काँग्रेस कार्यकर्ताले कर्मचारी कुटेको विरोधमा कालोपट्टी
नेपाली काँग्रेसका कार्यकर्ताले कार्यकक्षमै कर्मचारी कुटेको भन्दै तनहुँको भिमाद नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । काँग्रेस भिमाद नगर समितिको अगुवाईमा नेविसंघका कार्यकर्तासमेत जम्मा पारेर उपसचिव पदमराज आचार्यमाथि कार्यकक्षमै दुर्व्यवहार गरेर शिक्षा, युवा तथा खेलकुद शाखामा तालाबन्दी गरेको विरुद्धमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । आज विज्ञप्ति जारी गर्दै उनीहरुले ताला नखोलिएसम्म कालोपट्टी बाँधेर विरोध जनाउने बताएका छन् । काँग्रेस र उसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध केही व्यक्तिहरुले नगरपालिकाको काम कारबाहीको विषयलाई लिएर उपसचिव आचार्यमाथि कार्यकक्षमै अभद्र व्यवहार र शाखामा…
पुरा पढौ
लिएको २ लाख तिर्नुपर्ने ६२ लाख !
सागर चन्द २ लाख रुपैयाँ लिएर ६२ लाख रुपैयाँ ऋण थाप्लोमा बोकेर हिँडिरहेका रामसागर वातकले आफ्नो व्यथा सुनाउँदै गर्दा शान्तिवाटिकामा सरकारी वार्ता टोली मिटरब्याज पीडितसंग परिचय गर्दै थियो । शान्तिवाटिकालाई आफ्नो मुकाम बनाएर मिटरब्याज पीडित काठमाडौंमा आन्दोलित भएको ६ दिनपछि सरकारी वार्ता टोली आइतबार पीडित पक्षको वार्ता टोलीको नाम ठेगाना सोध्न आइपुगेको थियो । राज्य सञ्चालनका केन्द्रहरु सिंहदरबार, बालुवाटार र बानेश्वरमा क्षेत्रमा २० चैतदेखि आफ्नो पीडा सुनाइरहेका पीडितसंग परिचय गर्न भनेर गृहमन्त्रालयका सहसचिव प्रदिप कोइरालाको टोली शान्तिवाटिका पुग्यो । ‘आज…
पुरा पढौ
रमेश शेर्पा र सुनिल गोयलको सेटिङमा तातोपानीबाट मल तस्करी : बालुवाटारकै संरक्षण
सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेपछि कृषकहरु तस्करीको मल बढी मूल्य तिरेर खरिद गर्न बाध्य हुँदैआएका छन् । ३ बर्षदेखि सरकारले मल खरिद गर्नसकेको छैन । ३ बर्षअघि तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले मल खरिदको टेण्डर पाएको शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेजले ल्याउन नसकेपछि कालोसूचीमा राखेका थिए । उनले बंगलादेशबाट जीटुजी प्रक्रियाबाट मल ल्याउन खोज्दा पनि भारतको असहयोगका कारण सम्भव भएको थिएन । भुसाल मन्त्रीबाट बिदा भएपछि ४ जना कृषि मन्त्री फेरिइसकेका छन्, तर मल खरिद गर्न सकेका छैनन् । सरकारले…
पुरा पढौ
पाण्डेलाई जबर्जस्ती चोख्याएपछि अख्तियार क्रुद्ध
राप्रपा नेता एवम् सांसद विक्रम पाण्डे प्रमुख रहेको सिटिसिई कालिका कन्ट्रक्शन जेभीले सिक्टा सिंचाई आयोजना सात वर्षमा सम्पन्न गर्ने गरी २०६१ सालमा ठेक्का पायो । ४५ किलोमिटर मध्ये ४२ किमी नहर निर्माणको ठेक्का ६ अर्ब रुपैयाँमा जेभीले लिएको थियो । तर चरम भ्रष्टाचारका कारण नहर निर्माणमा गरिएको लगानी शुन्य अवस्थामा पुगेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलायो । अख्तियारले पूर्वमन्त्री समेत रहेका पाण्डेसहितका व्यक्तिले दुई अर्ब १३ करोड ७६ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको माग दाबी…
पुरा पढौ
ईशनाथ नगरपालिकाका नन्दकिशोर गुप्ता डेढ करोड काण्डमा अख्तियारको फन्दामा
ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज नन्दकिशोर गुप्ताले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५१।०१।२९ गते देखि निजले यस आयोगमा सम्पत्ति विवरण पेश गरेको मिति २०७९।०२।२५ गतेसम्मको अवधिमा निजको विभिन्न शीर्षकहरुमा भएका आयतर्फ र व्ययतर्फ गरी आयको अनुपातमा खर्च तथा लगानी गरेको व्यय एवं विद्यमान सम्पत्ति रु. १,४९,९७,८६४।२० बराबरको स्रोत नखुलेको हुँदा निज सार्वजनिक पद धारण गरेका नन्दकिशोर गुप्ताले प्रचलित कानून बमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वभाविक…
