नेपाल प्रहरीका एक वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीउपर मुद्दा दर्ता भएको हो । आयोगको पोखराबाट खटिएको टोलीले गत वैशाख १२ गते उनलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा लागूऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै वरिष्ठ हवल्दार क्षेत्रीले घुस बुझेको पाइएको अख्तियारको ठहर छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।
