अर्थतन्त्र

गुण्डानाइके संजय टक्लाको ढाटका कर्मचारी मेयर थापाले कमाएको सम्पतिमा ५ करोड जति भ्रस्टाचार गरि कमाएको आशंका

बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज भरत कुमार थापाले नगर प्रमुख (मेयर) को रुपमा सार्वजनिक सेवा प्रवेश गरेको मिति 2074/06/07 गतेदेखि मिति 207९/10/29 गतेसम्मको अनुसन्धान जाँच अवधिको निजको सम्पूर्ण वैधानिक आयहरूमा निजले नगर प्रमुख (मेयर) को रुपमा सार्वजनिक सेवामा प्रवेश गर्नु भन्दा अगाडि निज तथा निजको एकासगोल परिवारका सदस्यहरुको नाममा विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुको खातामा रहेको बैङ्क मौज्दात रकम, निजले सार्वजनिक… पुरा पढौ

१२ बर्ष अगाडिको भ्रस्टाचार मा कास्कीका प्र. अ. लाइ चल्यो मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले तीन लाख ७७ हजार २३६ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। विद्यालयका प्रधानाध्यापकले हिसाब किताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान हुँदा २०६८ साउनदेखि २०६९ असार र २०६९ साउनदेखि २०७० असार महिनासम्मको अवधिमा विद्यालयको रकम लिने/खाने नियत राखी विद्यालयमा भएको… पुरा पढौ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री नेपालि कांग्रेस नेता जीवन बहादुर शाही लगायतलाई भ्रस्टाचार मुद्धा

दुइटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । शाही कर्णाली कांग्रेस संसदीय दलका… पुरा पढौ

दुरसंचार मा करिब १ अरब भ्रस्टाचार अख्तियारले चलायो मुद्धा

नेपाल टेलिकमको सिममा टावर टिप्दैन इन्टरनेट चल्दै चल्दैन किन यस्तो हुन्छ भन्दा बाहिर समाज मा नागरिक बीच चलेको हल्ला अन्य कम्पनीले टेलिकमका कर्मचारीलाई पैसा दिएर स्पीड नचल्ने बनाइदिन भन्छन रे अब यो सत्यता सम्पति छानबिन भएको आधारमा थाहा होला जे होस् दुरसंचार मा भ्रस्टाचार छ भन्न कुरालाई अख्तियारले ओरामान सहित मुद्धा दायर गरेको बिषयको आधारमा नकार्न सकिदैन अख्तियारले यसरि मुद्धा दायर गरेको छ नेपाल दुरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (Mobile Device Management Syste-MDMS) परामर्श सेवा खरिद कार्यमा… पुरा पढौ

तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाबाट आ.व. २०७८/०७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन नगर प्रमुख गंगा पासमान  र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा निषेधाज्ञाको आदेश जारी हुने र तोकिएको साविक कर्जन्हा गा.वि.स.को कार्यालय रहेको स्थानबाट नगरपालिकाको कार्यालय संचालन गर्नु भनी विपक्षीहरु कर्जन्हा नगरपालिकाको नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको नाममा उच्च अदालत जनकपुर, राजविराजको परमादेशको आदेश जारी हुने… पुरा पढौ

सरकारी जग्गा व्यक्तिको नाममा दिने अधिकृत लाइ अख्तियारले चलायो मुद्धा

काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौं अन्तर्गत वाग्मतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्ध तथा अतिरिक्त जिम्मेवारीको रुपमा कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना, माकलवारीमा खटिई काम गर्दै आएका शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज याम कुमार कार्की सार्वजनिक सेवा प्रवेश गरेको मिति 2058।04।16 गतेदेखि मिति 2079।12।30… पुरा पढौ

बिजया सिमेन्टले मेयरको हस्ताक्षर किर्ते गरेको र पालिकाको छाप नै नक्कली बनाएको आरोप

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ सान्डेवामा चुनढुङ्गा उत्खन्नको  अनुमती  सहितको पत्र  खानी बिभागलाइ दिनेलाइ कार्बाहिको दायरामा ल्याउने भुमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापाले बताउनु भएको छ ।    पत्रकार सम्मेलनमा बोल्दै थापाले आफुलाइ गलत देखाउन जो सुकैले यो गलत कार्य गरेको भए पनि त्यसलाई  कानुनी दायरामा ल्याउने बताउनु भयो ।  चुनढुङ्गा उत्खननमा पुग्नको लागि बाटो खन्ने काम सुरु भइ सकेको र नगरपालिका बेखबर रहेको भन्दै स्थानियहरुले नगर प्रमुखलाइ जानकारी दिएको केही समयमै बाटो खन्ने कार्य बन्द भएको भए पनि… पुरा पढौ

बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत (नायब सुब्वा) लेखापाल प्रमोद निरौला घुस रकम सहित नियन्त्रणमा।

बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत (नायब सुब्वा) लेखापाल प्रमोद निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज लेखापाल प्रमोद निरौलालाई सेवाग्राहीबाट रु.१५,०००।–(पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रु.७१,६२०।- (एकहत्तर हजार छ सय बीस रुपैयाँ) सहित निजको कार्यकक्षबाट मिति २०८०।११।२९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कुरा अख्तियारले जनाएको छ । पुरा पढौ

सहायक वन अधिकृत नारायण पार्धेले लिए ७ हजार घुस।

जिल्ला बाँके, सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले निज सहायक वन अधिकृत नारायण पार्धेलाई सेवाग्राहीबाट रु.७,०००।– (सात हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा जिल्ला बाँके, सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेले काठ चिरानको सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु.७,०००।–(सात हजार रुपैयाँ) घुस/रिसवत… पुरा पढौ

अदानचुलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला हुम्ला, अदानचुली गाउँपालिका वडा नं. ३ स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाई योजानामा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव-इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालिन लेखापाल दिपक नेपालीसमेतले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समिति सम्बन्धि बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी गराई सोही झुट्टा… पुरा पढौ