चुनावमा हाम्रो प्रतिस्पर्धा पुरानै पार्टीसँग हुन्छ : कांग्रेस


नेपाली कांग्रेसले आगामी निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएको छ ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 नेपाली कांग्रेसले आगामी निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएका हुन् ।

‘यो गम्भीर कुरा पनि हो । मतदाताले भोट हालेर निर्धारण गर्ने कुरा पनि हो,’ चालिसेले भने, ‘तर, पुरानै पार्टीबीच प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ ।’

 

 

चालिसेले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित निर्वाचन अभियानलाई तीव्रता पारिएको पनि बताए । १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकोबारे जानकारी गराउँदै उनले भने,’पार्टीका नीति, योजना तथा कार्यक्रमलाई प्राथिमकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ ।’

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।