शिक्षा

जानकी मावि पोखरामा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन

कास्की जिल्लामा वन विज्ञान बिषयको पढाई सञ्चालन गर्दै आएको जानकि माध्यमिक विद्यालयले यतिखेर पढ्दै कमाउँदै कार्यक्रम शुरु गरेको छ ।विद्यालयले विदाको समयलाई सदुपयोग गर्दै विद्यार्थीलाई बाँसका सामाग्री निर्माण गर्ने तालीम सञ्चालन गरेको हो । तालीममा कक्षा ९ र १० मा अध्ययनरत २० जना विद्यार्थीको सहभागिता रहेको कुरा सहायक प्रधानाध्यापक एवम् प्रशिक्षक कमलप्रसाद आचार्यले बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको शुभारम्भ गर्दै विद्यार्थीले उत्पादन गरेको सामाग्री औपचारिक कार्यक्रममा उपहारका रुपमा प्रयोग गरिने जानकारी… पुरा पढौ

प्रहरीमा युवती मोह : कोही जेलमा, कोही निलम्बित

प्रहरी संगठनलाई नागरिकका सुरक्षाको दृष्टिमा सर्वोत्कृष्ट निकाय मानिन्छ । तर, केही अधिकृतका कारण प्रहरी संगठन नै बदनाम हुने गरेको छ । प्रहरी अधिकृतहरूको युवती मोहले संगठन नै बदनाम हुँदै आएको छ । सोमबार मात्रै प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास तिमिल्सिनाको युवती मोह बाहिरिएको छ । उनीमाथि आपत्तिजनक मेसेज पठाएको आरोप लागेको छ । ‘अब बोल्ने’ नामक ट्विटर अकाउन्टबाट प्रहरी मुख्यालयलाई मेन्सन गर्दै सार्वजनिक गरिएको म्यासेजका कारण इन्स्पेक्टर तिम्सिनालाई आपत आइलागेको छ । उनले एक युवतीलाई ‘म तिम्रो शरीरको प्रशंसक हुँ’ भन्दै… पुरा पढौ

प्रेरणा मेरो आदर्श गुरु

मानव चेतनशील प्राणि हो, जसलाइ ज्ञान बुद्धि र बिवेकको खानि पनि भनेर चिनिन्छ। तर बिडम्बना कोहिबाहिर मानवको खोल ओडेर भित्र-भित्र दानवको भुमिका खेलिरहेका हुन्छन् भने कोहि यस्ता मानिस पनि हुन्छन् जो आफू मानव भन्दा माथि उठेर सारा मानव जगतलाइ नै आफू मानिस भएकामा गर्व गर्नु पर्छ भन्नेकुरा महसुस गराउँछन। बाटो बिराएर गलत बाटो तर्फ गईरहेका यात्रिका पाइलाहरूलाई सहि बाटो तर्फ डोहोर्याएर उसको गन्तब्य सम्म पुग्नका लागि सरल सहज र सूमार्ग निर्देशकको भुमिका खेलिरहेका हुन्छन्।उदाहरण खोज्ने हो भने मातापिता र शिक्षक… पुरा पढौ

छात्रवृत्ति नदिने ३४२ निजी विद्यालयको पर्दाफास गरे बालेनले

काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ। काठमाडौं महानगरपालिकाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो। त्यसअनुसारको विवरण पेश नगर्ने ३४२ वटा विद्यालयको सूची प्रकाशित गरेको छ। ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ। जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४… पुरा पढौ

३ कोठे शौचालय बनाउन ५९५ बोरा सिमेन्ट

 गल्याङ नगरपालिका–६ पिडिखोलास्थित नरोदय माविमा निर्माण गरिएको ३ कोठे शौचालयमा ५ सय ९५ बोरा सिमेन्ट प्रयोग भएको छ । शिक्षक अभिभावक संघले विद्यालयको सामाजिक लेखापरीक्षण गर्नेक्रममा शौचालय निर्माण गर्दा ५ सय ९५ बोरा सिमेन्ट खर्च भएको देखिएको हो । एउटै बिलमा ५ सय ९५ बोरा सिमेन्ट खरिद गरेको देखिएपछि शौचालय निर्माणमा अनियमितता भएको आशंका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले गरेको छ । विद्यालयलाई शौचालय बनाउन पुनर्निर्माण प्राधिकरणले १४ लाखभन्दा बढी रकम दिएको थियो । त्यति रकमले शौचालय बनाउन… पुरा पढौ

