प्रवास

जनप्रतिनिधि नै विदेश पलायन

०७९ सालको निर्वाचनमा कार्यालय सहयोगीदेखि सिधै वडाध्यक्षमा निर्वाचित भएपछि, दाङ राप्ती गाउँपालिका–५ का चन्द्रबहादुर गुरुङको चर्चा चुलियो । जनताको रुचाएपछि उनलाई अत्यधिक मत दिएर कार्यालय सहयोगदेखि वडाध्यक्षको भूमिकामा पुर्‍याइदिए । तर, जनप्रतिनिधि बनेपछि चन्द्रले कार्यकाल भने पूरा गरेनन् । आर्थिक समस्या देखाउँदै कार्यकाल सम्हालेको तीन वर्ष पनि नपुग्दै वडाध्यक्ष गुरुङ रोजगारीका लागि विदेशिए । ०७९ सालको चुनावमा ऋण तिर्न भन्दै उनी गत साउनमा वैदेशिक रोजगारीमा गएका छन् । उनी निकट अनुसार चुनावको बेला लागेको चुनावमा ऋण लागेको र त्यही ऋण… पुरा पढौ

विदेश पठाउने नाममा १ करोड ठगेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङको लमही नगरपालिका–४ का ३० वर्षीय देव सुनार र २७ वर्षीय भीम सुनार छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कन्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो । उनीहरुले ग्रिस, अल्बानिया, पोर्चुगल, माल्टा, युके जस्ता देशमा पठाउने भन्दै ९ जनाबाट ९५ लाख ३४ हजार रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।… पुरा पढौ

भारत पुर्‍याएर मिर्गौला तस्करी गरेको आरोपमा २ जना पक्राउ

भारत पुर्‍याएर मृगौला तस्करी गरेको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का ४२ वर्षीय शान्तमिाया घलान छन् । खत्रीलाई ९ र घलानलाई ११ गते पक्राउ गरिएको हो। उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ९ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । गत माघको अन्तिममा उनीहरुले एक व्यक्तिलाई कोलकत्ता पुर्‍याएर मृगौला झिकेको आरोप छ ।… पुरा पढौ

घुम्न आएका चिनियाँसँग १४ वर्षीय किशोरीलाई बिहे गराइदिएपछि…

घटना साउन १३ गतेको हो । ९० दिनको भिजिट भिसामा नेपाल घुम्न आएका एक चिनियाँ नागरिकसँग पोखरामा नेपाली १४ वर्षीय किशोरीको विवाह भएको छ । केटाको उमेर ३१ वर्ष । केटीको १४ वर्ष । चिनियाँ नागरिकसँग अनुचित लाभ लिएर ती किशोरीको विवाह गराइदिएको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ घर भई पोखरा १६ बस्ने २२ वर्षकी सरु विक र पोखरा २२ आर्बाकी ३४ वर्षीय भगवती अधिकारी छन् । किशोरीसँग विवाह गरेका चिनियाँ नागरिक जि मिङ चेन पनि… पुरा पढौ

बैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्थाहरू कारबाही फुकुवाका लागि राजनैतिक लबिंगमा

कारबाहीमा पर्ने अधिकांश अभिमुखीकरण तालिम दिने संस्थाहरू काठमाडौँ उपत्यकामा तालिम सञ्चालन गर्दै आएका हरु छन् । काठमाडौँ बाहेक धनुषा, बाँके, कास्की, गोर्खालगायतका जिल्लाका संस्थाहरू समेत छन् । कारबाहीमा पर्नेहरूमा वैदेशिक रोजगार बोर्डको सदस्यहरूले सञ्चालन गर्दै आएका तालिम सेन्टरहरू समेत परेका छन् । नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरू विष्णु गोपाल गर्तौला र कल्पना पाण्डेले सञ्चालन गर्दै आएको संस्थाहरू परेका छन् । गर्तौलाले सञ्चालन गर्दै आएको बिग किरण एसोसिएन प्राली र पाण्डेले सञ्चालन गर्दै आएको… पुरा पढौ

गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने कर्मचारी पक्राउ

गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्। विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते (शुक्रबार) थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए। प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको थियो। गृह मन्त्रालयमा रहेर… पुरा पढौ

Request for Applications (RFA) For RTI Audit in Madhesh and Lumbini provinces (Re-advertisement)

RTI Audit in Madhesh and Lumbini provinces (Re-advertisement) The Civil Society and Media (CSM) Activity is a five-year program (2022-2027) funded by USAID in Nepal through the CSM-STAND-LWA, with The Asia Foundation as the lead implementer. CSM supports independent civil society and media led by and for targeted women, youth, and marginalized (WYM) communities to advance public interest, fundamental freedoms, and accountability. Most activities will focus in Lumbini and Madhesh Provinces, with some activities implemented in Kathmandu. The partnership between National Information… पुरा पढौ

खाडी पुग्न अवैध बाटो

सल्यानकी २५ वर्षीया प्रतिभा विक दैनिक ज्याला मजदुरी गर्थिन् । कोभिडकालमा ज्याला मजदुरी खोसिएपछि विदेशिने सोच बनाइन् । आफन्त नाता पर्ने दिदीले अर्जुन परियारसँग उनको भेट गराइदिइन् । अर्जुनले घरेलु कामदारमा महिनामा ५० हजार रुपैयाँ कमाइ हुने प्रलोभन देखाए । ‘घरभित्र काम गर्ने हो, दुःख हुन्न, भनेर लोभ देखाएपछि म राजी भएँ,’ उनले भनिन् । वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिनुपर्ने भए पनि अर्जुनले श्रम स्वीकृतिविनै नेपालगञ्जको जमुना नाका हुँदै उनलाई भारत पुर्‍याए । भारतको नयाँदिल्लीमा १० दिन राखे ।… पुरा पढौ

सूचनाको हक प्रयोगले १ अर्ब ठगीमा श्रममन्त्री शरदसिंह भण्डारीको संलग्नता रहेको थाहा भयो

सूचनाको हक प्रयोग गरेर उकेराका पत्रकार प्रजु पन्तले १ अर्ब ठगीमा श्रममन्त्री शरदसिंह भण्डारीको संलग्नता रहेको प्रमाण फेला पारेका हुन् उनै पराजु पन्तले उकेरामा प्रमाण सहित लेखेको यो समाचार हेरौ तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको तोकको भरमा वैदेशिक रोजगार विभागले कोरिया जाने नेपालीलाई युनिभर्सल टुर्स एन्ड ट्राभल्स मार्फत महँगोमा टिकट किन्न बाध्य बनाएको खुलेको छ। यो प्रकरणमा वार्षिक एक अर्बको ठगीमा भइरहेको उकेराले सोमबार सार्वजनिक गरेको थियो। सार्वजनिक रूपमा बोलपत्र गरेर आएका प्रस्तावहरूमध्ये सस्तो प्रस्तावकर्तासँग सम्झौता… पुरा पढौ