनमा ढिलासुस्ती नगर्न अख्तियारलाई लेखा समितिको निर्देशन
सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको अनुसन्धान तथा मुद्दा दायर प्रक्रिया सुस्त भएको जनाउँदै अनुसन्धान र अभियोजनका काममा शीघ्रताका साथ अघि बढाउन निर्देशन दिएको छ । साथै समितिले गैरआर्थिक क्रियाकलापलाई पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन आयोगलाई निर्देशन दिएको छ । आजको बैठकमा समितिबाट यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भएका निर्देशनको कार्यान्वयनको अवस्थाका बारेमा छलफल भएको थियो । छलफलका क्रममा समिति सदस्यहरुले आयोगमा वर्षौंदेखिका उजुरी थन्किरहेको र त्यसको अनुसन्धान तथा अभियोजनको प्रक्रिया सुस्त देखिएको…
पुरा पढौ
बैंक ठगीमा माधवकुमार नेपालका भान्जा पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साविकको सेन्चुरी कमर्सियल बैंकका ११ जना कर्मचारीलाई पक्राउ गरेको छ । कमसल धितोमा कर्जा प्रवाह गरेर नागरिकको रकम हिनामिना गरेको आरोपमा सीआईबीले मंगलबार हाल प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (सेन्चुरी कमर्सियल बैंकका तत्कालीन कार्यकारी अधिकृत (सिइओ)) मनोज न्यौपानेसहित ११ जनालाई पक्राउ गरेको हो । बैंकको सिइओ हुँदा कर्जा प्रवाहमा अनियमितता गरेको आशंका गरिएका उनीसहित अन्यलाई अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा न्यौपानेसहित सेन्चुरी बैंकका पूर्वसीईओ…
पुरा पढौ
विद्युत बक्यौताबारे कुलमान : सबै अधिकार मेरो हातमा छैन
नेपाल विद्युत प्राधिकरणले विभिन्न ६१ वटा उद्योगको बक्यौता विवरण सार्वजनिक गरेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार कार्यक्रम आयोजना गरी उक्त विवरण सार्वजनिक गरेका हुन्। घिसिङले विगतको बक्यौतालाई तीन समय खण्डमा विभाजन गरेका छन्। २०७२ साउनदेखि पुससम्मको ९७ करोड। त्यतिबेला विद्युत प्राधिकरणले डेडिकेटेडको महसुल तोकेपनि महसुल निर्धारण आयोग, हालको नियमन आयोगबाट स्वीकृत भएको थिएन। यस सम्बन्धमा सर्वोत्तम सिमेन्टले हालेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यो अवधिको अतिरिक्त शुल्क नलिन आदेश गरेको थियो। २०७२ माघदेखि २०७५ वैशाख मसान्तसम्म…
पुरा पढौ
रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका नयाँ तीन भेरियन्ट सार्वजनिक, कति पर्छ मूल्य ?
रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल सार्वजनिक भएका छन् । बुधबार रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि नक्साल शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुवास चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधि नेपाल बजार प्रमुख अभिषेक सुक्लाद्वारा तीन नयाँ मोटरसाइकल सार्वजनिक गरिको हो । सर्वाजनिक गरिएका तिन नयाँ मिटिओर फयरवल, मिटिओर स्टेलर र मिटिओर सुुपरनोभा सार्वजनिक गरिएका हुन् । मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर-ओयल कुल्ड रहेको छ । इन्जिनले अधिकतम ६ हजार १००…
पुरा पढौ
टेरामक्स प्रणाली खरिदको अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । साथै यसमा भएको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन भनेको छ । लेखा समितिले टेरामक्स प्रणाली खरिदबारे बुधबार नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायत निकायका अधिकारीहरुसँग छलफल गरेको थियो । समितिले खरिद प्रक्रियामा १५ प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको छ । साथै प्रणाली खरिदमा हालसम्म भएका कामको सूक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ । हरेक…
पुरा पढौ
एनसिएचएलको १५औं वार्षिकोत्सव सम्पन्न
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले १५औं वार्षिकोत्सव मनाएको छ। पुस ८ गते काठमाडौंको होटल अलफ्टमा औपचारिक कार्यक्रमको आयोजना गरी कम्पनीले वार्षिकोत्सव मनाएको हो। नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूको नेतृत्वमा २०६५ पुस ८ मा एनसिएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरू स्थापना गर्न सञ्चालनमा आएको थियो। एनसिएचएल पब्लिक फाइभट पार्टनरसिप मोडेलको अवधारणमा नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरू तथा एससिटिको ९ करोड रूपैयाँभन्दा कमको पुँजीबाट सुरू भएको कम्पनीले बताएको छ। वार्षिकोत्सव कार्यक्रममा एनसिएचएलले १० वर्षभन्दा बढी समयदेखि…
पुरा पढौ
नारायणगढ-बुटवल सडकखण्ड अन्तर्गत १८ किलोमिटर कालोपत्रे
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रेको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वी खण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्रे गरिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राकेश झाका अनुसार अहिले एकतर्फी कालोपत्रेसँगै सबबेस (कालोपत्रे गर्नु पूर्वको अवस्था), ठूला पुल निर्माण, सडकको दायाँबायाँ र खोला किनारमा पर्खाल निर्माणलगायतका काम भइरहेका छन् । आगामी दुई महिनाभित्र एकतर्फी ४२ किलोमिटर कालोपत्रे गर्नेगरी सडक विस्तारको…
पुरा पढौ
उत्पादनमा आधारित अनुदान प्रणाली लागु गरिदैछ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादनमा आधारित अनुदान प्रणाली लागु गर्न थालेको जानकारी दिनुभएको छ ।सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘कृषिमा राज्यको लगानी घटेको छैन तर उत्पादकत्व बढेको छैन। सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पु¥याई कृषि क्षेत्रमा उपलब्ध गराइएका अनुदानहरूलाई यसै आर्थिक वर्षभित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणका आधारमा अनुदान तथा मल वितरण गर्न सुरु गरिँदैछ। प्रमुख खाद्यान्न तथा तरकारीमा ‘उत्पादनमा आधारित अनुदान प्रणाली’ लागू गरिँदैछ। दूध किसानहरूको बाँकी बक्यौता २०८०…
पुरा पढौ
यो वर्षको पर्यटक संख्या बृद्धि रेकर्डकै रुपमाः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पर्यटकको संख्या लगभग रेकर्डकै रूपमा बृद्धि भएको बताउनुभएको छ ।सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘अहिले सुन्दा अपत्यारिलो लाग्ला तर क्षेत्रगत तयारी र योजनाबाट अर्को वर्ष हामी पर्यटकको संख्या झण्डै दोब्बर बनाउँछौं भन्ने मेरो विश्वास छ। लुम्बिनी वरपरको ८ वर्गकिलोमिटरको ग्रेटर लुम्बिनी परियोजना अगाडि बढ्दैछ। ग्रेटर लुम्बिनी अन्तर्गत रामग्राम र कपिलवस्तुको गुरुयोजना अगाडि बढिरहेको छ। फरकफरक क्षेत्रका पर्यटकका लागि सरकारले फरकफरक रणनीतिमा काम गरिरहेको छ।’ठूलो खर्च भएका…
पुरा पढौ