कैलालीको गोदावरीमा रास्वपाको सिंगो नगर कार्य समितिद्वारा राजीनामा


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 कैलालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिंगो नगर कार्य समितिले राजीनामा दिएको छ ।

गोदावरी नगर समितिका पदापधिकारी तथा सदस्यहरुले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका हुन् ।

समितिको कार्य समितिको बैठक राखेर नै सामूहिक राजीनामा दिने निर्णय गरेको थियो । नगर सभापति दिपक ओझाले समितिले कुनै दबाब र प्रभावका कारण नभएर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न सामूहिक राजीनामा दिएको बताएका छन् ।

कार्य समितिले माइन्युटमै गोदावरी नगर तथा पार्टीको सिद्धान्तअनुसार कार्य सम्पादन गर्न नसकिएको र नयाँ समितिलाई मार्ग खुला गर्ने चाहना अनुुसार नै राजीनामा दिएको निर्णय गरिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।