स्वास्थ्य

नेपालको दुर्गम क्षेत्रमा सामुदायिक मानसिक स्वास्थ्यमा सुधार

सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमक अन्र्तगत इलाम पाइलट प्रोजेक्टको सिकाई उपलब्धीपूर्ण र प्रभावकारी रुपमा सम्पन्न भएको छ । युनिटि इन हेल्थ नेपालले गरेको कार्यक्रममा यसको प्रभावकारीता बढेको पाइएको हो ।काठमाडौंमा भएको समापन कार्यक्रमको समिक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार हरेक बर्ष संसार भरि सात लाख भन्दा बढि मानिसले आफैले आफ्नो ज्यान लिने गर्छन् । यसको मतलब हरेक मिनेट, संसारको कुनै ठाँऊमा कसैले आफ्नो ज्यान लिन्छ । संसारमा हुने आत्महत्याहरु मध्ये लगभग ७७ प्रतिशत आत्महत्या कम र मध्यम आय भएका देशहरुमा हुने गर्छ… पुरा पढौ

स्वास्थ्य बिमा बोर्डले अस्पतालहरुलाई तिर्ने नयाँ शुल्क

स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुलाई तिर्ने बहिरंग र आकस्मिक सेवाको शुल्क घटाएको छ । बोर्डले माघ ८ गतेदेखि लागु हुने गरी नयाँ शुल्क निर्धारण गरेको सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् । बोर्डको आइतबारको बैठकले निर्धारण गरेको नयाँ शुल्क अनुसार अब बीमामा आवद्ध व्यक्तिको ओपीडीमा ५० रुपैयाँ र आकस्मिक सेवाको टिकटका लागि १०० रुपैयाँ लाग्ने छ । यसअघि ओपीडीमा २०० रुपैयाँ र आकस्मिक सेवामा ४०० रुपैयाँ शुल्क तोकिएको थियो । ‘हाल सुविधा थैलीमा भएको ओपीडी प्याकेज कस्ट २०० र इमरजेन्सी प्याकेज… पुरा पढौ

स्वास्थ्य विमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य विमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ ।सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो–‘२०७४ सालमा म प्रधानमन्त्री हुँदा राष्ट्रिय स्वास्थ्य बिमा ऐन ल्याइएको हो, तर बिमा कार्यक्रम त्यसको भावना र व्यवस्थाअनुसार अघि बढेन। अब यसलाई सुधार्दै मेरै कार्यकालमा बनेको ऐन बमोजिम नागरिकको स्वास्थ्यमा पहुँचको संवैधानिक हकको ग्यारेन्टी गर्ने काम उच्च प्राथमिकतामा हुनेछ।’स्वास्थ्य बिमा ऐन बमोजिम बिमाको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत सुधार, बोर्डको क्षमता अभिवृद्धि, बलियो अनुगमन र… पुरा पढौ

सुनिल शर्माको थप कागजाज पनि डेढ वर्षअघि नै पुगेको थियो सीआईबी

 नेपाल मेडिकल काउन्सिलले शंकास्पद प्रमाणपत्र भएका एक हजार ६०३ जना चिकित्सकको विवरण झण्डै ५ वर्ष अघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको खुलेको छ । सीआईबीले १५ फागुन २०७५ मा गरेको पत्राचार अनुसार काउन्सिलले २७ असोज २०७६ मा एक हजार ६०३ जना चिकित्सकको विवरण उपलब्ध गराएको खुलेको हो । नक्कली प्रमाण पत्र भएको आरोपमा नाम जुध्दा पक्राउ परेका अर्कै डा. रञ्जितकुमार यादवको प्रमाण पत्र भुलबस संलग्न भएको भन्दै काउन्सिलले लेखेको पत्रमा १६०३ जनाको नाम पहिल्यै उपलब्ध गराइएको पनि… पुरा पढौ

स्थानीय तहलाई सामान्यले भन्यो- महामारीमा विशेष सतर्कता अपनाउनु

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई विपद् तथा महामारीमा विशेष सतर्कता निर्देशन दिएको छ । सबै स्थानीय तहलाई परिपत्र गर्दै सामान्यले विभिन्न जिल्लामा मानव तथा पशुहरूमा फैलिएको रोगबारे कानुन बमोजिम स्थापित विपद् व्यवस्थापनका संयन्त्र तथा सरोकारवाला निकायसँग पर्याप्त समन्वय र सहकार्य गरी थप क्षति हुन नदिन विशेष सतर्कता अपनाउन आग्रह गरेको हो पुरा पढौ

