जबरजस्ती करणी गरेको आरोपमा नगर प्रहरी इन्चार्ज पक्राउ


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा नगर प्रहरी इन्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र बोहरा रहेका छन् ।  

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत साउन ३० गते ३२ वर्षीया एक महिलाले बोहराविरुद्ध जबरजस्ती करणीको जाहेरी दिनुभएको थियो ।

सोही जाहेरीका आधारमा नगर प्रहरी इन्चार्ज बोहरालाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।