शिक्षा

अश्लिल भिडियो देखाएर छात्रालाई दुर्व्यवहार गरेको भन्दै जनक माविका विद्यार्थी आन्दोलित

अश्लिल भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका छन् । कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहररुकाे आरोप छ। दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् । आन्दोलित विद्यार्थीले विद्यालयमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा पनि आगजनी गरेका छन् । विद्यालय परिसरमा रहेको ना२४प ६६१५ र प्र३–००२ प २७७६ नम्बरका दुई मोटरसाइकलमा आगजनी गरेका छन् । विद्यालय र राजमार्ग क्षेत्र आइतबार केहीबेर तनावग्रस्त बनेको… पुरा पढौ

सूचनाको हक र सार्वजनिक निकायको दायित्व

सूचना भन्नाले सङ्केतहरूको समूह हो, जसलाई सन्देशको रूपमा व्याख्या गर्न सकिन्छ। सूचनालाई सङ्केतको रूपमा अभिलेख राख्न वा सन्देशको रूपमा सञ्चार गर्न सकिन्छ। सूचना कुनै खास परिस्थिति वा अवस्थाको बारेमा कुनै स्रोतबाट प्राप्त वा सञ्चार गरिएको ज्ञानलाई बुझिन्छ। यो एउटा प्रश्नको उत्तर हो। सूचनाले कुनै विषयको बारेमा अज्ञानता वा अनिश्चितता हटाउन मद्दत गर्दछ। सार्वजनिक प्रशासनको क्षेत्रमा सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम, तत्सम्बन्धी कामकारवाइ वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामाग्री वा जानकारी हो। सूचनाको हक भन्नाले… पुरा पढौ

कस्तो समानुपातिक निर्वाचन प्रणाली उपयुक्त ? प्रेमराज सिलवाल

लोकतान्त्रिक व्यवस्थाको प्राणजस्तै मानिएको निर्वाचन सम्बन्धमा विश्वमा विभिन्न विधि र मोडेल पाइन्छन् ।  सन् १८१९ मा बेलायतका स्कुले शिक्षक थोमस वीइट हिलले निर्वाचनबाट जनताको प्रतिनिधित्वलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा अध्ययन गरेका थिए ।  फ्रान्समा दोस्रो विश्वयुद्धपछि निर्वाचन प्रणालीको बहस भएको थियो ।  दार्शनिक जे.एस. मिलले समानुपातिक प्रणालीको समर्थन गर्दै प्रतिनिधिमूलक प्रजातन्त्रको अर्काे नाम भनेका थिए ।  स्वीट्जरल्यान्डलाई विश्वमा प्रजातान्त्रिक प्रणालीको उदाहरणका रूपमा लिइन्छ ।  त्यहाँ स्थानीय तहदेखि नै समानुपातिक प्रणालीलाई सफलतापूर्वक लागू गरिएका छन् ।  विश्वका अधिकांश मुलुकले अपनाएको… पुरा पढौ

निर्बाचन सम्बन्धि के जान्ने ?

“नागरिकले मतदानको माध्यमबाट आफ्नो अधिकार प्रयोग गर्छन् । निर्वाचन भनेको मतलाई सिटमा रुपान्तरण गर्ने विधि र तरिका हो । निर्वाचनको प्रकृति अनुसार विधि र तरिका पनि फरक फरक हुन सक्छन् । त्यसलाई हामी निर्वाचन प्रणाली भन्ने गर्छौं ।१ छनोट गरिएको निर्वाचन प्रणालीबाट मतदाताले खसाएको मतलाई संख्या परिणत गर्छ । हारजितमा रुपान्तरण गर्छ ।” “निर्वाचनको आवश्यकता अनुसार निर्वाचन प्रणाली निर्धारण हुन्छ । निर्वाचन प्रणालीका विधि तयार गर्न केही आधारहरू लिइएको हुन्छ ।”२ त्यस्ता आधारहरू मध्ये एउटा आधार भनेको– ‘देशको भौगोलिक, सामाजिक,… पुरा पढौ

