आरेन राईले भने- प्रधानमन्त्रीलाई प्रश्न गरेकोमा आफैंप्रति लज्जा भयो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिबाट आफू लज्जित हुनु परेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा राईले प्रधानमन्त्रीबाट यति कमजोर जवाफको अपेक्षा गरेर प्रश्न नगरेको बताए ।

‘मलाई हाम्रो प्रधानमन्त्रीज्यूले यति कमजोर, मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्न सोध्थिनँ,’ राईले भने, ‘आज मलाई आफैंलाई लज्जास्पद अनुभूति भइरहेको छ ।’

राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउँदै माफी माग्नुपर्ने माग गरे । आफ्नो पार्टी देश बचाउने सर्तमा आएकाले माग पूरा नभएसम्म संसद् चल्न नदिने पनि उनले बताए ।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।