नीतिकथा

कहाँ छ देश ?

२००८ को जुन महिनामा भारत को बिभिन्न धार्मिक स्थल (मा बैस्णो देबी ,हरिद्वार ,बनारस )र कास्मिर एबम सिमला को भ्रमण गर्दा महसुस भएको तितो सत्य सहित को यो यात्रा स्मरण सुखद को पाटो भन्दा दु:खद को गहिरो पाटो नै अबिस्मरणिय भएर रह्यो अनी घर मा पिडालु बन मा पिडालु ससुराली जाँदा पनि तीन हात को पिडालु भने झै देश मा दु:ख भएर अमेरिका आइयो अमेरिका बाट शुख को लागि घुम्न हिंडेको त्यहा पनि सही नसक्नु दु:ख देख्दा मन त मेरो… पुरा पढौ

प्रेरणा मेरो आदर्श गुरु

मानव चेतनशील प्राणि हो, जसलाइ ज्ञान बुद्धि र बिवेकको खानि पनि भनेर चिनिन्छ। तर बिडम्बना कोहिबाहिर मानवको खोल ओडेर भित्र-भित्र दानवको भुमिका खेलिरहेका हुन्छन् भने कोहि यस्ता मानिस पनि हुन्छन् जो आफू मानव भन्दा माथि उठेर सारा मानव जगतलाइ नै आफू मानिस भएकामा गर्व गर्नु पर्छ भन्नेकुरा महसुस गराउँछन। बाटो बिराएर गलत बाटो तर्फ गईरहेका यात्रिका पाइलाहरूलाई सहि बाटो तर्फ डोहोर्याएर उसको गन्तब्य सम्म पुग्नका लागि सरल सहज र सूमार्ग निर्देशकको भुमिका खेलिरहेका हुन्छन्।उदाहरण खोज्ने हो भने मातापिता र शिक्षक… पुरा पढौ

सिंगो गाउँ नै ‘भूमाफिया’को कब्जामा

सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका— ७ का अधिकांश नागरिक घरजग्गाविहीन बन्न पुगेका छन्। केही समय जग्गा धितो राख्न मञ्जुरीनामा दिएबापत पैसा पनि पाइने र जग्गा पनि फिर्ता पाइने प्रलोभनमा पर्दा उनीहरू घरजग्गाविहीन बनेका हुन् । तत्काल केही रकम पनि दिने र जग्गा पनि आफ्नै भइरहने भन्दै दलालले फकाएपछि क्षणिक प्रलोभनमा पारेर लाखौंको जग्गा भूमाफियाको कब्जामा पुगेको हो।  यस्तै समस्यामा पर्ने एक हुन्, चौतारा साँगाचोकगढी नगरपालिका—७ नेपानेका आइतराम तामाङ। उनका पाँच छोरा छन्। पाँच छोराका पाँच बुहारी र ११ नातिनातिनीसहित तीन… पुरा पढौ

बर्जुका इन्जिनियर अजय कुमार मेहता घुस रकमसहित नियन्त्रणमा ।

जिल्ला सुनसरी, बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहताले घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर अजय कुमार मेहतालाई सेवाग्राहीबाट रु.२०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित विराटनगर महानगरपालिका वडा नं. ५, पुल्चोक छेउबाट आज मिति २०७९/१२/२७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ

कागेश्वरी मनोहरामा मृत्युपश्चात ४२ जनाको अङ्गदान घोषणा

कागेश्वरी मनोहरा नगरपालिकामा ४२ जनाले मृत्युपश्चात अङ्गदान घोषणा गरेका छन् । थलीमा भएको कार्यक्रममा मृत्युपश्चात पनि आफ्नो शरीरका विभिन्न अङ्ग अन्य आवश्यक परेका व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मिल्ने भएपछि ४२ जनाले मृत्यु पश्चात अङ्ग र २३ जनाले आँखा दान दिने भएका हुन् । नगरपालिकाको व्यवस्थापन, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको आयोजनामा ‘स्वस्थ जीवन रक्तदान, मृत्यु पश्चात अङ्गदान घोषणा’ कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता… पुरा पढौ

