कृषि विकास बैंकको नाफा करिब ९७ प्रतिशत घट्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कृषि विकास बैंकको नाफामा ९६.९९ प्रतिशतको गिरावट आएको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा १९ करोड ९ लाख रुपैयाँ थियो ।

 

 

 

बैंकको वितरणयोग्य नाफा २ अर्ब ४८ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरे पनि प्रदान गर्न बाँकी छ । जसले गर्दा वितरणयोग्य नाफा उच्च देखिएको हो ।

बैंकको खुद ब्याज आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले १ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ४२ करोड रुपैयाँ छ ।

 

 

 

लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) उच्च दरले बढेको छ । जसले नाफामा सिधा असर परेको छ । यस्तो रकम पहिले ९० करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ४६ करोड रुपैयाँ छुट्याइएको छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी ०.१७ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ २३९.५२ रुपैयाँ छ । निष्क्रिय कर्जा उत्ति नै छ । कुल कर्जामा यस्तो कर्जा पहिले ४.७८ प्रतिशत रहेकोमा अहिले पनि त्यति नै छ । बजार मूल्य प्रतिकित्ता ३१८ रुपैयाँ छ । बैंकको आधार दर एक वर्षको अवधिमा ७.०७ बाट घटेर ५.४२ प्रतिशतमा झरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।