शिक्षा

स्वीकृत नै नपाएको बिषयमा सुवल इन्टरनेसनल कलेजले एमबीबीएस लगायत स्नातक तहका कार्यक्रमहरु सञ्चालनका लागि भर्नाको सूचना जारी

चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ । आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले विभिन्न विधाहरुमा भर्ना आह्वान गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘विद्यार्थी, अभिभावक र सम्बन्धित सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ । साथै, अनुमति नलिई भर्ना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने आयोगले स्पष्ट पारेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घलाटेमा सञ्चालित सुवल इन्टरनेसनल… पुरा पढौ

व्यवस्थापन सूचना प्रणाली

व्यवस्थापनका लागि निर्णय गर्दा आवश्यक पर्ने सूचनाहरूलाई प्राथमिकीकरण, वर्गीकरण, विश्लेषण, प्रशोधन र प्रसार गरी एकिकृत र परिस्कृत रूपमा एकै थलोबाट उपलब्ध गराउने पद्दतिलाई नै व्यवस्थापन सूचना प्रणाली (अङ्ग्रेजी: Management information system) भनिन्छ। राम्रो व्यवस्थापन सूचना प्रणालीले व्यवसायलाई प्रतिस्पर्धात्मक लाभ दिन सक्दछ किनकि यसले हजारौं डाटा प्वाइन्टहरूलाई सहयोगी र उपयोगी जानकारीमा परिणत गर्दछ, जसलाई रणनीति सुधार गर्न र नाफा बढाउन प्रयोग गर्न सकिन्छ। व्यवस्थापन सूचना प्रणाली डाटा-संचालित रिपोर्टहरू उत्पादन गर्दछ जसले व्यवसायलाई सही समयमा सही निर्णय गर्न मद्दत गर्दछ। प्रक्रिया व्यवस्थापन सूचना प्रणालीको… पुरा पढौ

कस्ता हुन्छन् मिथ्या सूचना ? के असर गर्छ ? अनि कसरी बच्ने ?

साउथ एसिया चेकका सम्पादक दीपक अधिकारीको भनाइको भाब । हामी निष्क्रिय उपभोक्ता भयौ भने गलत सूचनाको धेरै सिकार हुन्छौँ। हामी जति सचेत हुन्छौ, त्यति भ्रामक सूचना कम आउँछन्। अर्को कुरा, मिडियाले पुरा सूचना र सबैले बुझ्ने भाषामा सूचना दिएमा भ्रामक सूचना फैलाउने मौका कसैले पाउँदैन। सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अहिले मिथ्या सूचना फैलाउनमा यसले सघाउँदै आएको देखिन्छ। कुनै पनि सूचना सही हो कि होइन पत्ता लगाउनका लागि त्यसमा प्रयोग गरिएका तथ्य, तथ्यांक, घटना, घटनाक्रम, स्रोत, व्यक्ति, अभिव्यक्ति, तस्बिर, समय र… पुरा पढौ

किन र कसरी मनाउन सुरु भयो तिहार ?

‘जीवेम शरदः शतम् ।’ अर्थात्, सयौँ शरदसम्म बाँच्नू । शुक्लयजुर्वेदसंहितामा शरद ऋतुलाई महत्त्व दिइएको छ । सामान्यतः हाम्रो समाजमा वृद्धवृद्धाले नातिनातिनाको मुख हेरेर मर्ने चाहना राखेको पाइन्छ । यहाँ शरद ऋतुसम्म बाँच्नू भन्ने कामना किन गरियो ? शरद ऋतुमा त्यस्तो के छ ? जवाफ सीधा छ– शरद ऋतु धेरै कुराले धनी छ । केही भावुक कविले वसन्तलाई ऋतुको राजा भनेर लेखे, वास्तवमा वसन्त ऋतु आशाको बीउ वा बोट हो भने शरद फल हो । वसन्त आकांक्षी हो भने शरद विजेता… पुरा पढौ

वीरगञ्जका सबै विद्यालयमा सूचना अधिकारी तोक्न महानगरको निर्देशन

वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ पर्साले यही असोज ९ गते महानगरपालिका कार्यालयमा पठाएको पत्रमा विद्यालयमा सूचना माग्दा सूचना नपाएको अभिभावकको गुनासो आएको उल्लेख गरेकाले महानगरपालिकाले आज सूचना जारी गर्दै दसैँ बिदा बाहेक सात दिनभित्रमा हरेक विद्यालयमा एक सूचना अधिकारी तोक्न विद्यालयलाई निर्देशन दिएको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए ।  शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण पर्साको जगरनाथपुर गाउँपालिकामा वडामै लाभग्राहीको सहजताका लागि सामाजिक सुरक्षा… पुरा पढौ

