राजनीति

चुनाव जित्न पैसा कि एजेन्डा ?

 निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई… पुरा पढौ

भरतपुर का टोल–टोलमा आपत्कालीन राहत कोष स्थापना

बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाका विभिन्न टोलमा आपत्कालीन राहत कोष स्थापना गरेका छन् । आर्थिकरूपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा उनले राहत कोष स्थापना गरेका हुन् । हिजो भरतपुर महानगरपालिका–११ को गणेशधाममा आयोजित कार्यक्रममार्फत उनले वडा नं २ को मिलनटोल र ११ को सिद्धार्थटोलमा कोष स्थापना गरी आर्थिक सहयोग गरेका हुन् । हरेक कोषमा सुवेदीले रु. ५० हजार आर्थिक सहयोग गरेका छन् । यसअघि उनले भरतपुर–२ को इन्द्रेणीटोल, ११ को दरबारचोक टोल र १२ को नवरत्न… पुरा पढौ

पत्रकार हरुका लागी आचारसंहिता जारी

निर्वाचन आयोगले पत्रकार हरुका लागी निर्वाचन आचारसंहिता जारी गरेको छ। आयोगका अनुसार पत्रकारलाई कसैको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न रोक ।आचारसंहितामा अनलाइन वेबपेजमा राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्न नपाइने । पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबूक, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रति कमेन्ट गर्न नहुने | सम्वत् २०७९ साल वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका… पुरा पढौ

महानगरका वडा अध्यक्ष, सदस्य र सचिब सहित ६ जनालाई प्रमाण सहित भ्रस्टाचार मुद्दा

पोखरा महानगर पालिकाका अधिकांस वडामा अनियमितता छ , कुनै वर्ष १३ करोड त कुनै बर्ष ६ करोड उठेको राजस्व रकम नै महानगर बाट गाएब भएको अबस्था छ l अधिकांस अभियन्ता हरुले र बिभिन्न संचार माध्यमले यो कुरा उठाउदा समेत हाल सम्म कुनै कारबाही हुन् सकेको छैन तर जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मी र सोही वडाका कार्यालय सहयोगी जितेन्द्र प्रसाद कुर्मी समेतको मिलेमतोमा वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस… पुरा पढौ

प्रेस नोटले काङ्ग्रेसको जीतमा सफलता पुग्नेछ – शर्मा

दिपसागर पौडेल पर्बत चैत /२ स्थानीय तह निर्वाचनको सरगर्मी बढे सँगै कुश्मा नगरपालिका ७ मा "घर घर जाउ काङ्ग्रेस जिताऔ" अभियान जनता समक्ष उनीहरुको समस्याका बिसयमा घर दैलो अभियान सुरु गर्ने भएको छ । नेपाली काङ्ग्रेस कुस्मा नगरपालीका ७ मा काङ्ग्रेसको अग्रता निकै अगाडि भएता पनि गएको स्थानीय निर्वाचनमा कुस्मा नगरपालिका ७ काङ्ग्रेसको पराजित भएपछि नेपाली काङ्ग्रेस पर्बतले यो अभियान सुरु गर्न लागेको नेपाली काङ्ग्रेसका क्षेत्रीय कका सचीव केशब प्रसाद उपाध्यले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति… पुरा पढौ

बजारभरि गुणस्तरहिन लेज, कुरकुरे, हर्लिक्स र बर्नभिटा

 नेपाल मा आउने अधिकांस खाध्य सामाग्री हरु गुणस्तरहीन हुने हल्ला र समाचार बेलाबखत मा सुनिदै आइएको छ । भारतमा डेट एक्सपाएर भनि नस्ट गर्न को लागि ठेक्कामा समान पाउनेले उक्त समान नस्ट नगरी गोदाम बाट उठाई नेपालमा बिक्रि वितरण गर्दै आइरहेका छन् । हावा गएको केहि समय मा लेज र कुरकुरेहरु डेट एक्सपाएर हुन्छन । त्यसरी म्याद रहेपनि हावा कम नै भएको कारण एक्सपाएर भएको लेज कुरकुरे हरु नस्ट गर्ने चलन छ तर नेपालमा अधिकांस कम हावा भएका लेज र… पुरा पढौ

नक्कली भ्याट बिल प्रकरण किन सेलायो

नक्कली भ्याट बिल प्रकरण मा सर्बोचाको उदासिनता देखिएको छ । सर्वोच्च अदालतले एक दशकअघिका बहुचर्चित नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रकरणका मुद्दाहरू मध्ये अधिकांश मुद्दाको अझै फैसला नगरेका कारण त्यसको प्रत्यक्ष मार सरकारी ढुकुटीमा परेको छ । नक्कली बिलमार्फत् भ्याट र आयकर छलेको आरोपमा भएको संशोधित कर र जरिवानामाथि सर्वोच्चबाटै ‘न्यायिक परीक्षण’ हुन लागेको बताइएपनि त्यसबारे ठोस फैसला नहुँदा अवैध धन्दा गर्ने व्यवसायीलाई फाइदा पुगेको छ । यसबाट राज्यले भने अर्बौंको क्षति व्यहोनुपरेको छ । नक्कली भ्याट बिल प्रकरणमा… पुरा पढौ

नौ बर्ष अगाडिको सिलाई बुनाइ को रकम घोटाला मा बल्ल अख्तियारद्वारा कारबाही

जिल्ला सिरहा, राजपुर गा.वि.स.का सचिव केशव घिमिरेले आ.व. २०६९/०७० र २०७०/०७१ को आन्तरिक आयतर्फ गा.वि.स.मा आम्दानी भएको बिभिन्न शिर्षकको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक गा.वि.स. राजपुरका तत्कालीन सचिव केशव घिमिरेले सामाजिक सुरक्षा भत्ता, आन्तरिक आय बैंक दाखिला गर्नुपर्ने रकम, सिलाइकटाई तालिमको लागि लिएको पेश्की, दलित दलान निर्माणमा बिलभन्दा बढी भुक्तानी, विद्युत पोल खरिदमा बिल बमोजिमको समाग्री प्राप्त नभई भुक्तानी गरेको रकम, अर्को गा.वि.स.को कार्यालय अर्नमा प्र.रा.को रकम, सामाजिक सुरक्षा भत्ताको आ.व. २०७२।०७३ को दोस्रो किस्ताको रकम बैंकबाट… पुरा पढौ

सूचना आयोग ले कुन कुन पालिका संग जवाफ माग गरेको छ हेर्नुहोला , समयमै सूचना नदिने पालिका लाइ कारबाही गर्ने आयुक्त को भनाइ

राष्ट्रिय सूचना आयाेगले बिभिन्न प्रदेशमा गर्दै आएको कार्यक्रम स्थानीय तह केन्द्रित गरि शुरु गरेको छ । प्रदेश एकका बिभिन्न स्थानीय तह मा आयोगको उपस्थिति देखिएको छ । माइ नगरपालिकाका जनप्रतिनिधी कर्मचारी नागरिक समाज सूचनाकाे हकका अभियन्ता तथा स‌चारकर्मीका लागि सूचनाकाे हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम हालै आयोग ले सम्पन्न गरेको छ । कार्यक्रममा नगरपालिका मेयर दिपक प्रसाद थेवे आयाेगका प्रमुख सूचना आयुत्त महेन्द्र मान गुरुड र सचिव भागीरथ पाण्डे प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारी लगायतकाे सहभागिता रहेको थियो फिदिम नगरपालिका आठराई… पुरा पढौ