१५ लाख तिरे पास नत्र फेल

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुने अधिकाशं विद्यार्थीसंग रकम असुली गरी पास गराएको अरोप सो आयोगमाथी लागेको छ । सो आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीसहितको केही सदस्यहरुले सो परिक्षामा सहभागीहुने विद्यार्थीसंग मोटो रकमको माग गरेभन्दै दुखेशो पोख्न मिडिया सम्म पुगेपछि सो अबैधधन्दाको पोल बाहिर आएको हो । सो परिक्षामा सहभागीलाई प्राडा गिरीले प्रतिव्यक्ती ३ देखि १५ लाख रुपैयाँसम्म बुझाएको खण्डमा परिक्षामा राम्रो प्रतिशतमा उर्तिण गराईदिनेभन्दै रकम माग गरेको गुनासो पीडित विद्यार्थीले नाम गोप्य राख्ने… पुरा पढौ

सूचना नदिने धरान उपमहानगरपालिका का कार्यकारी लक्ष्मी प्रसाद पौडेललाई १० हजार जरिवाना सहित विभागीय कारबाही को निर्णय भएको छ

धरान उपमहानगरपालिका कार्यकारी लक्ष्मी प्रसाद पौडेल एमालेले जितेको धरान उपमहानगरपालिका मा हाल मेयर नेपालि कांग्रेश का तिलक राइ हुनुहुन्छ भने उपमेयर एमालेबाट निर्बाचित मन्जु भण्डारी हुनुहुन्छ l यो बिषयमा मेयर तिलक राइलाइ सोध्दा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो भने कार्यकारी लक्ष्मीप्रसाद पौडेल संग सम्पर्क गर्दा आफुलाई थाहा नभएको के रहेछ कार्यालय पुगेपछि थाहा हुने बताउदै नियम अनुसार जरिवाना तिर्न पर्ने भए कारबाही भोग्न पर्ने भए गरौला तर आफु आएको बल्ल केहि महिना मात्र भएको कारण आफुलाई बिस्तृत थाहा नभएको बताउनुभयो… पुरा पढौ

सूचना आयोगको सक्रियता दैनिक बढ्दै, स्थानीय तह मा आक्रामक सेवा साथै आदेश

जिल्लाकाे बुढीनन्दा नगरपालिकामा शुक्रबार सरकार र सरोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सुचना आयोगका आयुक्त कमला ओलीकाे सहभागितामा कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। कार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका विषयमा छलफल गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सुचना आयोगका आयुक्त कमला ओलीले हक सम्बन्धी आवश्यक प्रावधान,सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा जानकारी गराएकी… पुरा पढौ

चुनाव जित्न पैसा कि एजेन्डा ?

 निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई… पुरा पढौ

पत्रकार हरुका लागी आचारसंहिता जारी

निर्वाचन आयोगले पत्रकार हरुका लागी निर्वाचन आचारसंहिता जारी गरेको छ। आयोगका अनुसार पत्रकारलाई कसैको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न रोक ।आचारसंहितामा अनलाइन वेबपेजमा राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्न नपाइने । पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबूक, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रति कमेन्ट गर्न नहुने | सम्वत् २०७९ साल वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका… पुरा पढौ

शिक्षा मन्त्रालयमा सूचना पाउनै सकस

रिपोर्टरको डायरी भनि तारा चापागाई ले अन्नपूर्ण पोस्ट मा लेखेको जस्ताको तस्तै बिस्तृत जानकारिको लागि अन्नपुर्ण पोस्ट हेर्नुहोला नेपालको संविधानको धारा २७ मा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ।’ त्यसमुताबिक कानुन तयार भइसकेको त छैन, तैपनि सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सूचना नदिने सार्वजनिक निकायका अधिकारीलाई सजायको भागिदार बनाएको छ।  संविधान–ऐनले दिएको अधिकार र नियम पालना गर्दै मैले फागुन १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा केही सूचना माग… पुरा पढौ