अरूको पीडा हेर्दाहेर्दै हाम्रो मनमा बस्ने आघात : Vicarious Trauma


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कल्पना गर्नुहोस्, तपाईं बाढी प्रभावित क्षेत्रमा हुनुहुन्न। तर मोबाइलको स्क्रिनमा बाढीले बगाएको घर, आफ्ना मानिस खोज्दै रोइरहेका परिवार, उद्धारको पर्खाइमा रहेका मानिस मृत्युका पीडादायी दृश्यहरू बारम्बार हेरिरहनुभएको छ। ती दृश्यहरू बन्द गरेपछि पनि मनबाट हट्दैनन्। मन भारी हुन्छ, निद्रा प्रभावित हुन सक्छ आफ्नै परिवारको सुरक्षाप्रति डर लाग्न थाल्छ।

हामीले त्यो विपत्ति प्रत्यक्ष रूपमा भोगेका छैनौँ, तर अरूको पीडा हेर्दा, सुन्दा त्यससँग भावनात्मक रूपमा जोडिँदा त्यसको प्रभाव हाम्रो मनमा पनि पर्न सक्छ। यही अनुभवबाट हामी परोक्ष आघात अर्थात् Vicarious Trauma को अवधारणालाई बुझ्न सक्छौँ।

कसैको दर्दनाक कथा सुन्दा वा उसको पीडासँग भावनात्मक रूपमा जोडिँदा कहिलेकाहीँ त्यो अनुभवले हाम्रो आफ्नै सोच, भावना व्यवहारमा गहिरो प्रभाव पार्न सक्छ।

अरूको आघातपूर्ण अनुभवसँग निरन्तर सम्पर्कमा रहँदा व्यक्तिको मानसिक संसारमा पर्ने यस्तो गहिरो प्रभावलाई परोक्ष आघात (Vicarious Trauma) भनिन्छ।

यसमा हामीले प्रत्यक्ष रूपमा त्यही घटना भोगेका नहुन सक्छौँ। तर अरूको पीडा सुन्दै, देख्दै वा उनीहरूलाई सहयोग गर्दै जाँदा संसार, मानिस सुरक्षाप्रतिको हाम्रो दृष्टिकोण परिवर्तन हुन सक्छ। संसार पहिलेभन्दा बढी असुरक्षित वा खतरनाक भन्ने अनुभूति हुन सक्छ। लामो समयसम्म यस्तो प्रभाव रहिरहेमा यसले भावनात्मक मानसिक स्वास्थ्यमा असर पार्न सक्छ।

इतिहास

सन् १९९० को दशकमा न्युयोर्कमा लिसा म्याकक्यान पर्लम्यानले अनुसन्धान गरेर थेरापिस्ट क्लाइन्टबीचको सम्बन्धका कारण हुने मानसिक प्रभावहरू देखाए। खासगरी, अमेरिकन साइकोलोजिकल एसोसिएसन (APA) को इतिहासमा लरी एनी पर्लम्यान (Laurie Anne Pearlman) क्यारेन डब्लु. स्याकभिट्ने (Karen W. Saakvitne) ले सन् १९९५ मा प्रकाशित गरेको लेखमा काउन्टरट्रान्सफरेन्स परोक्ष आघातको गहिरो व्याख्या गरेका छन्। उनीहरूले देखाए कि थेरापिस्टले क्लाइन्टको दर्दनाक कथा सुनेर आफैं पनि त्यस्तै पीडा भोग्न सक्छ।

 यसको अध्ययन रोकथामका लागि ISTSS (Northeastern University) ले आधिकारिक टुलकिट जारी गरेको , जसमा 'सेल्फ-केयर' सँगै अन्य संसाधनहरूको प्रयोग गर्न निर्देशन दिइएको छ।

यसका लक्षणहरू केके हुन सक्छन्?