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कन्सल्ट्यान्ट प्रा.लि.का संचालकसमेत लाइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

दैलेख जिल्ला, चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ३ स्थित चामुण्डा माध्यमिक विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‍बाट विभिन्न तालिम संचालनका लागि प्राप्त रकम अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, कर्णाली प्रदेश, प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतले विना सूचना, विना प्रतिष्पर्धा एकै चोटी कार्यक्षेत्र, क्षमता, आवश्यक पूर्वाधारसमेत अध्ययन नगरी तालिम संचालनको अनुमति दिई श्री चामुण्डा माध्यमिक विद्यालय चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ हाडाकोट दैलेखसँग सम्झौता गरेको र उक्त विद्यालय आफैले सञ्चालन गर्नुपर्ने तालिम इलाईट इन्फ्रास्ट्क्चर… पुरा पढौ

नया आइडिया को लागि बाथरुम

यदि तपाईं नुहाएर बाथरुमबाट निस्किँदै गर्दा तथा घरको कुकुरलाई डुलाएर फर्किंदै गर्दा तपाईंलाई कुनै नयाँ आइडिया फुर्यो वा आफूले भोगिरहेको समस्याको समाधानको सूत्र फेला पर्यो भने त्यो कुनै काकताली होइन । यस्तो आइडिया आउनु तपाईंको गहन विचार विमर्शको परिणाम हो । शोधकर्ताहरुले १५ वर्षसम्म गरेको एक अध्ययन अनुसार हामीले दैननदिन गरिरहने तथा खासै दिमागी कसरत तथा सोचविचारको आवश्यकता नपर्ने विभिन्न क्रियाकलाप गरिरहेको बेला हामीमा सिर्जनात्मक ब्रेकथ्रु हुने सम्भावना अत्यधिक हुन्छ । बाथरुममा नुहाउने, मर्निङवाक गर्ने जस्ता नियमित कार्यहरुमा हाम्रो मस्तिष्क… पुरा पढौ

वेलनन एकेडेमीमा विद्यार्थी स्वागत

सुमन जिसीपोखरा–१५ मा रहेको वेलनन एकेडेमीका कक्षा–११ म नवआगन्तु विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं. १५ का बड़ा अध्यक्ष तोरण कुमार वानियाले विद्यार्थीहरुको जिवनको बाटो देखाउने माध्यम शिक्षा रहेको र यस सँगै बानि, व्यवहार आचरन पनि सकारात्मक रहनुपर्ने विचार राखेका थिए ।विद्यालयका संस्थापक निर्देशक शान्तवहादुर गुरुङ्गले विद्यार्थीहरूको उज्वल भविश्यको निम्ती असल र सहि मार्ग निर्देशक भनेको नै शिक्षा रहेको र विद्यार्थीललो असल र व्यवहारिक बन सुभाव दिइका थिए ।विद्यालयका प्राचार्य आनन्दराज अधिकारीको अध्यक्षतामा भएको… पुरा पढौ

बिना रसिद बिभिन्न बिद्यार्थीहरुबाट भर्ना शुल्क लिदै आएको बिद्यालय नियन्त्रणमा

सुर्खेत जिल्ला, बीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित श्री जन नमूना मा.वि.ले मिति २०७९।०४।२६ गते प्रकाशित कक्षा ११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण बिद्यार्थीहरुबाट नेपालको संविधान, उच्च अदालत सुर्खेतको मिति २०७८।०८।०१ को परमादेश र मिति २०७८।०२।२३ को अन्तरिम आदेश विपरित बिद्यार्थी भर्ना गर्दा रकम असुल गरी बिलसमेत नदिएको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले उक्त बिद्यालयबाट बिना रसिद बिभिन्न बिद्यार्थीहरुबाट लिइएको रु. २,७६,६९०।–(दुई लाख छयत्तर हजार छ सय नब्बे रुपैयाँ) असुल गरिसकेको अवस्थामा… पुरा पढौ