सूचना दिवस महासंघले सडक सभा गर्दै मनाउदै, आयोग र प्रधानमन्त्री कार्यलयबाट पनि शुभकामना प्रदान


सबै स्थानीय तहलाइ सूचना दिवस मनाउन परिपत्र भएको छ
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्रिय सूचना आयोगले १९ औं राष्ट्रिय सूचना दिवसको अवसरमा शुभकामना दिएको छ । सूचनाको हकको क्षेत्रमा पछिल्लो चरण आयोग बिबादित बन्दै गएको छ । अभियन्ताहरुको अनुसार आयुक्तलाई सूचनाको हकको ज्ञान नहुनु र पार्टीको कार्यकर्ता झैँ नेता र जनप्रतिनिधिको पक्ष पोषण आयोगले गरेको आरोप अभियन्ताले लगाइरहेका छन् । यहि दिन सूचनाको हकका लागि राष्ट्रिय महासंघले सडक सभा मार्फत सचेतना जगाउने र आयोग र सरकारलाई खबरदारी गर्ने भएको छ । यहि बिचमा प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले  सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार भन्ने मूल मन्त्रअनुसार आयोगले नेपाली नागरिकलाई सूचनाको अधिकारबारे सचेत, सजग र जागरुक बनाउने अभियान निरन्तर जारी राख्दै आएको बताए।

डा. आचार्यका अनुसार सूचनाको हकसम्बन्धी ऐन २०६४ को कार्यान्वयनपछि सूचना माग र प्रवाह दुवैमा उल्लेख्य वृद्धि भएको छ। उनले भने, ‘राज्यका निकायमा सूचना अधिकारी तोक्नुपर्ने, प्रत्येक तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने बोध राष्ट्रव्यापी रूपमा फैलिरहेको छ। आयोगले अनुगमन गर्दै आएको कारणले अधिकांश निकायमा सूचना प्रवाह भइरहेको छ।’

उक्त अवसरमा आयोगले देशभर राष्ट्रिय सूचना दिवसको प्रचार–प्रसार गर्ने तयारी गरेको र संघीय, प्रदेश तथा स्थानीय सरकारका जिम्मेवार पदाधिकारीलाई मूल समारोह समितिमा सहभागी गराएको डा. आचार्यले जानकारी दिए। यसले सबै तहका सरकारमा सूचनाको अधिकार र यसलाई प्रवर्द्धन गर्ने सन्देश पुग्ने उल्लेख गरिएको छ।

उनले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि डिजिटल प्लेटफर्मको पाइलटिङ साउन १ गतेदेखि सुरु भइसकेको र स्रोत साधन व्यवस्थापन तथा सम्बद्ध पक्षको प्रशिक्षण समेत भईरहेको बताए। साथै, महालेखा परीक्षकको कार्यालयले चालु आर्थिक वर्षदेखि सूचनाको हकको कार्यान्वयन अडिटमा समेटेको हुँदा राज्यका दश हजारभन्दा बढी निकायमा सूचनाको हकको अडिट सम्भव भएको डा. आचार्यले बताए।

डा. आचार्यले यस सन्देशमार्फत नागरिकहरुलाई सूचनाको हकलाई आफ्नो मौलिक अधिकारको रूपमा प्रयोग गर्न, राज्यसँग पारदर्शिता र उत्तरदायित्व कायम राख्न, र लोकतान्त्रिक सुशासन सुनिश्चित गर्न आग्रह गरे । तर अभियन्ताहरुको नजरमा भने उन्ले सूचनाको हकको बदनाम गरेर आफ्नो कार्यकाल सक्ने छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सूचनाको अधिकारलाई लोकतन्त्रको प्राणवायु भन्दै यसको जिम्मेवार प्रयोग गर्न सबै नागरिकलाई आग्रह गरेका छन् । १९ औं राष्ट्रिय सूचना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचनाको अधिकारले नागरिकलाई सशक्त बनाउने, पारदर्शिता बढाउने र सुशासनलाई सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

उनले नेपालको संविधानले सूचनाको हकलाई मौलिक अधिकारको रूपमा प्रत्याभूत गरेको स्मरण गर्दै यो अधिकारको सदुपयोगले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान पुग्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘सूचना माग्ने नाममा सरोकार नै नभएका व्यक्तिले अनावश्यक सूचना मागेर दुरुपयोग गर्नु हुँदैन । राष्ट्रिय हित, व्यक्तिगत गोपनीयता र सामाजिक सद्भावलाई ख्याल राखेर नागरिकले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ ।’

उनका अनुसार, सूचनाको हक सम्बन्धी ऐन, २०६४ मार्फत स्थापना भएको राष्ट्रिय सूचना आयोगलाई यो अधिकारको संरक्षण, संवर्द्धन र प्रचलन गर्ने जिम्मेवारी दिइएको छ । आयोगले सूचना प्रवाहलाई सहज बनाउन, पारदर्शिता बढाउन र जवाफदेहितालाई प्रवर्द्धन गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सार्वजनिक निकायहरूलाई पारदर्शी बन्नु अनिवार्य रहेको उल्लेख गर्दै सरकारी तथा गैरसरकारी संस्थाहरूले सूचना प्रवाहमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले आयोगलाई पनि सूचनाको दुरुपयोग रोक्न स्पष्ट दृष्टिकोण लिनुपर्ने आवश्यकता औंल्याए । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले राष्ट्रिय सूचना आयोग तथा सरोकार भएका सबै निकायलाई सशक्तीकरणको कार्यमा सफलता प्राप्त गर्न शुभेच्छा व्यक्त गर्दै सूचनाको अधिकारको सदुपयोगले लोकतन्त्र र राष्ट्र निर्माणमा ठूलो योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

 

यता महासंघ ले सडक सभा गरिरहेको छ 

 

महासंघ को सडक सभा मा बिभिन्न निकाय र संघ संस्थाको एक्येबद्दता रहेको छ ।

Loading...

Loading PDF...

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।