Vicarious Trauma को अनुभव व्यक्तिअनुसार फरक हुन सक्छ। सामान्य रूपमा देखिन सक्ने केही संकेतहरू यस प्रकार छन्:

निद्रामा समस्या हुनु

अत्यधिक थकान महसुस हुनु

उदासी वा भावनात्मक रूपमा भारी महसुस हुनु

रिस वा चिडचिडापन बढ्नु

एकाग्रतामा कमी आउनु

मानिस तथा संसारप्रतिको विश्वासमा परिवर्तन आउनु

आशा कम हुँदै गएको महसुस हुनु

पीडादायी दृश्य वा घटनाहरू बारम्बार सम्झनु

डर लाग्ने सपना देख्नु

आफू वा आफ्ना प्रियजन असुरक्षित छन् भन्ने महसुस हुनु

मानिसहरूबाट टाढा रहन मन लाग्नु

कामप्रति निराशा वा भावनात्मक थकान महसुस हुनु

यी लक्षणहरू देखिँदैमा सबैलाई Vicarious Trauma नै भएको हुन्छ भन्ने होइन। तर यस्ता लक्षणहरू लामो समयसम्म रहिरहे वा दैनिक जीवनमा असर पार्न थालेमा मानसिक स्वास्थ्य विशेषज्ञसँग सहयोग लिनु उपयुक्त हुन्छ।

कसलाई बढी जोखिम हुन सक्छ?

परोक्ष आघात विशेषगरी अरूको पीडा, हिंसा वा विपत्तिसँग निरन्तर सम्पर्कमा रहने व्यक्तिहरूमा देखिन सक्छ।

यसमा:

स्वास्थ्यकर्मीहरू

मनोवैज्ञानिक तथा थेरापिस्टहरू

परामर्शदाता

सामाजिक कार्यकर्ता

पत्रकारहरू

प्रहरी अधिकारीहरू

उद्धारकर्मीहरू

कानुनी क्षेत्रमा पीडितका घटनासँग काम गर्ने व्यक्तिहरू

मानवअधिकारकर्मी तथा सामाजिक अभियन्ताहरू

जस्ता पेशाकर्मीहरू बढी जोखिममा हुन सक्छन्।

उदाहरणका लागि, प्रहरी अधिकारीहरूले दुर्घटना, हिंसा मृत्युका घटनाहरू सामना गर्नुपर्ने हुन सक्छ। पत्रकारहरूले पीडादायी घटनाहरूको रिपोर्टिङ गर्नुपर्ने हुन्छ। स्वास्थ्यकर्मीहरूले बिरामी परिवारका दुःखद अनुभवसँग निरन्तर काम गर्नुपर्छ। त्यस्तै, थेरापिस्ट तथा परामर्शदाताले क्लाइन्टका गहिरा पीडादायी जीवनकथा सुन्नुपर्ने हुन्छ।

त्यसैले यस्ता पेशाकर्मीहरूका लागि नियमित सुपरभिजन, सहकर्मीबीच खुला संवाद आवश्यक मानसिक स्वास्थ्य सहयोग महत्वपूर्ण हुन्छ।

यसको व्यवस्थापन कसरी गर्ने?

अरूको पीडा महसुस गर्नु मानवता हो। तर अरूको पीडामा पूर्ण रूपमा डुबेर आफ्नै मानसिक स्वास्थ्यलाई बेवास्ता गर्नु आवश्यक छैन।

आफ्नो मानसिक स्वास्थ्य जोगाउन निम्न उपायहरू उपयोगी हुन सक्छन्:

