लघुवित्तको कार्यालयमा आक्रमण र आगजनी, दुईजना पक्राउ
मोरङमा शाखा कार्यालय रहेका दुई वटा लघुवित्तको कार्यालयमा आक्रमण र आगजनी भएको छ । अभियान लघुवित्त वित्तीय संस्थाको कानेपोखरी गाउँपालिका– २ दलेली र नेशनल लघुबित वित्तीय संस्थाको बेलबारी – ६ बाहुनीको शाखा कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको हो । मोरङ प्रहरीका अनुसार मंगलबार दिउँसो साढे १२ बजे अभियान लघुवित्तको मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीमा रहेको शाखामा तोडफोड र आगजनी भएको हो । विहान साढे ११ बजे बेलबारी नगरपालिका– ७ स्थीत नेशनल लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड भएको हो ।…
पुरा पढौ
सूचना अभियान्ता अंगराज भारतीको नेतृत्वमा गभर्नरको घर घेर्ने तयारी
नेपाल राष्ट्र बैंक ले कुनै बैंक संग जरिवाना लिने र कुनै बैंक संग जरिवाना नलिएको कारण देशमा रोजगार सिर्जना हुन् सकेन l जबकी बैंक ले नीति अनुसार लगानी गरेमा रोजगारी सिर्जना हुन्थ्यो तर यो भएन l तसर्थ ३२ गते सम्म जरिवाना नउठाएमा पत्रकार सम्मेलन गर्ने र गभर्नर निवासमा धर्ना लगायत का कार्यक्रमा गरेर अभियान अगाडी बढाउने उहाले बताउनुभयो l रास्ट्र बैंक को तोकिएको निर्देशन नमान्ने बैंक बाट जरिवाना नउठाउनुको कारण गभर्नरको कमाउ धन्दा हो कि भन्ने आशंका लागेको हुँदा अबको…
पुरा पढौ
आइडियल यमुना सहकारी अध्यक्ष उप्रेती पक्राउ
‘उपचार गर्न भारत जान्छु’ भन्दै हिँडेका आइडियल यमुना सहकारी अध्यक्ष केबी उप्रेती करिब दुई महिना पछि पक्राउ परेका छन् । यो सहकारीका करिब २ सय बचतकर्ताले झन्डै २ अर्ब बचत फिर्ता माग्दै सहकारी विभागमा उजुरी दर्ता गराएका थिए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । बालाजुबाट बुधबार बिहान पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै अहिले महाराजगञ्ज प्रहरीवृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए…
पुरा पढौ
ऋण दिदा कमिशन लिने अधिकारी अख्तियारको फन्दामा
ग्रामीण विकास बैंक, टाँडी चितवनका कर्मचारीले किर्ते (वनावटी) सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा व्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको, पशु कर्जा/धितो कर्जा दिंदा कमिशन खाएको, धितो राखिएको जग्गा रोक्का नगर्ने धितो फुकुवा भएको पनि बाँकी देखिने जस्ता भ्रष्टाचारजन्य क्रियाकलाप गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड(साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय,टाँडी, चितवन)का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड(साविक मध्यमाञ्चल ग्रामीण…
पुरा पढौ
एनसिएचएलको १५औं वार्षिकोत्सव सम्पन्न
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले १५औं वार्षिकोत्सव मनाएको छ। पुस ८ गते काठमाडौंको होटल अलफ्टमा औपचारिक कार्यक्रमको आयोजना गरी कम्पनीले वार्षिकोत्सव मनाएको हो। नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूको नेतृत्वमा २०६५ पुस ८ मा एनसिएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरू स्थापना गर्न सञ्चालनमा आएको थियो। एनसिएचएल पब्लिक फाइभट पार्टनरसिप मोडेलको अवधारणमा नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरू तथा एससिटिको ९ करोड रूपैयाँभन्दा कमको पुँजीबाट सुरू भएको कम्पनीले बताएको छ। वार्षिकोत्सव कार्यक्रममा एनसिएचएलले १० वर्षभन्दा बढी समयदेखि…
पुरा पढौ
हरियालि कृषि सहकारी सस्थाको १८ औं वार्सिक साधारणसभा साथै संमान कार्यक्रम सम्पन्न
झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर -४ मा रहेको हरियाली कृषि सहकारी सस्थाको १८ औं वार्षिक साधारणसभा आज एक कार्यक्रमका बिच्च सम्पन्न भएको छ। वडा नम्बर -४ मा रहेको पाथीभरा कालिका सामुदायिक वनको सभाहलमा उक्त साधारणसभा सम्पन्न भएको हरियाली कृषि सहकारी सस्थाका संचालक समिति सदस्य योगेश कार्कीले बताउनु भयो ।हरियाली कृषि सहकारी सस्थाका अध्यक्ष खिबराज भट्टराईको अध्यक्षत्तामा भएको कार्यक्रमको प्रमुख अथिती हल्दिबारि गाउँपालिका अध्यक्ष रबिद्र प्रसाद लिङदेनले गर्नु भएको थियो।यसैगरी विशेष अथितीमा क्रमशः हाल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवि मैनाली , वडा नम्बर…
पुरा पढौ
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा बैंकका ६ कर्मचारी पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा ६ जना सिटिजन्स बैंकका कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार नक्कली प्रमाणपत्रको आरोपमा ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिटिजन बैंकको बुटलवस्थित ड्राइभर चोक ब्रान्चमा कार्यरत मनिशा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक बिष्ट रहेको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुङ्गेलले जानकारी दिए । उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको…
पुरा पढौ
एनआइसी बैंकको मनपरिमा राष्ट्र बैंक मौन
नेपाल राष्ट्र बैंकको विद्यमान ऐनलाई खुलेआम लत्याउदै आफ्नै ऐन नियम लागू गर्दै आएको एनआईसी एसिया बैंकको लुटधन्दा नियन्त्रणभन्दा बाहिर गएको छ । बैंक वित्तिय क्षेत्रको नियमनकारी मुख्य संस्था राष्ट्र बैंककै ऐन कानुनलाई सो एनआईसी बैंकले लत्याउदै जवरजस्ती घरजग्गा हड्प्दै जान थालेपछि बैंकका विरुद्धमा ऋणीहरु एकजुट समेत हुन थालेका छन् । सुरुमा भ्रामक प्रचार गर्ने र बैंक साथी हो भन्नै ऋण दिने गरेको छ, ऋण लिएको एक महिनाबाटै विभिन्न थप शिर्षकहरु देखाउदै ऋणीलाई व्याजदर बढाउदै जाने गरेको दुःखेशो पीडितहरुले गरेका छन्…
पुरा पढौ
बैंक र कन्सल्टेन्सीले नेपाल सरकारलाई झुक्क्याए : नक्कली डकुमेण्टका कारण विद्यार्थीको चिल्लीबिल्ली
पछिल्लो समय नेपाली विद्यार्थीहरुमा विदेश मोह देखिएको छ । विदेश पढ्न जाने नेपाली विद्यार्थीको लर्को लागेको छ । विकसित मुलुक जाने नेपाली विद्यार्थीले पहिल्यै आफ्नो आम्दानीको स्रोत देखाउनुपर्छ । आफ्नो अभिभावकको मासिक कमाई, घरजग्गा, बैंक ब्यालेन्स देखाउनुपर्ने प्रावधान छ । उता, जान लाग्ने शुल्क पनि त्यतिकै चर्को छ । सामान्य घरपरिवारका सन्तान पनि अहिले धमाधम राम्रो देश दौडिरहेका छन्, कसरी ? यसका लागि धेरै सोच्नै पर्दैन् ।बैंक तथा वित्तिय संस्थाले आम्दानीको स्रोत देखाउनका लागि तीनदेखि पाँच लाख रुपैयाँ लिइरहेका छन्…
पुरा पढौ
मुलुक भित्र खासै कर नतिर्ने बिनोद चौधरी लगाएत अमेरिकामा सात सय, चीनमा साढे पाँच सय अर्बपति
विश्वमा सबैभन्दा धेरै अर्बपति अमेरिकामा छन् । अर्बपतिहरुको विवरण सार्वजनिक गर्ने पत्रिका फोर्ब्सका अनुसार यस वर्ष अर्बपतिहरुको सूचीमा पनि अमेरिका अगाडि देखिएको छ । जसअनुसार त्यहाँ सात सय ३५ जना अर्बपति छन् । उनीहरुको कुल सम्पत्ति चार दशमलव पाँच ट्रिलियन डलर पुगेको छ । जसमा बिल गेट्स, एलन मस्क, जेफ बेजोस, मार्क जुकरबर्ग, ल्यारी पेज, सर्गेई ब्रिनलगायत अर्बपतिको सूचीमा अगाडि छन् । उता चीनमा पाँच सय ६२ जना अर्बपति रहेको बताइएको छ । धेरै अर्बपति भएको मुलुकमा चीन दोस्रो स्थानमा…
पुरा पढौ