सूचना लोकतन्त्रको प्राणवायु : कैलाली प्रजिअ लम्साल


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना लोकतन्त्रको प्राणवायु भएको बताएका छन् ।

मंगलबार ‘राष्ट्रिय सूचना दिवस २०८२’ को अवसरमा हुलाक निर्देशनालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय कैलालीले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सूचना पाउनुपर्ने नागरिकको हक भएको बताउँदै उनले कार्यालयले दिन मिल्ने सूचना दिनमा कुनै समस्या नहुने बताए ।
उनले विभिन्न कार्यालयमा भएका सूचना अधिकारीले सूचना पाउने प्रणाली कमजोर भएकाले सूचना अधिकारीले समयमा सूचना नपाउने बताउँदै नागरिकले सूचना प्राप्त गर्न केही ढिलाइ हुने गरेको बताए ।

केही समय लागेपनि दिन मिल्ने सूचना नागरिकलाई दिनुपर्ने उनले बताए । राष्ट्रनिर्माण,सुशासन,नागरिक हितका लागि सबैले लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा हुलाक निर्देशनालयका निर्देशक गोविन्दप्रसाद पाण्डेले सूचनाको हक,कानूनी व्यवस्था लगायत बिषयबस्तुमा प्रस्तुतिकरण राखेका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्न कार्यालयका सूचना अधिकारीलगायतको उपस्थित रहेको थियो ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।