शिक्षा

बाल यौन दुर्व्यवहार सम्बन्धि सचेतना भिडियो

https://www.youtube.com/watch?v=xvPtIC0D-xk नेपाल प्रहरीले तयार पारेको सचेतना मुलक भिडियो पुरा पढौ

पहिलो पटकको असफल एस.एल .सी प्रयास: ३० बर्ष पछि सफल

कैलालीका एक व्यक्तिले एस.एल.सी दिएको ३० बर्ष पछि एसईई उत्तीर्ण गरेका छन् । कैलारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीमा कार्यरत ५३ वर्षीय भागीराम चौधरीले सोही विद्यालयबाट यसवर्ष एसईई पास भएका हुन् । उनले २ ५ जीपीए ल्याएका छन् । कैलारी गाउँपालिका–६ बनकट्टाका चौधरीले २०४८ सालमा पहिलो पटक दीपेन्द्र मावि हसुलियाबाट एसएलसी दिएका थिए । शिक्षाप्रतिको उनको लगावले नै उनी अहिले सबैको लागि उत्प्रेरणाको स्रोत बनेको उनका सहकर्मी बताउँछन् । अघिल्लो दुई वर्ष कोरोना महामारीको क्रममा भने उनले एसईईका लागि… पुरा पढौ

अम्बानीलाइ जिते अदानीले

अमेरिकी चर्चित म्यागेजिन फोर्ब्सले विश्वका धनीहरुको सूची सार्वजनिक गरेको छ । पछिल्लो सूचीमा टेस्लाका मालिक एलन मस्क सबैभन्दा अगाडि छन् । २३४ अर्ब डलरको सम्पत्तिसहित उनी पहिलो नम्बरमा पुगेका हुन् । दोस्रो नम्बरमा एलभीएमएच कम्पनीका मालिक बेनेर्ड अर्नल्ट देखिएका छन् । उनको कूल सम्पत्ति १५४ अर्ब डलर छ । अमेजनका जेफ बेजोस १४३ अर्ब डलरका साथ तेस्रो नम्बरमा आइपुगेका छन् । तर भारतका पूर्वाधार व्यवसायी गौतम अदानी ११५ अर्ब डलरसहित चौथो स्थानमा रहेको सूचीले बताउँछ । भारतीय डलर अर्बपति मुकेश… पुरा पढौ

हलधरको यात्रा कति सत्य कति भ्रम

अहिले नेपालमा हलधर को दुई कुरा चर्चा मा छन एक थरी ले जे भन्छन अर्को थरिले हल्ला हो भन्छन सामाजिक संजाल मा यस प्रकार छ । कतिकुरा त साभार गर्दा वा कपी पेस्ट गर्दा पनि आनन्द लाग्दोरहेछ । मोदी नेपालको लागि मैत्रीपूण मित्र भएको मान्न नसकिए पनि उस्कोजस्तो शासनशैली कसैको देख्दिन । मलाई लाग्छ, नेपालमा पनि मोदीजस्तै शासक भैदिए । मोदीले यसभन्दा पहिला पनि कोइलाको डँगुरमुनि लुकेका हिरा खोजेर पुरस्कृत र सम्मानित गरेका थिए ! तपाइँ पत्याउँनुहुन्न भने कृपया यो… पुरा पढौ

सुशासनका आयामहरू

-जनसहभागितामूलक शासन व्यवस्था, -जनउत्तरदायी सरकार सञ्चालन, -शासन प्रक्रियामा पारदर्शिता अवलम्बन, -कानुनमा आधारित शासन व्यवस्था, -जवाफदेही शासन सञ्चालन, -प्रशासनको सरलीकरण र निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता, -समावेशितामा आधारित न्यायपूर्ण समाज निर्माणमा जोड, -भ्रष्टाचाररहित समाजको परिकल्पना, -दण्डहीनताको अन्त्य र कानुनको परिपालना, -नियम कानुनको पूर्ण परिपालना, -वित्तीय जवाफदेहिता प्रवद्र्धन, -स्वतन्त्र प्रेसको व्यवस्था । पुरा पढौ

विद्यालयका अध्यक्ष पासवान साथै प्रधानाध्यापक रामदिनेश मण्डल रु. ५०,०००/- घुस रकमसहित नियन्त्रणमा ।

जिल्ला महोत्तरी, श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरुलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिदै गरेको अवस्थामा उक्त रकमसहित जिल्ला महोत्तरी, जलेश्वर न.पा.-२, टाउन प्लानिङ्ग स्थित मामाज किचन, फेमिली रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिदै । पुरा पढौ

हिमाल कलेजका विद्यार्थी गण्डकीकै उत्कृष्ट

पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएका छन् । बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीहरुले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेका हुन् ।हिमाल कलेज अफ म्यानेजमेन्टकाका प्रमुख हरि कार्कीका अनुसार २०७७ सालको बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा ल्याएका हुन् । परीक्षामा सम्मिलित २२ विद्यार्थीले ६७ प्रतिशत अंक ल्याएर गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएका हुन् ।गत सालको परीक्षामा पनि हिमाल कलेजका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएको कार्कीले बताए । पुरा पढौ

नवजात शिशुको आवश्यकताहरू के हुन् ?

जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ ।नवजात शिशु र आमा दुबैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसुति केन्द्र/अस्पतालमा दक्ष प्रसुतिकर्मीद्धारा  प्रसुति गराउनु पर्दछ । नेपाल सरकारले तोकेका यस्ता प्रसुति संस्थामा निशुल्क प्रसुति गराउने व्यवस्थाका साथै, सुत्केरी महिलालाई यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था छ ।जन्मनासाथ नवजात शिशुलाई सफा तथा नरम कपडाले पुछ्ने र न्यानो हुनेगरी लुगाले बेर्नु पर्दछ ।जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई पहिलो बिगौती दूध खुवाउनु पर्दछ । बेलाबेलामा शिशुलाई स्तनपान गराउनाले प्रशस्त दूध… पुरा पढौ