तिंकर खोलामा बाढी छाङ्गरु र तिंकर गाउँ जोड्ने बाटो र काठे पुलमा क्षति


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गएरातिको अत्यधिक वर्षाका कारण व्यास गाउँपालिका–१ तिंकर खोलामा बाढी आएको छ । उक्त बाढीले छाङ्गरु र तिंकर गाउँ जोड्ने बाटो र काठे पुल बगाएको छ । 

 

सशस्त्र प्रहरी बल नम्बर ४४ गणका डीएसपी लिलीबहादुर चन्दका अनुसार तिंकर क्षेत्रमा गएराति ८ बजेतिर ठूलो पानी परेको थियो । 'हावाहुरी र चट्याङसहित वर्षा हुँदा छाङ्गरु खोलामा बाढी आएको हो । नाम्पा पुल र चम्लिङ खोलाको पुल पनि बाढीले बगाएको छ ।

स्थानीय मोहन तिंकरीले छाङ्गरु-तिंकर जोड्ने ३/४ सय मिटर बाटो बगाउँदा तिंकर गाउँसित सम्बन्ध विच्छेद भएको बताए । स्थानीय खोलाहरुमा एक्कासि पानीको बहाव बढेको छ भने तिंकरमा रहेका नेपाल टेलिकमको टावरले पनि काम गरेको छैन ।

गाउँको अवस्था अहिलेसम्म सामान्य नै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी  दाहालले बताए । क्षतिको अवस्थाबारे जानकारी लिन प्रहरी खटाइएकोइ छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।