राजनीति

डिग्री पास गरेका माओबादी उम्मेदवार : जो सुकुम्वासीमा बस्छन् ।

पोखरा महानगरपालिका वडा नं १७ मा चुनावी माहोल तातिरहेको छ । अघिल्लो निर्वाचनमा नेकपा एमालेले बिजय हासिल गरेको भएपनि यो पटक एमाले चुनाव जित्ने कुरामा निस्चिन्त हुन नसकेको देखिएको छ । एमाले उम्मेदवारहरुमा नदेखिएको चमक भने नेकपा माओबादी केन्द्रका उम्मेदवार ओम बहादुर पौडेलमा देखिन थालेको छ । बिहान घरदैलोमा जादै गर्दा उनले एक जना एमालेमा भोट हाल्नुभएकी बृद्ध आमाले आर्शिबाद दिनुभयो । पैसा कमाउने लालच भएको भए त तिमी दरबार बस्थौ तर डिग्री पास गरेर पनि सुकुम्वासीमा छौ । मेरो… पुरा पढौ

स्थानीय तह निर्वाचन : रोजगारदेखि नून व्यवस्थापनसम्म चुनावी एजेण्डा

शुक्लाफाँटा नगरपालिका–४ का रामदत्त भट्ट पेशाले मिठाइ बनाउने कारिगर हुन । उहाँ होटेलमा विभिन्न प्रकारका मिठाइ बनाउने कार्य गर्नुहुन्छ । यस कार्यबाटै भट्ट परिवारको खर्च चल्ने गरेको छ । हाल उहाँको दिनचर्या फेरिएको छ । बिहानीपख होटलमा काम गर्नुहुन्छ । दिउँसो र साँझ स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको काममा व्यस्त हुनुहुन्छ । “श्रम गरी जीविका चलाउने व्यक्तिको जीवतस्तर जस्तो पहिला थियो । अहिले पनि त्यस्तै छ । यसमा कुनै परिवर्तन आउनसकेको छैन” उहाँले भन्नुभयो, “श्रम गर्ने व्यक्तिको जीवनस्तरमाथि उठाउने एजेण्डासहित वडाध्यक्ष… पुरा पढौ

पैयुं बिकास मा पद्मा अर्यालको जोड

आज पैयुँ गाउँपालिका वडा नं ५ को भुर्तेलथोक, देउराली मा नेकपा एमालेकी केन्द्रिय सचिब तथा गण्डकी प्रदेश इन्चार्ज पदमा अर्याल को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता पार्टि अध्यक्ष टुकलाल न्यौपानले गर्नु भएको थियो भने पैयुँ गापाको गाउँपालिकाको प्रमुखको पदमाउम्मेदवारि दिनुभएका महेन्द्र कुमार श्रेष्ठ र वडा न. 5 को अध्यक्षमा उम्मेदवारी दिनु भएका निर्भिक नारायण भुर्तेलले आफ्ना प्रतिबद्धता तथा घोषणापत्र हरु बारे जानकारी गराउनु भएको थियो । प्रमुख अतिथी पद्मा अर्याल ले भासण को क्रममा स्वास्थ… पुरा पढौ

देशैभर गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित छ, माओवादीले पहिलाभन्दा डबल सिट जित्छ अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही बैसाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस सेन्टर नेपाल न्युज बैंकसँगको कुराकानीका क्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको बताउनु भयो । स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनमा लागेर माओवादीले नेतृत्व छाडेको टिप्पणी आइरहेका बेला प्रचण्डले सो कुरा बताउनुभएको हो… पुरा पढौ

माओवादी बलियो बनाउने अठोट

माओवादी बलियो बनाउने अठोट सहित पोखरामा पूर्वलडाकु र काँग्रेस, एमाले कार्यकर्ता पार्टी प्रवेशपोखरा ,१९ वैशाख । पोखरा महानगरपालिका– १८ मा जनयुद्धका पुर्वलडाकु दीपेन्द्र तिमिल्सिना सहित १० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।विसं २०६० देखी माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिएका तिमिल्सिना शान्ति प्रक्रियापछि स्वतन्त्र रहेकामा परिर्वतनको रक्षाका लागि पुनः माओवादी शक्तिशाली र बलियो बनाउने अठोट सहित पार्टीमा फर्किएका हुन् ।यसैगरी सोही वडाका एमाले क्रियाशिल सदस्य इन्द्र अधिकारी, काँग्रसेका क्रियाशिल सदस्य एवं अधिबक्ता श्रीकृष्ण अधिकारी, लक्ष्मी भण्डारी लगायत १० जना माओवादी… पुरा पढौ

