प्रधानमन्त्री र गृहमन्त्री छुट्टी मनाएर बस्ने, दुर्गममा अनिशा धामी मर्ने अवस्था छ– ऐन महर
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले बझाङमा २३ वर्षीया स्वास्थ्यकर्मीको शंकास्पद मृत्यु भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै प्रधानमन्त्री र गृहमन्त्रीहरू छुट्टी मनाएर बस्ने, सामाजिक सञ्जालमा जिस्किरहने तर दुर्गममा अनिशा धामीको शंकास्पद मृत्यु हुने परिस्थिति सिर्जना भएको बताएका छन्।
‘बझाङ जिल्लाको केदारस्युँ गाउपालिका– ७ …