मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् ।

बैंकको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलको दोस्रो कार्यकाल यही वैशाख मसान्तमा सकिँदैछ ।

 

पोखरेलको कार्यकाल पूरा भएसँगै रिक्त हुने पदमा बैंकले मानन्धरलाई नियुक्त गरेको हो । उनले आगामी जेठ १ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यभार सम्हाल्नेछन् ।

प्रभु बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरिसकेका मानन्धरले यसअघि मुक्तिनाथ विकास बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा समेत अनुभव बटुलिसकेका छन् ।

मुक्तिनाथ छोडेर केही समय ‘डिस मिडिया नेटवर्क’ को प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत मानन्धर, यसै बैंकको नेतृत्व सम्हाल्न पुनः बैंकिङ क्षेत्रमा फर्किएका हुन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।