अटेरीको कार्ययोजनापत्रको बिक्रीबाट ९६ हजार रुपैयाँ उठ्यो  

अटेरी अभियानको कार्ययोजनापत्र बिक्रीबाट ९६ हजार ७ सय ७० रुपैयाँ रकम उठेको छ । अभियानले सुरुआतदेखि नै चुनावी कार्ययोजनापत्र(घोषणापत्र)को बिक्रीबाट चुनावी खर्च जुटाउने गर्ने बताउँदै आएको थियो । अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार कार्ययोजनापत्र बिक्री गरेर ९६ हजार ७ सय ७० रुपैयाँ उठेको जानकारी दिए । ‘चुनाव भनेको पैसै खन्याएर जित्ने हो भन्ने जुन परिपाटी बनेको छ । त्यसलाई भत्काउन, चुनावी खर्च मितव्ययी बनाउँदै । अहिलेसम्म चल्दै आएको चुनावी अभ्यास भत्काउन पनि हामीले चुनावी घोषणापत्र बिक्री गरेर चुनाव लड्ने… पुरा पढौ

कार्यदल बैठक जति बसे पनि दलहरूले ढिपी छाडेनन

आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलको गठबन्धनले गर्ने तालमेलबारे दिनहुँ बालुवाटारमा बैठक बसे पनि कुरो मिल्न सकेको छैन । उम्मेदवारी मनोनयन गर्न एक साता बाँकी छँदा पनि मुख्य गरेर नेपाली काँग्रेसले आफ्नो ढिपी नछाडेको गठबन्धन दलका एक जना नेताले बताए । हिजो साँझ बसेको बैठकमा कुरो नमिलेपछि आज बिहान फेरि बैठक बसेको छ । तर आज पनि उही कुरो दोहोरिने आशंका गर्दै ती नेताले भने, ‘काँग्रेस अरु दलका नेतालाई गलाउने पक्षमा देखिएको छ । उसले आफूले जितेका र विगतमा… पुरा पढौ

७ सय ५३ स्थानीय तहमा नै बेरुजु समस्या

काठमाडौं बाहेक देशका मुलुकका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको ७ सय ५३ वटै स्थानीय तहको अवस्था पनि काठमाडौं महानगरपालिकाको जस्तै रहेको जानकारहरु बताउँछन । खासगरी हिमाली र पहाडी क्षेत्रका धेरै पालिकाले बेरुजु फस्र्यौटको तयारी गरेको र कतिपयले असुल उपर गर्नुपर्ने र सैद्धान्तिक बेरुजु छुट्याएर फस्र्यौट गरिरहेको महालेखा परीक्षकको कार्यालय स्रोतले जनाएको छ । अन्य प्रदेशका स्थानीय तहका जनप्रतिनिधिले चासोका साथ यसको कार्यान्वयमा लागेको भएपनि दुई नम्बर प्रदेशका अधिकांश पालिकाले बेरुजु फस्र्यौट त के अघिल्लो वर्षहरुको लेखा परीक्षण समेत कतिले गरेका… पुरा पढौ

माओवादी र समाजवादीले ११ उपमहानगरमा ७ मा दावी गरेपछि तनावमा कांग्रेस

माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धनमा क्रमशः चार र तीनवटा उपमहानगरपालिकामा दाबी गरेका छन् । देशभरका ११ वटा उपमहानगरमा दुईवटा पार्टीले ७ वटा उपमहानगरमा दावी गरेपछि कांग्रेस भने तनाबमा परेको स्राेत बताउछ । जनकपुर उपमहानगर स्वतः जसपाको दावीमा पर्छ । थप अर्को उपमहानगर पनि जसपाको दावीमा रहेका कारण कांग्रेस तालमेलको समस्या परेको हो । माओवादीले आफ्नो प्रभाव क्षेत्र रहेको भनिएका धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगर दावी गरेको छ । माओवादीले धरान दावी गरेपनि उसको दावी अनुसार बलियो भने… पुरा पढौ

रंगे हात भ्रस्टाचारी पक्राउ देखि उपभोक्ता समितिका अध्यक्ष सम्मलाई मुद्दा दाएर

मोहन्याल गाउँपालिका, कैलाली भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको विक्रीकर संकलन सम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएकोमा मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू वडिमालिका निर्माण सेवाका ठेकेदारवीच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मोहन्याल गाउँपालिका कैलालीका तत्कालीन उपाध्यक्ष हाल कार्यबाहक अध्यक्ष पुजादेवी बुढा मगर, वडा नं. २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय, वडा नं. १ का वडा अध्यक्ष नविन पुन मगर, वडा नं. ७ का वडा… पुरा पढौ