दान पेटिका लुटका दुई नाइके- जो मिलाइमिलाइ लुट्छन् पशुपति

हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको दान पेटिका २०७९ माघ १४ गते तीन घण्टा हराएको थियो । यो घटनाले भगवानको नाममा कति भ्रष्टाचार हुन्छ ? भन्ने प्रस्ट पारिदिएको छ । कडा सुरक्षा व्यवस्थाबिच हराएको दान पेटिका तीन घण्टापछि नाटकीय शैलीमा राखिएकै स्थानमा फिर्ता आयो । दान पेटिका हराएको घटनाले हङ्गामा मच्चिएपछि पशुपति क्षेत्र विकास कोषले छानबिन समिति गठन गर्यो । समितिले प्रतिवेदन बुझाइसकेको छ । सञ्चालक परिषद् सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा गठित छानबिन समितिले फागुन २१ गते कोषलाई प्रतिवेदन बुझाइसकेको… पुरा पढौ

पञ्जीकरणमा करोडौंको खेल

 देशमा आर्थिक संकट गहिरिएको छ । तर, केही कर्मचारीहरु भने विदेशबाट ऋण लिएर भएपनि कमिसन खाने धन्दामा सक्रिय छन् । अचम्म यस्ता योजना सहजै पास पनि हुन्छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा लक्षित वर्गमा पु¥याउन एकीकृत लगत परियोजना अघि बढाएको छ । जुन देशको लागि भन्दा केही कर्मचारीको स्वार्थमा ल्याउन लागिएको स्रोत बताउँछ । विश्व बैंकको ऋण सहयोगमा यो कार्यक्रम सुरु हुन लागेको हो । यसले सामाजिक सुरक्षाको दोहोरोपन अन्त्य हुने दाबी गरिएको छ… पुरा पढौ

७८ लाख लिएका पाठक ‘घुस खान खोजेको’मा दोषी ठहर

नेपाल इञ्जिनियरिङ कलेजको विवाद मिलाइदिएबापत ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकलाई विशेष अदालतले ‘घुस खान खोजेको’ आरोपमा मात्रै दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले ‘घुस खानमात्रै खोजेको’ व्याख्या गरी पूर्वआयुक्त पाठक र घुस दिने लम्बोदर न्यौपानेलाई आधामात्र सजाय सुनाएको हो । लम्बोदर न्यौपानेबाट रकम लिएर राजनारायण पाठककोमा घुस पुर्‍याउने ज्ञानेन्द्र झा र भिडियो खिच्ने ध्वजमान मोक्तानले पाठकलाई दुई पटकमा ७८… पुरा पढौ

पोखराको रुपाताल छेउमा सिस्टेनी मेला

रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखी लाग्दै आएको पूरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्ने भएको छ ।मेलाबारे जानकारी दिन बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा शान्ति रुपमा तमु समाजका निवर्तमा अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले परापूर्व कालदेखी लाग्दै आएको मेलालाई ब्यूँताउन सानो प्रयास स्वरुप मेला सुरु गर्न लागिएको बताए ।‘रुपाताल छेउमा पहिले चैते दशैको अवसरमा दुई दिने… पुरा पढौ

सूचनाको हकको अभियान र यसको बिस्तारले ल्याएको तरंग

नेपालको अन्तरिम संविधान २०६३, सूचनाको हकको कानून २०६४ र नियमावली २०६५ स्थापित हुँदा पनि व्यवहारिक रुपमा सरकारको प्रयोग र प्राथमिकतामा नपरेको सूचनाको हकलाई नागरिक स्तरबाट व्यवहारिक रुपमा प्रयोग गर्न र सरकारको ध्यानाकर्षण गराउने सुचनाको हकको अभियान थालनी भएको थियो । राष्ट्रिय सुचना आयोगले २०७४ सालमा काठमाण्डूमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा देश भरीबाट काठमाण्डूमा जम्मा भएका सूचनाको हकका अभियानकर्ताहरुले सम्मेलनको पहिलो सत्र सकिएपछि अभियानकर्ताहरुव्दारा एक छुट्टै छलफल कार्यक्रम गरी सूचनाको हकका लागि राष्ट्रिय सञ्जालको अवधारण अगाडी बढेको थियो । खास गरी… पुरा पढौ