पुरा पढौ
दैलेखको भगवतीमाई गाउँपालिकाकोआयोजनामा सूचनाको हक सम्वन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न
दैलेखको भगवतीमाई गाउँपालिकाले कार्यालय प्रमुख र सूचना अधिकारीलाई अभिमुखीकरण तालिम दिएको छ । आम नागरिकले माग्ने सूचनालाई प्रभावकारी बनाउन पालिकाले कार्यालय प्रमुख र सूचना अधिकारीलाई तालिम दिएको हो भगवतीमाई गाउँपालिकाको आयोजना, राष्ट्रिय सूचना आयोगको सहजीकरण तथा नवप्रवर्द्धन साझेदारी कोष (IPF) प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा “व्यावसायिक कृषि, पशुपालन र पूर्वाधार, समृद्ध भगवतिमाई गाउँपालिकाको आधार” भन्ने नाराका साथ सार्वजनिक निकायका कार्यालय प्रमुख र सूचना अधिकारीलाई सूचनाको हक सम्बन्धी अभिमुखीकरण शनिवार गाउँपालिकाको सभा हलमा सम्पन्न गरिएको भगवतिमाई गाउँपालिकाका सूचना…
पुरा पढौ
सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम
सत्ता गठबन्धनले शान्ति प्रक्रियाका बाँकी कामलाई तत्काल पूर्णता दिनेलगायतका विषय समेटिएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत शीर्ष नेताहरूको उपस्थितिमा सदाचार, सुशासन तथा आर्थिक विकासलाई ध्यानमा राखिएको साझा कार्यक्रम सार्वजनिक गरिएको हो । संयुक्त सरकारका प्राथमिकतामा विभिन्न नौ बुँदा समेटिएको छ । त्यसमा संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जन/विकास गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सङ्घीयता कार्यान्वयन गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । त्यस्तै देशको अर्थतन्त्र रूपान्तरण र…
पुरा पढौ
सेतीमा कर्मचारी छनौटमा चलखेल भइरहेको प्रति सदस्य भट्टले गराए मेसुको ध्यानाकर्षण
सेती प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी छनौटमा व्यापक चलखेल भइरहेको आरोप लागेको छ । प्रादेशिक अस्पतालले चिकित्सक, नर्सिङ कर्मचारी, अहेव, अनमी, ल्याब टेक्निसियिन लगायतको पदपूर्ति गर्ने भन्दै ७१ जनाका लागि विज्ञापन आह्वान गरेकोमा भर्ना प्रक्रियामा चलखेल भइरहेको आरोप लागेको हो। ६ चैतमा अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गर्दै ८ जना नवौँ तहका विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, ३५ जना स्टाफ नर्ससहितका ७१ जनाका लागि दरखास्त माग गरेको थियो। सबै पदमा एक हजार ८३ जनाले आवेदन दिएका छन्।…
पुरा पढौ
पञ्जीकरणमा करोडौंको खेल
देशमा आर्थिक संकट गहिरिएको छ । तर, केही कर्मचारीहरु भने विदेशबाट ऋण लिएर भएपनि कमिसन खाने धन्दामा सक्रिय छन् । अचम्म यस्ता योजना सहजै पास पनि हुन्छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा लक्षित वर्गमा पु¥याउन एकीकृत लगत परियोजना अघि बढाएको छ । जुन देशको लागि भन्दा केही कर्मचारीको स्वार्थमा ल्याउन लागिएको स्रोत बताउँछ । विश्व बैंकको ऋण सहयोगमा यो कार्यक्रम सुरु हुन लागेको हो । यसले सामाजिक सुरक्षाको दोहोरोपन अन्त्य हुने दाबी गरिएको छ…
पुरा पढौ
३७ जना सिडिईको सरूवा
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ०७९ चैत १० गते ३७ जना सिनियर डिभिजन ईन्जिनियरहरूलाई सरुवा, पदस्थापन तथा काज सरुवा गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरेको हो । यस अघिका प्राविधिक कर्मचारीको सरुवा र पदस्थापना विवादरहित हुन नसकेको घुस असुली हुने गरेको भन्दै मन्त्रालयको नेतृत्वप्रति आलोचना हुँदै आएको थियो । तर, यसपटक भने यस्ता घुस असुलीका गुनासोहरू बाहिर आएका छैनन् । प्राविधिक कर्मचारीहरूको सरुवा र पदस्थापनामा ठुलै रकमको चलखेल हुने गरेका कारण सिङ्गो मन्त्रालय नै बद्नाम हँदै आएको…
पुरा पढौ