शिक्षा

कन्काई नगरपालिकामा एकल बिद्यालय संचालन हुने

मिति २०८०/६/१२ गतेका दिन जनकल्याण प्रतिष्ठान एकल अभियान नेपाल बाल संस्कार केन्द्र झापा जिल्ला कार्य समितीको बैठकले कन्काई नगरपालिकामा एकल बिद्यालय संच्झालन गर्ने निर्णय गरेको छ l हाल देश भर एक हजार भन्दा बढी बिद्यालय संचालन हुँदै आएको छ l यो विद्यालयको आफ्नै छुट्टै कोर्ष रहेको छ र बिशेष गरि हाम्रो संस्कार सहित सवल नागरिक उत्पादन गर्ने यसको मुख्य लक्ष रहेको छ l सूचना अभियन्ता इस्वारा तिवारी उपाध्यक्ष रहेको झापा जिल्ला समितिको अध्यक्ष सम्मानित व्यक्तित्व श्री शंकर भट्टराई ज्यू हुनुहुन्छ… पुरा पढौ

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

 घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ ।  यसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताए ।  विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लागेका उप्रेतीले तीन कठ्ठा जमिनमा यतिबेला सयपत्री फूल ढकमक्क फुलाएका छन् । उनले मेचीनगर नगरपालिका–९ मा तीन कठ्ठा र विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् । तीमध्ये मेचीनगरमा लगाइएको… पुरा पढौ

आशा र आशंका को बिचमा स्थानीय सरकार

कागती र सुन्तला निर्यात गर्ने सपना राखेर गुल्मीको धुर्कोट गाउँपालिकाले यस वर्षको संविधान दिवस मनाएको छ । ‘खाद्यान्नमा आत्मनिर्भर र फलफूल निर्यात गर्न बाँझो जमिन जोत्ने गाउँपालिकाको योजना सुरु भएपछि रोपिएका कागती फल्न थालेका छन्, यसै वर्ष बजारमा जान्छ । अर्को वर्षदेखि सुन्तला फल्छ’ गाउँपालिका अध्यक्ष भुपाल पोखरेल भन्छन्, ‘ब्रान्डिङ र बजारीकरण अबको योजना हो ।’ बालेन ले काठामाण्डु बनाउन सकिन्छ भनेर एउटा आशा जगाए धरान मा हर्कको कारण कतै देश धार्मिक द्वन्द मा त जादैन भनि आशंका समेत जागेको… पुरा पढौ

सूचनाको हक कार्यान्वयनमा लागे बिद्यार्थी नेता किशोर भण्डारी

सूचनाको हक कार्यान्वयनमा लामो समय देखि शुरुवातबाट तारानाथ दाहाल निरन्तर लागिपर्नुभएको छ l लडीरहनुभएको छ l तारानाथ दाहाल,टंक जी, काशीराज दाहाल हरुको सोच बाट स्थापित सूचनाको हकलाइ माओबादी आन्दोलन र दोश्रो जनान्दोलनले स्थापित गर्यो २०६३ को अन्तरिम संबिधानमा समेटिएर २०६४ मा ऐन बनेको यो हकले २०७२ को संबिधानमा समेत स्थान पायो र अहिले यो सूचनाको हक संबैधानिक हक हो तर ऐन बनेको १७ वर्ष सम्म पनि यो हक खासै कार्यान्वयनमा आउन सकेको छैन तारानाथ दाहाल, टंक जी, शारदा भुषाल झा… पुरा पढौ

सुचनाको हकका लागि जिल्ला सञ्जाल ले वडा वडामा सूचनाको हक सबन्धि तालिम गर्दै

सुचनाको हकका लागि जिल्ला सञ्जाल पोखरा महानगर सञ्जाल तथा पोखरा महानगर वडा नम्बर १९ वडा कार्यालयको समन्वयनमा सुचनाको हकका लागि सचेतना तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले सुचनाको हकले आम नागरिकमा सचेत गराउने मात्रै हैन यसले भ्रष्टाचार हुन बाट पनि जोगाउने वताउदै, सुचनाको हक के हो यो हक प्रयोग गरेर कसरी शुशासन कायम गर्न सकिन्छ भन्ने कुराको बाटो खोल्न सकिने साथै आम नागरिक लाई मात्रै हैन सरकारि कार्यालयमा हुने कार्य… पुरा पढौ

