सहकारी पीडितले ३३ वर्षदेखिको रकम फिर्ता पाउन बाँकी, सरकारले कसरी गर्दैछ फिर्ता?
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आगामी जेठ पहिलो साताबाट बचत फिर्ता प्रक्रिया सुरू गर्ने भएको छ।
हाल यस्तो समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रूपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिले उल्लेख गरेको छ।
समितिले बचत फिर्ताको लागि चक्रीय कोषको रकम प्रयोग गर्नेछ।
हालसम्म सरकारबाट चक्रीय कोषमार्फत २६ …