राजनीति

करिब १२ खर्ब पुग्यो बेरुजु

कानुन र प्रक्रिया मिचेर राज्यकोषबाट खर्च भएको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा ठूलो मात्रामा थप भएपछि हालसम्मको बेरुजु रकम करिब १२ खर्ब बेरूजु पुगेको उल्लेख छ । यो वर्ष संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, सङ्गठित संस्था, समिति तथा अन्य संस्था समेतको ७८ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँको लेखापरीक्षण गर्दा १ खर्ब… पुरा पढौ

मायादेवी गाउँपालिकामा हाईमास्ट लाइट जडान

रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७ को बनगाई चोकमा हाईमास्ट लाइट जडान कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले हाईमास्ट लाइटको जग निर्माण कार्यको शिलान्यास  गर्दै  नागरिकलाई थप सहज हुने विश्वास व्यक्त गरे । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका पाण्डेयले आफू मन्त्री हुँदा विभिन्न योजना ल्याएको भन्दै लाइट जडान भएपछि शान्ति सुरक्षामा  सहयोग पुग्ने बताए । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत ऊर्जा महाशाखाका… पुरा पढौ

दलहरू आ–आफ्नै अडानमा : बजेटमा अबको बाटो मार्सल कि अध्यादेश ?

आइतबारसम्म संसदमा जारी अवरोध हटाउन प्रमुख दलहरूबिच सहमति नभए प्रतिपक्ष दललाई पेलेरै जाने रणनीति सत्तापक्षले बनाएको छ । सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न सभामुख देवराज घिमिरेले शुक्रबार प्रतिनिधिसभा बैठक बोलाएका थिए । विपक्षीको नाराबाजीबिच बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएपछि पौने पाँच बजेतिर प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको बैठक बसेको थियो । तर टिओआरमा लामिछानेको नाम राख्ने कि नराख्ने विषयमा दुवैपक्षले अडान नछोडेपछि बैठक निष्कर्षबिहीन भएको हो । तथापि बैठक सकारात्मक भएको नेताहरूले दाबी गरेका… पुरा पढौ

कामदारलाई ‘फ्रि भिजा फ्रि टिकट’ को प्रावधान उल्टाउँदै सरकार

सरकारले वैदेशिक रोजगारीमा जाने नागरिकले प्राप्त गर्दै आएको  निःशुल्क भिसा र हवाई टिकट सुविधाको विद्यमान व्यवस्था उल्टाउने कसरत थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले ‘फ्रि भिजा फ्रि टिकट’ सम्बन्धी आठ वर्ष पुरानो नीति प्रभावकारी नभएको तर्क गर्दै त्यसलाई उल्टाउने गृहकार्य अगाडि बढाएको मन्त्रालयका एक उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिएका छन् । विद्यमान नीति उल्टाएर लागतमा आधारित सेवा शुल्क तोक्ने पक्षमा मन्त्री अर्याल देखिएका छन् । सोही प्रयोजनार्थ मन्त्रालयका सह–सचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा नीति पुनरावलोकन… पुरा पढौ

तीनवटा पिल्लर खाने राक्षस समुहलाई कारबाहीको प्रयास

जिल्ला कालिकोट, पलाँता गाउँपालिका वडा नं. १ स्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेतले विद्यालयको भवन निर्माण सम्झौताबमोजिम काम नगरी विनियोजित रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा जिल्ला कालिकोट, पलाँता गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय वडा नं. १ स्थित श्री कालिका माध्यमिक विद्यालयमा आ.व. २०७४/०७५ मा बहुवर्षीय  विद्यालय भवन निर्माणको लागि जिल्ला शिक्षा कार्यालय कालिकोट र कालिका माध्यमिक विद्यालय निर्माण सहयोग समिति/विद्यालय व्यवस्थापन समितिबिच मिति २ तले ४ कोठे फर्निचरसहितको भवन निर्माण कार्य मिति २०७५ जेष्ठ मसान्तसम्ममा कार्य सम्पन्न गर्ने गरी… पुरा पढौ