दुइ स्थानमा पढाउने शिक्षक अख्तियारको फन्दामा

जिल्ला कास्की, पोखरा विश्वविद्यालयका उप-प्राध्यापक रविन्द्र प्रसाद बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिवद्धता पेश गरी नन्‍टिचिङ्ग एलाउन्ससमेत लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पोखरा विश्वविद्यालयका उप-प्राध्यापक रविन्द्र प्रसाद बरालले "अन्य स्थानमा काम नगर्ने भनी गरेको प्रतिवद्धता र पोखरा विश्वविद्यालयले भराएको फाराममा समेत अन्यत्र काम नगर्ने भनी आफैले गरेको हस्ताक्षरसहितको प्रतिवद्धता विपरीत सार्वजनिक सरकारी संस्थाबाट Non-teaching allowance समेत लिएको" उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा… पुरा पढौ

विद्यार्थी अभावले चल्न नसक्ने अवस्थामा पुगेका क्याम्पस : ‘मर्ज’मा लैजाने प्रयासमा त्रिवि

त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालयले गएको असार २३ गते एउटा सूचना जारी गर्‍यो। त्यसमा विश्वविद्यालयसँग सम्बन्धन लिएर स्नातक तह सञ्चालन गर्दै आएका क्याम्पसहरूले चाहेमा उनीहरू एकआपसमा गाभिन पाउने बाटो खुला गरिएको जानकारी थियो।  विश्वविद्यालय अनुदान आयोगले २०७९ चैतमा आयोजना गरेको विश्वविद्यालयका पदाधिकारीहरूको छलफलमा क्याम्पसहरू गाभिन सक्ने गरी सैद्धान्तिक सहमति जुटेको थियो। त्यही सहमतिपछि त्रिभुवन विश्वविद्यालयले सूचना जारी गरेर क्याम्पसहरूलाई आपसमा गाभिन पाउने सूचना दिएको हो।  सूचनामा उल्लेख भएअनुसार त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका दुई वा दुईभन्दा बढी क्याम्पसहरू पूर्ण रूपले एकआपसमा गाभिई समायोजन हुन… पुरा पढौ

विद्यालय ब्यबस्थापन समितका अध्यक्ष नै घुससहित पक्राउ

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ स्थित सिद्धिगणेश माध्यमिक विद्यालयका प्रधानाध्यपाक वुद्धिविकास धिताल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा १६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।  शिक्षक छनौट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । आयोगको टंगालबाट खटिएको टोलीले उनीहरुलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको समेत पुष्टि हुन आएकाले भ्रष्टाचार निवारण ऐन,… पुरा पढौ

साधारण तारेखमा छुटेका प्र. अ. लाइ भयो ९ महिना कैदको फैसला

ओखलढुङ्गामा बाल यौन दुव्र्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो । दुई छात्रालाई यौन दुव्र्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुव्र्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित रु ५० हजार क्षतिपूर्ति र रु २० हजार जरिवाना असुलउपर गर्नुपर्ने स्रेस्तेदार विनोदकुमार घिमिरेले बताउनुभयो । गत चैत ३ गते बालिकाका… पुरा पढौ

पोखराका विद्यालय भोलिदेखि तीन दिन बन्द

पोखरा महानगरपालिकाभित्र सञ्चालनमा रहेका विद्यालय भोलिदेखि तीन दिनसम्म बन्द हुने भएका छन् । विद्यार्थीहरुमा आँखा पाक्ने रोग देखिएपछि महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।  महानगरपालिकाले आज सूचना जारी गर्दै सम्पूर्ण सामुदायिक, संस्थागत  र मन्टेश्वरी स्कुललाई भोलिदेखि साउन २६ गतेसम्म बिदा दिन निर्देशन दिएको छ । सो बिदा वर्षे, हिँउदे वा स्थानीय बिदाबाट कट्टा गर्न महानगरपालिकाले भनेको छ ।  'सम्पूर्ण सामुदायिक, संस्थागत र मन्टेश्वरी स्कुलहरुसमेत वर्षे, हिँउदे र स्थानीय बिदाबाट कट्टा हुने गरी मिति २०८०–४–२४ गतेदेखि २०८०–४–२६… पुरा पढौ