आवश्यक पर्दा कामबाट केही समयको दूरी लिएर आराम गर्ने

नियमित व्यायाम गर्ने

सन्तुलित खानपानमा ध्यान दिने

पर्याप्त निद्रा लिने

परिवार विश्वासिलो साथीहरूसँग समय बिताउने

आफ्ना भावना सुरक्षित व्यक्तिसँग साझा गर्ने

डायरी वा जर्नलमा आफ्ना भावनाहरू लेख्ने                               

कला संगीतको प्रयोग गर्ने प्रार्थना,

 माइन्डफुलनेस, योग वा ध्यान गर्ने

सामाजिक सम्बन्ध कायम राख्ने

अत्यधिक पीडादायी सामग्रीबाट केही समय टाढा रहने

सबैका लागि एउटै उपाय प्रभावकारी नहुन सक्छ। आफ्नो आवश्यकता परिस्थितिअनुसार मानसिक विश्रामको तरिका खोज्नु महत्वपूर्ण हुन्छ।

डिजिटल संसार हाम्रो मानसिक स्वास्थ्य

आजको समयमा हामी प्रत्यक्ष घटनास्थलमा नभए पनि मोबाइलको स्क्रिनमार्फत संसारभरका पीडादायी घटनाहरूको साक्षी बनिरहेका हुन्छौँ। बाढीले बगाएका घरहरू, मानिसहरूको मृत्यु, दुर्घटना, हिंसा विपत्तिका भिडियो तथा तस्बिरहरू बारम्बार हेर्दा हाम्रो मनमा पनि प्रभाव पर्न सक्छ। एउटै पीडादायी भिडियो बारम्बार हेर्नु वा निरन्तर नकारात्मक समाचारमा डुबिरहनु मानसिक रूपमा थकाउने हुन सक्छ। त्यसैले आवश्यक जानकारी लिनु महत्त्वपूर्ण भए पनि आफ्नो मानसिक स्वास्थ्यको सीमालाई बुझ्नु पनि उत्तिकै आवश्यक छ।

अहिलेको नेपालको सन्दर्भ

नेपालमा बाढी, पहिरो, दुर्घटना तथा अन्य विपत्तिका घटनापछि सामाजिक सञ्जाल सञ्चारमाध्यममा धेरै पीडादायी दृश्यहरू फैलिन्छन्। यस्ता दृश्यहरू हेर्दा प्रत्यक्ष रूपमा घटनास्थलमा नभएका मानिसहरू पनि भावनात्मक रूपमा प्रभावित हुन सक्छन्। कहिलेकाहीँ हामीलाई किन यति धेरै पीडा भइरहेको भन्ने थाहा नहुन सक्छ। अरूको दुःखप्रति संवेदनशील हुनु कमजोरी होइन। तर त्यो पीडाले हाम्रो दैनिक जीवन, निद्रा, काम मानसिक स्वास्थ्यमा निरन्तर असर गर्न थालेमा आफूलाई पनि हेरचाह आवश्यक भन्ने बुझ्नुपर्छ।

अन्त्यमा : आफूलाई पनि बचाऔँ

अरूलाई सहयोग गर्ने क्रममा आफूलाई बिर्सनु हुँदैन। संस्थागत स्तरमा पनि मानिसहरूले आफ्ना कठिन अनुभव भावनाबारे खुलेर बोल्न सक्नेSafe to Speak Culture” अर्थात् बोल्न सुरक्षित वातावरण निर्माण गर्नु आवश्यक छ। स्क्रिन टाइम घटाउने, अत्यधिक पीडादायी भिडियोहरू बारम्बार नहेर्ने, आवश्यक पर्दा सामाजिक सञ्जालबाट केही समय टाढा रहने आफ्ना भावनाहरू व्यक्त गर्न सुरक्षित ठाउँ खोज्नु मानसिक स्वास्थ्यका लागि उपयोगी हुन सक्छ। आत्म-हेरचाह स्वार्थ होइन। किनकि आफ्नो मानसिक स्वास्थ्य सुरक्षित राख्न सकेमा मात्र हामी अरूलाई पनि स्वस्थ प्रभावकारी रूपमा सहयोग गर्न सक्छौँ।

 पीडा महसुस गरौँ, सहयोग गरौँ, तर आफ्नो मनलाई पनि जोगाउन नबिर्सौँ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।