घुस का मास्टर माइन्ड वडा अध्यक्ष बचे, पक्राउ परे बिचौलिया

जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. २ बस्ने ध्रुव बहादुर कडायतले व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि चन्द्रगिरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष भाई कृष्ण तामाङको निर्देशन बमोजिम घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले घुस/ रिसवतमा संलग्न विचौलिया ध्रुव बहादुर कडायतलाई सेवाग्राहीबाट नगद रु.२,००,०००/- (दुई लाख रुपैयाँ) र निजको नाममा काटिएको रु.दुई लाखको चेक थान एक गरी जम्मा रु. चार लाख घुस/रिसवत लिइसकेको अवस्थामा उक्त… पुरा पढौ

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, स्वास्थ्य मन्त्रीमा यादव

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । जसपा नेपालका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएका थिए । दिउँसो जसपा नेपालका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका छन् । पुरा पढौ

यूएन फोरममा सोबिताको सम्बोधन: नेपालीले भोगै नगरेको विलासिताको मूल्य चुकाउनुपरेको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालीहरूले आफूले कहिल्यै भोग नगरेको विलासिताको मूल्य चुकाउनुपरेको बताएकी छन् । राष्ट्रसंघीय एसिया प्यासिफिक आर्थिक र सामाजिक आयोग (यूएनइस्केप) ले बैंककमा आयोजना गरेको दुई दिने फेमिनिष्ट फोरममा सहभागिता जनाउँदै सांसद गौतमले जलवायु परिवर्तनबाट नेपालमा परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे आवाज उठाएकी हुन् । नेपालले धेरै पहिलेदिख जलवायु परिवर्तनको असर भोगिरहेको स्मरण गराउँदै सांसद गौतमले विकसित राष्ट्रले हामीजस्तो जलवायु संकट सामना गरिरहेको राष्ट्रलाई हेर्न ढिला भएको धारणा राखिन् । ‘विकसित राष्ट्रले औद्योगिक क्रान्ति,… पुरा पढौ

तत्कालीन कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

ठूलीभेरी नगरपालिका वडा नं. 3 दुनै, डोल्पामा खेलकुद मैदान निर्माणको लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आर्थिक वर्ष 2076/77 मा सामाजिक विकास कार्यालय, डोल्पाबाट विनियोजित रकमबाट जिल्ला डोल्पा ठूलीभेरी न.पा. 3 स्थित दुनै सदरमुकाममा डिपिआर सम्पन्न भएको जिल्लास्थित कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको खेलकुद मैदान निर्माणको कार्य लागत अनुमान र सम्झौतामा उल्लिखित कामभन्दा फिल्डमा कम काम गरी बढी काम गरेको भनी गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र बिल भरपाई… पुरा पढौ

समानीकरण अनुदानको लागि गाउँपालिका राष्ट्रिय महासंघको पहल

संघीय सरकारले तेस्रो किस्ताको समानीकरण अनुदान कटौती गरेपछि गाउँपालिका राष्ट्रिय महासंघले विरोध सहित पहल गरिरहेको थियो । महासंघ प्रतिनिधिसँग सोमबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहलाई पठाउने समानीकरण अनुदान रकममा कटौती नगरिने बताएका हुन् । कटौती गरिएको तेस्रो किस्ताको रकम पठाउने उनले बताएका हुन् । महासंघले यो बिषयमा मुख्य सचिव, अर्थ सचिवसँगै भएको भेटमा समेत समानीकरण अनुदान कटौती गर्ने कार्यले परिणाम राम्रो नआउने भन्दै समानीकरण अनुदान नकटाउन र नघटाउन भनेको विषयमा प्रधानमन्त्री दाहाल गम्भीर रहेको बताएका थिए । ‘महासंघले समानीकरण… पुरा पढौ