नेपालमा सूचनाको हकअधिकारको उपयोगमा महिलाको चासो : एक अध्ययन

नेपालमा सूचनाको हकअधिकारको उपयोगमा महिलाको चासो ः एक अध्ययनत्रिभुवन विश्वविद्यालय सामाजिक शास्त्र विषयकोस्नातकोत्तरतहको उपाधि प्राप्तिकोआवश्यकतापरिपूर्तिका लागि प्रस्तुतशोध — पत्रप्रस्तुतकर्तासिर्जना वाग्लेरोल नं. ५२७रजिष्टेसन न. ९–२–३२४–६२–२००६समाजशास्त्र केन्द्रिय विभागत्रिभुवन विश्वविद्यालय, कीर्तिपुरकाठमाडौ२०७३द्दत्रिभुवन विश्वविद्यालयसामाजिक शास्त्र अन्तर्गत समाजशास्त्रकेन्द्रिय विभाग, कीर्तिपुरसिफारिस पत्रत्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभाग अन्र्तगत समाजशास्त्र बिषयको स्नातकोत्तर तह पूरा गर्नेप्रयोजनका लागी मेरो निर्देशन र सुपरिवेक्षणमा सिर्जना वाग्लेले नेपालमा सूचनाको हक अधिकारकोउपयोगमा महिलाको चासो बिषयकोशोधपत्र तयार गर्नुभएको हो । म उहाँको कार्यप्रति सन्तुष्ट छुर उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै मूल्याङ्कनका लागी सिफारिस गर्दछु ।………………….. डा. मनहरी… पुरा पढौ

अर्थ मन्त्रालयले खर्च कटौति गर्न पठाएको १४ बुँदे परिपत्रको मजाक उडाउदै सडक बिभाग

 सरकारी राजस्व लक्ष्य अनुसार नउठेको भन्दै अर्थ मन्त्रालयले तालिम, गोष्ठी, सेमिनारको बजेट कटौती गरेको छ । २०७९ माघ १७ गते मन्त्रालयले सबै मन्त्रालयहरू, संवैधानिक निकाय र सरकारी संघ–संस्थाहरूमा पत्राचार गरे पनि भौतिक मन्त्रालय मातहतको सडक विभागले भने त्यसलाई परिपालना नगरी अटेरी अघिल्लो हप्ता सम्पन्न भएको कार्यक्रमले पुष्टि गरेको छ । यसरी अर्थ मन्त्रालयले खर्च कटौति गर्न पठाएको १४ बुँदे परिपत्रको एक नम्बरमै तालिम, गोष्ठी र सेमिनार नगर्न भनिए पनि मन्त्रालयले सुनुवाइ नगरेको पाइएको छ ।  विभागस्रोतका अनुसार सडक विभागले वार्षिक… पुरा पढौ

बैंक र कन्सल्टेन्सीले नेपाल सरकारलाई झुक्क्याए : नक्कली डकुमेण्टका कारण विद्यार्थीको चिल्लीबिल्ली

पछिल्लो समय नेपाली विद्यार्थीहरुमा विदेश मोह देखिएको छ । विदेश पढ्न जाने नेपाली विद्यार्थीको लर्को लागेको छ । विकसित मुलुक जाने नेपाली विद्यार्थीले पहिल्यै आफ्नो आम्दानीको स्रोत देखाउनुपर्छ । आफ्नो अभिभावकको मासिक कमाई, घरजग्गा, बैंक ब्यालेन्स देखाउनुपर्ने प्रावधान छ । उता, जान लाग्ने शुल्क पनि त्यतिकै चर्को छ । सामान्य घरपरिवारका सन्तान पनि अहिले धमाधम राम्रो देश दौडिरहेका छन्, कसरी ? यसका लागि धेरै सोच्नै पर्दैन् ।बैंक तथा वित्तिय संस्थाले आम्दानीको स्रोत देखाउनका लागि तीनदेखि पाँच लाख रुपैयाँ लिइरहेका छन्… पुरा पढौ

काँग्रेस कार्यकर्ताले कर्मचारी कुटेको विरोधमा कालोपट्टी

नेपाली काँग्रेसका कार्यकर्ताले कार्यकक्षमै कर्मचारी कुटेको भन्दै तनहुँको भिमाद नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् ।  काँग्रेस भिमाद नगर समितिको अगुवाईमा नेविसंघका कार्यकर्तासमेत जम्मा पारेर उपसचिव पदमराज आचार्यमाथि कार्यकक्षमै दुर्व्यवहार गरेर शिक्षा, युवा तथा खेलकुद शाखामा तालाबन्दी गरेको विरुद्धमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । आज विज्ञप्ति जारी गर्दै उनीहरुले ताला नखोलिएसम्म कालोपट्टी बाँधेर विरोध जनाउने बताएका छन् ।  काँग्रेस र उसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध केही व्यक्तिहरुले नगरपालिकाको काम कारबाहीको विषयलाई लिएर उपसचिव आचार्यमाथि कार्यकक्षमै अभद्र व्यवहार र शाखामा… पुरा पढौ