आँखाको निःशुल्क उपचार गर्ने सम्बन्धी सम्झौतापत्र

नेपाल नेत्रज्योति सङ्घ र अष्ट्रेलियाको डाक फाउन्डेसनका बीचमा आपसी सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ । उक्त सम्झौतापत्रमा सङ्घका तर्फबाट अध्यक्ष प्रा डा चेतराज पन्त र फाउन्डेसनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका हुन् । फाउन्डेशनले सन् २०२३ का लागि करिब आठ हजार आँखाका बिरामीको निःशुल्क शल्यक्रियाका लागि सङ्घलाई अनुदान रकम उपलब्ध गराउने छ । सङ्घले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रममार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित नागरिकको निःशुल्क आँखाको उपचार गर्ने सङ्घका महासचिव भरतबहादुर चन्दले बताए… पुरा पढौ

विषालु च्याउ खाँदा ११ जना अस्पतालमा भर्ना

डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना  विषालु च्याउ खाँदा बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।  बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । उनीहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको… पुरा पढौ

७५३ वटै पालिकामा उपभोक्ता अदालत स्थापनाको माग

उपभोक्ता अधिकारकर्मी तथा पूर्वप्रशासकहरुले उपभोक्तालाई न्याय दिन ७ सय ५३ वटै पालिकामा उपभोक्ता अदालत स्थापना गर्नुपर्ने माग गरेका छन् । उपभोक्ता जागरण अभियान नेपालले काठमाडौँमा आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट र उपभोक्ताका सवाल विषयक विचार गोष्ठीमा उनीहरुले उपभोक्ता संस्थाहरुलाई कार्यक्रम र बजेट दिएर इमानदार र सक्षम बनाउने, उत्पादक, उपभोक्ता, र सरकारको प्रत्यक्ष सम्पर्कको सञ्जाल बनाएर उत्पादन र बजार सुनिश्चित गर्न माग गरेका हुन् ।  त्यस्तै पालिकाहरुलाई स्वच्छ बजार निर्माणमा बलियो भूमिका दिएर संघका निकायलाई बढी नीति निर्माणमा केन्द्रित… पुरा पढौ

गाउँमा निशुल्क आँखा स्वास्थ शिविर हुदा स्थानिय खुसी

ललितपुरको बागमती गाउँपालिका-१ मा तीन दिने नि:शुल्क आँखा शिविरमा ४१३ जनाले सेवा लिएका छन् । नेत्रधाम आँखा उपचार केन्द्रले आयोजना गरेको आँखा शिविरमा पहिलो पटक आँखाको ४१३ जनाले सेवा लिएका हुन् । साथै उक्त शिविरमा १४ जनाले आँखा शल्यक्रिया गराएका छन् भने शिविरमा छुटेका र अलि गम्भीर अवस्थाका बिरामीलाई नेत्रधाम कुपण्डोलमै ल्यायर शल्यक्रिया गरिएकोनेत्रधाम आई केयर सेन्टरको प्रबन्द निर्देशक डा. संयम बजिमयले जानकारी दिए । उनका अनुसार डा. प्रणव श्रेष्ठको संलग्नतामा ८ जनाको मेडिकल टिमले उक्त स्वास्थ शिविरमा सेवा सञ्‍चालन… पुरा पढौ

गाउँमा स्वास्थ्य संस्था खुले पछी स्थानीयलाई केहि राहत

‘केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाँही हामी आफै पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक दिन लाग्थ्यो, तर अब गाउँमै स्वास्थ्य संस्था आएपछि भने खुसी लागेको छ’, निसीखोला गाउँपालिका-५का कमला विकले भने। विकका चार छोराछोरी छन्। उनीहरु विरामी पर्दा एक दिन खर्चेर अस्पताल जानु पर्दथ्यो। तर यसै साता गाउँपालिकाले निसेलढोरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेपछि सामान्य उपचारका लागि अस्पताल पुग्नै पर्ने बाध्यता हटेकोमा उनीलगायतका स्थानीय खुसी छन्। निसेलढोर बागलुङको दुर्गममा पर्ने बस्ती हो। निसेलढोरका अधिकांश स्थानीय घुम्ती बसाइ… पुरा पढौ